मुख्य समाचार
अप्रत्याशित नतिजा निकाल्ने दाउमा चितवन राइनोज
अप्रत्याशित नतिजा निकाल्ने दाउमा चितवन राइनोज

। नेपालको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु ८ वटा फ्रेन्चाइज टिमहरुले आआफ्नो खेलाडीहरूसहितको स्क्वाड सार्वजनिक गरिसकेका छन् ।

ती टिममा आबद्ध विदेशी खेलाडीहरु पनि नेपाल आइसकेका छन् । कतिपय आउने क्रममा छन् । एनपीएलको चर्चा सबैतिर चलिरहेकै छन् ।




फ्रेन्चाइज ८ टिम मध्ये कसले एनपीएलमा कस्तो नतिजा निकाल्ला भनेर विभिन्न अड्कबाजीहरु हुनु स्वभाविक नै भयो । अन्य प्रदेशबाट एक एक वटा टिम भए पनि बागमती प्रदेशबाट दुईवटा टिमहरूले एनपीएल खेल्दैछन् ।

चितवन राइनोज र काठमाण्डु गुर्खाज बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टिमहरू हुन् । अन्य प्रदेशका टिमहरुले आक्रामक प्रचारप्रसार र तड्कभडक देखिए पनि चितवन राइनोजले बाहिर अन्यले जति एक्सपोज गरेको छैन । त्यसले गर्दा कतिपय समर्थकहरूले चितवन राइनोजलाई कमजोर टिम भनेर प्रचार पनि गरेको देख्न सकिन्छ ।






८ वटा टिमहरुको अफिसियल फेसबुक पेजमा पनि चितवन राइनोजका फलोर्अस अरुको भन्दा कम छन् । यसलाई कतिपयले ‘अनलक्की’ टिम समेत भन्ने गरेको पाइन्छ । तर, चितवन राइनोज अरुले सोचेजस्तो वा कल्पना गरेजस्तो कमजोर नभएको चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेको दाबी छ ।

उनले चितवन राइनोजले मैदानमा अप्रत्याशित नतिजा निकालेर सबैलाई चकित पार्ने बताए । ‘हामीले पनि बाहिर सुनेका छौं, चितवन राइनोज कमजोर छ, टिम राम्रो भएन भनेर चर्चा गरेको पनि थाहा पाएका छौं’ अध्यक्ष आयुष भन्छन् ‘तर हामीलाई यही कुराले राम्रो गर्नुपर्छ भन्ने भएको छ, युवा खेलाडीहरु हुनुहुन्छ, नतिजा सबैलाई दंग पार्ने खालको आउँछ भन्नेमा हामी विश्वस्त छौं ।’

नोभेम्बर १४ देखि २४ सम्म चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना क्रिकेट मैदान तथा चितवन मेडिकल कलेजको शैक्षिक भवन परिसरमा बनेको नेटमा प्राक्टिस गरेर काठमाण्डौं लागेको चितवन राइनोजले टीयू ग्राउण्ड र मुलपानीमा पनि प्राक्टिस गरेको थियो ।

‘युवा खेलाडी र अनुभवी खेलाडीको मिश्रण भएको हाम्रो जतिको टिम अरु छ जस्तो लाग्दैन, हामीमाथि कमजोर भनेर गरिएको आकंलनको जवाफ मैदानबाट दिन्छौं, हाम्रा खेलाडी र व्यवस्थापन पक्षको बोण्ड पनि एकदमै राम्रो छ’ अध्यक्ष न्यौपानेले भने, ‘हामीले कुनै पनि टिमलाई कमजोर ठानेका छैनौं, सबै हाम्रा लागि उत्तिकै प्रतिस्पर्धी छन्।’

उनले अन्य टिमका खेलाडीहरुको कमजोर पक्षहरूको विश्लेषण गरेर मैदानमा उत्रिने बताए । चितवन राइनोजका खेलाडीहरूको पनि कमजोर र बलियो पक्षहरूका बारेमा पहिचान गरिएको अध्यक्ष न्यौपानेले बताए ।

