मुख्य समाचार
एम्बुलेन्सको साइरनमा लुकाएर लागुऔषध ओसारपसार गर्दै आएको अवस्थामा २ जना पक्राउ
एम्बुलेन्सको साइरनमा लुकाएर लागुऔषध ओसारपसार गर्दै आएको अवस्थामा २ जना पक्राउ

: एम्बुलेन्सको साइरनमा लुकाएर लागुऔषध ओसारपसार गर्दै आएको अवस्थामा २ जना पक्राउ परेका छन्। एम्बुलेन्स चालक सिन्धुलीको मरिण गाँउपालिका-६ छाप बजारका ३३ वर्षीय सबिन कुमार लाखे र सोही एम्बुलेन्समा सवार सिन्धुलीको साङवा नगरपालिका-४ का २४ वर्षीय संजिब पुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं डीएसपी सन्तुलाल प्रसाद जयसवारले बताए।


कार्यालयले बिहीबार जलेश्वरमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो। सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको बाग्मती प्रदेश ०१–००२ झ ६६९० नं. को एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद गरिएको हो।

गएराति बिपी राजमार्गबाट लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी बर्दिबासबाट खटिएको सुरक्षा टोलीले सो एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाई राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको डीएसपी जयसवारले बताए।



एम्बुलेन्ससहित पक्राउ परेका दुवै जनामाथि बर्दिबास प्रहरीले अनुसन्धान गरी रहेको छ। बरामद एम्बुलेन्स सिन्धुलीस्थित मरिन गाउँपालिकाले उक्त स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा एमाले नेता अष्टलक्ष्मी शाक्यले महिलाहरूले विभिन्न कालखण्डमा गरेको आन्दोलन इतिहासमा कहिल्यै बिर्सन नहुने बताएकी छन्। ‘वर्ल्ड अफ वेमेन म्यागजिन र प्रोजेक्ट अभय तथा सी लिङ्स’को संयुक्त आयोजनामा काठमाडौंमा शनिबार आयोजित ‘राजनीतिमा संरचनात्मक अवरोध– महिला शक्ति र राजनीतिक संरचना’ विषयक खुला संवाद कार्यक्रममा बोल्दै उनले योगमाया न्यौपाने, द्वारिकादेवी ठाकुरानी, शैलजा आचार्य, सहाना प्रधानलगायत महिलाहरूले ...
— पाल्पाको रामपुरमा स्कुटर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । रामपुर नगरपालिका–५, बेझाडनजिकै नहर अफिस परिसरमा स्कुटर र मोटरसाइकल ठोक्किएको हो । रामपुरकै रानाटोलदेखि बेझाड बजारतर्फ आउँदै गरेको जीए–ए–एए–२३८७ नम्बर को स्कुटर र विपरीत दिशाबाट आएको लु ९३ प ४४८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक रामपुर नगरपालिका–७, किसानबारीका ...
— सरकारले निरन्तर राष्ट्रिय गौरवको आयोजनाका रूपमा बजेट खन्याइरहेको आयोजना हो— काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) । औपचारिक रूपमा यसको थालनी भएको मिति २०७४ वैशाख हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको निर्णयबाट त्यतिबेला आयोजना निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर सेनाको दाबी छ— पुरानो विस्तृत परियोजना रिपोर्ट (डीपीआर) ले नभएपछि हामीले फेरि बनाउनुपर्‍यो । र, मन्त्रिपरिषद्बाट स्वीकृति गराएर ...
२३ र २४ भदौको जेन–जी आन्दोलनबाट तत्कालीन सरकार सत्ताच्युत भएपछि २७ भदौमा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो ।
— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या समाधान गर्दै यहाँको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका उनले मधेसमा रहेका विद्यमान समस्या समाधानका लागि आफूले सधैँ सहयोग गर्ने बताए । यही माघ १२ गते मतदाता भेट्न यहाँ आएका सभापति थापाले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम