मुख्य समाचार
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत

— लाहिरु मिलान्थाको अविजित ७५ रनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । जनकपुरले एनपीएलको पहिलो खेलमा शनिबार विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।



श्रीलंकामा जन्मिएका अमेरिकन खेलाडी मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले १ सय २८ रनको लक्ष्य १५.३ ओभरमै १ सय ३१ रन बनाउँदै पूरा गर्‍यो । लाहिरुले ९ चौका र ३ छक्का प्रहार गरेका थिए ।


लाहिरुले हर्ष ठाकेरसँग तेस्रो विकेटका लागि १ सय १६ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई आरामदायी विजयी दिलाएका हुन् । ठाकेरले ३३ बल खेली २ चौकासहित २९ रन बनाए । स्कोर बराबरी रहेको अवस्थामा उनले नै निकोलस कृतनको बलमा विजयी चौका प्रहार गरे ।

विराटनगरको अनियन्त्रित बलिङको जनकपुरले फाइदा उठायो । विराटनगरले अतिरिक्तमै २२ रन दिएको थियो । क्रिस सोलले पहिलो ओभरमै ३ वाइड फालेका थिए, जसमा इनिङ्सको पहिलो बल लेग साइडमा चौका गएको थियो । सोलले नै आसिफ शेखलाई पहिलो ओभरमा शून्यमा बोल्ड गरेका थिए । कप्तान अनिल साह पनि ५ रनमा बनाई प्रतिश जीसीको बलमा बोल्ड भए ।

यसअघि मार्टिन गप्टिलको अर्धशतक बनाए पनि टस हारेर ब्याटिङमा आएको विराटनगर १९ ओभर खेली १ सय २७ रनमा अलआउट भएको थियो ।

गप्टिलले ४३ बलमा ५५ रन बनाए । न्युजिल्यान्डका पूर्वओपनर उनले ७ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरमा उनले बेन माइकलाई स्ट्रेट छक्का प्रहार गरी आफ्नो अर्धशतक पूरा गरेका थिए । त्यसको अर्को ओभरमा हर्ष ठाकरले उनलाई लङ अनमा कप्तान अनिल साहबाट क्याच गराए ।

विराटनगरको सुरुआत राम्रो थिएन । खेलको पहिलो ओभरमा चौका प्रहार गरेका लोकेश बमलाई दोस्रो ओभरको पहिलो बलमा ललित राजवंशीले बोल्ड गरेका थिए । बमले ५ रनमात्र बनाउन सके । अकिब इल्यासले पनि १८ बलमा १५ रनमात्र बनाउन सके । ओमानका पूर्वकप्तान इल्यासलाई मोहम्मद मोहसिनले एलबीडब्लु आउट गरे । गप्टिल र इल्यासबाहेक विराटनगरबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।



निकोलस कृतन ९, राजेश पुलामी १, प्रतिश जीसी २, बसिर अहमद र सन्दीप लामिछाने समान ७ तथा क्रिस सोल ४ रनमा आउट भए । आफ्ना क्यानेडियन कप्तान कृतनलाई ठाकेरले बोल्ड गरेका थिए । जितेन्द्र मुखियाले खाता खोल्न सकेनन् । अनिल खरेल ७ रनमा अविजित रहे ।

जनकपुरबाट ललितले ३ विकेट लिए । उनले ४ ओभरमा २८ रन खर्चे । ठाकेर र किशोर महतोले २–२ तथा मोहसिन र माइकले १–१ विकेट लिए । ठाकेरले ४ ओभरमा २२ र किशोरले ३ ओभरमा १८ रन खर्चे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...