चितवन राइनोजले आफ्ना समर्थकहरुलाई खेल देखाउन लैजान भरतपुरको चितवन मेडिकल कलेज परिसरबाट मंसिर १७ गते विहान बसको समेत व्यवस्था गरेको छ । टिकट भएका समर्थकलाई काठमाण्डौंमा नै ल्याएर प्रत्यक्ष खेल देखाउने योजना रहेको अध्यक्ष न्यौपानेले बताए ।

चितवन राइनोजमा पाकिस्तानी खेलाडी सोहेल तनभिर थपिए पछि टिमको मनोबल बढेको छ । मंसिर १७ गते चितवन राइनोजले काठमाण्डौं गुर्खाजसँग र मंसिर १८ गते पोखरा एभेन्जर्स, मंसिर २१ गते कर्णाली याक्स, मंसिर २३ गते सुदूरपश्चिम रोयल्स, मंसिर २५ गते लुम्बिनी लायन्स, मंसिर २८ गते विराटनगर किंग्स र मंसिर २९ गते जनकपुर बोल्ट्सँग खेल्ने तालिका छ ।

कुशल र लोफ्टी इटन खतरनाक !

चितवन राइनोज टिमका मार्की प्लेयर कुशल मल्ल र मल्लको अन्तर्राष्ट्रिय रेकर्ड तोड्ने नामिबियाका निकोल लोफ्टी इटन सबैभन्दा खतरनाक खेलाडी हुन् । यी दुवै वा कुनै एकको दिन लागेमा एनपीएलमा जस्तोसुकै टिमको पनि काम तमाम गर्न सक्ने खुबी छ ।

चितवन राइनोजले सबैभन्दा बढी आशा पनि कुशल र लफ्टी इटनसँग नै राखेको छ । कुशलले मंगोलियाविरुद्ध ३४ बलमा बनाएको एक सय रनको विश्व किर्तीमान इटनले नेपालविरुद्ध त्रिवि मैदानमा नै तोडेका थिए । अहिले यी दुवै खेलाडी चितवन राइनोजले पाएको छ ।



चितवन राइनोजको ओपनिङ्ग विपिन रावल, सन्तोष कार्की, अफगानिस्तानका हसन एइसाखिलमध्ये दुई जनाले गर्ने सम्भावना छ । ओपनिङ कसलाई गराउने भन्ने निणर्य टिमका कोच उमेश पटवालाले गर्ने छन् ।

टिमको मध्यक्रम सम्हाल्ने भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर, अलराउण्डर रवि बोपरा छन् । पाकिस्तानी खेलाडी सोहेल तानभीरले पनि ब्याटिङ्ग राम्रो गर्न सक्छन् ।

चितवन राइनोजले खरिद गरेका तीव्र गतिका बलर कमलसिंह ऐरी घाइते भएका कारणले खेल्न नसक्ने भएका छन् । तीव्र गतिको बलिङ्गमा रिजन ढकाल, सोहेल तानभीर, गौतम केसी, अमरसिंह राउटेला, दीपेश श्रेष्ठ छन् । राउटेला अलराउन्डर हुन् । सन्तोष कार्की, रञ्जित कुमार र गौतम केसी युवा खेलाडी हुन् ।

स्पीन आक्रमणमा चितवन राइनोजसँग धेरै अप्सनहरु छन् । मार्की प्लेयर कुशल मल्लसहित रञ्जित कुमार, शरद, निकोल लोफ्टी इटन सबैले स्पीन बलिङ्ग गर्न सक्छन् ।

इङ्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन चितवन राइनोजमा अनुबन्ध भएका अर्का बिदेशी खेलाडी हुन् । २० वर्षीय मार्टिन अलराउण्डर हुन् र ब्याटिङ्ग बलिङ्ग दुबैमा उत्तिकै प्रभावशाली मानिन्छन् ।

एकपटकमा ४ जना मात्रै विदेशी खेलाडी खेलाउन पाउने भएकोले चितवनले अनुवन्ध गरेका ५ जना मध्ये १ जनालाई विश्राम दिएर बाँकी खेलाडीलाई खेलाउने छ । चितवनको टिमसँग लेफ्ट र राइटको पनि कम्बिनेशन छ । ४ जना लेफ्टी ब्याट्सम्यान छन् ।

चितवन राइनोजसँग अनरिडेबल युवा खेलाडीको संख्यासमेत रहेकोले अप्रत्याशित नतिजाको अपेक्षा टिमले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...