मुख्य समाचार
शिखर धवन, भने- हाम्रो आगमनले नेपाली खेलाडीलाई फाइदा हुन्छ
शिखर धवन, भने- हाम्रो आगमनले नेपाली खेलाडीलाई फाइदा हुन्छ

: भारतीय क्रिकेटर शिखर धवन काठमाडौं आइपुगेका छन्। शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनी कर्णाली याक्समा आबद्ध छन्।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धनवलाई कर्णाली याक्सका मालिक झनक दत्त खनाललगातले स्वागत गरेका थिए। धवनले सञ्चारकर्मीसँग सबालजवाफ पनि गरे। उनले विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीलाई फाइदा पुग्ने बताए।

'एनपीएल खेल्न विदेशी खेलाडीहरू आएका छन्। उनीहरूले आफ्नो एक्सपेरियन्स यहाँ सेयर गर्नेछन्। यसले नेपाली खेलाडीलाई पनि फाइदा पुग्छ। हाम्रो एक्सपेरियन्सले यहाँको क्रिकेट र स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा खेल्न सहयोग पुग्नेछ,' उनले भने।



उनले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहँदै आए पनि आफू पहिलोपटक नेपाल आएको बताए। नेपालमा रहँदा पशुपतिनाथ मन्दिरको दर्शन गर्ने बताए। भ्याएसम्म हिमालको मज्जा पनि लिने उनको भनाइ छ।

उनले आइपीएल खेलेका सन्दीप लामिछानेबारे थाहा भए पनि अन्य खेलाडीको बारेमा त्यति जानकार नभएको बताए। 'यहाँ खेल्न आएको छु। पक्कै पनि अन्य खेलाडीसँगको चिनजान र कुराकानी पनि हुने विश्वास लिएको छु,' उनले भने।

उनले नेपालमा क्रिकेटको लोकप्रियता धेरै रहेको बताए। 'खेलको टिकेट नै 'सोल्ड आउट' भएको थाहा पाएँ। यसले नेपालको क्रिकेट कति लोकप्रिय छ भनेर थाहा हुन्छ,' उनले भने। उनले कर्णाली याक्सबाट मैदानमा उत्रिन आफू उत्साहित रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...