मुख्य समाचार
सोनु निगमले काठमाडौंमा ‘उकाली ओराली गर्दै’ गाउने
सोनु निगमले काठमाडौंमा ‘उकाली ओराली गर्दै’ गाउने

। लोकप्रिय भारतीय गायक सोनु निगमले नेपाली फिल्मका केही गीतमा पार्श्व गायन गरेका छन् । २०५३ सालको हिट फिल्म ‘सिमाना’मा समावेश चर्चित गीत ‘उकाली ओराली गर्दै’ उनले नै गाएका हुन् ।

सोनु निगम क्रिसमसको अवसरमा पुस १० गते काठमाडौंमा गुञ्जिंदैछन् । हायात होटलको मैदानमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टमा नेपाली प्रशंसकले उनलाई सुन्न पाउनेछन् ।




यो सन्दर्भमा गायक निगमले शुक्रबार एक भिडियो सार्वजनिक गर्दै नेपाली फ्यानलाई सम्बोधन गर्दै छिट्टै भेट्न आफू आतुर रहेको बताएका छन् । उनले ‘उकाली ओराली गर्दै आँखाभरि रहर भर्दै’ गीत गाउँदै यो गीत पनि कार्यक्रममा सुनाउने जनाएका छन् ।

‘धेरै भयो तपाईंहरुसँग नभेटेको, डिसेम्बर २५ मा भेट्नेछु’ उनले भनेका छन् । नेपाली टचले निगमलाई यो प्रतीक्षित कन्सर्टका लागि नेपालमा ल्याउन लागेको हो । नेपाली टचले विगत १५ वर्षदेखि अस्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा नेपालमा पहिलो पटक सांगीतिक कार्यक्रम गर्न लागेको हो ।




कार्यक्रममा नेपाली टच ‍नेपालका प्रमुख राजकुमार गोस्वामीले नेपालसँग अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए । ‘हामीले एउटा कार्यक्रम गरायौं भने नेपालसँग अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने माध्यम बन्छ । यहाँको सँगै बलिउडको कला–संस्कृतिलाई जोड्ने यो महत्वपूर्ण माध्यम हुनेछ । यसले नेपाली पर्यटनमा पनि सहयोग गर्ने आशा हामीले राखेका छौं’ उनले भने ।

बलिउडका लोकप्रिय गायक सोनु निगमका उकाली ओराली गर्दै, फूलको डाली-डालीमा, यो जिन्दगीले के गर्‍यो, यो मायाले मलाई लगायत नेपाली गीत चर्चित छन् । सोनु निगमले पूर्वमिस नेपाल झरना बज्राचार्यसँग फिल्म ‘लभ इन नेपाल’मा समेत अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...