मुख्य समाचार
पोर्नोग्राफी मामिलामा राज कुन्द्रा र शिल्पा शेट्टीको घरमा छापा
पोर्नोग्राफी मामिलामा राज कुन्द्रा र शिल्पा शेट्टीको घरमा छापा

। इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी)ले पोर्नोग्राफी मुद्दामा बलिउड जोडी राज कुन्द्रा र शिल्पा शेट्टीको घरमा शुक्रबार बिहान छापा मारेको छ । त्यसपछि कुन्द्राको कार्यालयमा पनि छापा मारिएको छ ।

यसबाहेक मुम्बई र उत्तर प्रदेशका करिब १५ ठाउँमा समेत खोजी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ईडीले मोबाइल एप्लिकेसन र अन्य माध्यम मार्फत पनि पोर्नोग्राफी फिल्म बनाउने ठाउँको खोजी गरिरहेको छ ।




अभिनेत्री पुनम पाण्डे, शर्लिन चोपडा र गेहाना वशिष्ठलाई पनि पोर्न फिल्म बनाएको अभियोग लागेको थियो ।

कुन्द्रा गत जुलाईमा पक्राउ परेका थिए । कुन्द्राको हटसट एपमा अश्लील भिडियो प्रसारण गरेको आरोप लागेको थियो । उनलाई आईपीसी धारा २९२, २९६ अनुसार अश्लील सामग्री बनाउने, धारा ४२० अनुसार विश्वासघात, कपट, सूचना प्रविधि ऐन, डिजिटलमाध्यममार्फत अश्लील सामग्री पोस्ट र प्रसारण गर्ने, महिलाको अशोभनीय प्रतिनिधित्व गर्ने लगायत आरोप लगाइएको थियो ।




केही महिनाअघि मात्रै प्रवर्तन निर्देशनालयले शिल्पा र राज कुन्द्राको ९७.७९ करोड भारुको सम्पत्ति जफत गरेको थियो । जसमा शिल्पाको जुहू फ्ल्याट र बंगला तथा कुन्द्राको नाममा दर्ता भएको इक्विटी सेयरहरू समावेश छन् । यो मुद्दा सन् २००२ को बिटक्वाइन पोन्जी योजना घोटालामा मनी लाउन्ड्रीसँग सम्बन्धित छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...