मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेर्न त्रिभुवन विश्वविद्यालय (टीयु)का विद्यार्थीहरूलाई ५० प्रतिशत छुट
नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेर्न त्रिभुवन विश्वविद्यालय (टीयु)का विद्यार्थीहरूलाई ५० प्रतिशत छुट

: नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेर्न त्रिभुवन विश्वविद्यालय (टीयु)का विद्यार्थीहरूलाई ५० प्रतिशत छुटको व्यवस्था हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार विज्ञप्ति जारी गरेर एनपीएलका सम्पूर्ण खेलमा साधारणतर्फको टिकटमा विश्वविद्यालयका विद्यार्थीहरूलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो।


'नेपाल क्रिकेट संघद्वारा नेपालको प्रमुख टी-२० प्रतियोगिताको रूपमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजनाबाट समग्र नेपाली क्रिकेटको विकाससँगै नेपाली पर्यटन, अर्थतन्त्र र रोजगारी समेतलाई ठुलो टेवा पुर्‍याउने र उक्त प्रतियोगिताको सम्पूर्ण खेलहरूको स्टार स्पोर्टस टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको हुँदा विश्वभर प्रशारण हुन गई नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट खेल स्थलको रूपमा चिनाउन महत्वपूर्ण सहयोग पुग्न जाने विश्वास यस संघको छ,' क्यानका प्रवक्ता छुम्बी लामाले भनेका छन्, 'प्रतियोगिता अवधिभरका लागि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, किर्तिपुरमा सञ्चालन हुने खेलहरुका लागि यस संघ र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौता बमोजिम हालः कायम गरिएको साधारणतर्फको टिकट खरिदमा त्यस विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको लागि ५० प्रतिशत छुट कायम गरिएको छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...