मुख्य समाचार
पोर्नोग्राफी मामिलामा राज कुन्द्रा र शिल्पा शेट्टीको घरमा छापा
पोर्नोग्राफी मामिलामा राज कुन्द्रा र शिल्पा शेट्टीको घरमा छापा

। इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी)ले पोर्नोग्राफी मुद्दामा बलिउड जोडी राज कुन्द्रा र शिल्पा शेट्टीको घरमा शुक्रबार बिहान छापा मारेको छ । त्यसपछि कुन्द्राको कार्यालयमा पनि छापा मारिएको छ ।

यसबाहेक मुम्बई र उत्तर प्रदेशका करिब १५ ठाउँमा समेत खोजी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ईडीले मोबाइल एप्लिकेसन र अन्य माध्यम मार्फत पनि पोर्नोग्राफी फिल्म बनाउने ठाउँको खोजी गरिरहेको छ ।




अभिनेत्री पुनम पाण्डे, शर्लिन चोपडा र गेहाना वशिष्ठलाई पनि पोर्न फिल्म बनाएको अभियोग लागेको थियो ।

कुन्द्रा गत जुलाईमा पक्राउ परेका थिए । कुन्द्राको हटसट एपमा अश्लील भिडियो प्रसारण गरेको आरोप लागेको थियो । उनलाई आईपीसी धारा २९२, २९६ अनुसार अश्लील सामग्री बनाउने, धारा ४२० अनुसार विश्वासघात, कपट, सूचना प्रविधि ऐन, डिजिटलमाध्यममार्फत अश्लील सामग्री पोस्ट र प्रसारण गर्ने, महिलाको अशोभनीय प्रतिनिधित्व गर्ने लगायत आरोप लगाइएको थियो ।




केही महिनाअघि मात्रै प्रवर्तन निर्देशनालयले शिल्पा र राज कुन्द्राको ९७.७९ करोड भारुको सम्पत्ति जफत गरेको थियो । जसमा शिल्पाको जुहू फ्ल्याट र बंगला तथा कुन्द्राको नाममा दर्ता भएको इक्विटी सेयरहरू समावेश छन् । यो मुद्दा सन् २००२ को बिटक्वाइन पोन्जी योजना घोटालामा मनी लाउन्ड्रीसँग सम्बन्धित छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो । बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै ...
अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो । कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते । समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, ...
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...