मुख्य समाचार
ब्राइटन एन्ड होभ अल्बानियनले इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनसँग निराशाजनक १–१ को बराबरी
ब्राइटन एन्ड होभ अल्बानियनले इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनसँग निराशाजनक १–१ को बराबरी

— ब्राइटन एन्ड होभ अल्बानियनले इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति साउथह्याम्पटनसँग निराशाजनक १–१ को बराबरी खेलेको छ । तर यो नतिजापछि ब्राइटन अंक तालिकाको दोस्रो स्थानमा भने उक्लेको छ ।



अमेरिक एक्सप्रेस स्टेडियममा भएको खेलमा ब्राइटनले काओरु मिटोमाको गोलले पहिलो हाफमा अग्रता लिएको थियो ।


अंक तालिकाको पुछारमा रहेको साउथह्याम्पटनका लागि फ्लन डावेन्सले दोस्रो हाफमा बराबरी गोल फर्काए । यो नतिजापछि ब्राइटनको १३ खेलबाट २३ अंक भएको छ र यो शीर्षमा रहेको आठ अंकको दूरी हो । साउथह्याम्पटन भने पाँचै अंकसहित सबैभन्दा पुछारमा रहेको छ । शनिबार प्रिमियर लिगमा पाँच खेल हुनेछन् ।

त्यसमा ब्रेन्टफोर्डले लेस्टर सिटी, क्रिस्टल प्यालेसले न्युकासल युनाइटेड, नटिङघम फरेस्टले इपस्विच टाउन, उल्भ्सले बर्नमाउथ, वेस्ट ह्यामले आर्सनलको सामना गर्नेछ । लेस्टरले शुक्रबार मात्रै आफ्ना नयाँ प्रशिक्षकका रूपमा रुड भान निस्टलरोयलाई नियुक्त गरेको छ । लेस्टरले यसअघिका प्रशिक्षक स्टिभ कुपरलाई वर्खास्त गरेको थियो ।

युरोपली फुटबलका शुक्रबार रातिका अन्य खेलमध्ये स्पेनी ला लिगामा रियल मार्लोकाले भ्यालेन्सियालाई २–१, जर्मन बुंडेसलिगामा सेन्ट पउलीले होलेस्टेन केललाई ३–१, इटालीको सिरी ‘ए’ मा कागलिरीले हेलास भेरोनालाई १–० र फ्रान्सेली लिग–वानमा लेन्सले रेमिसलाई २–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...