मुख्य समाचार
भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

र : मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एकजना गम्भीर घाइते भएका छन् । भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएको र उनकी श्रीमती नवीनाको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ। घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ ।


प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत निर्माण भइरहेको प्रसारणलाइनको मधयरेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न रोक लगाएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै प्रसारण लाइनको दायाँ-बायाँमा पर्ने करिब १३८१ हेक्टर क्षेत्रफल जग्गामा कसैले कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न ...
: चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। दाङबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार बिहान करिब ३ बजेर १० मिनेट जाँदा घुमाउने भन्ने स्थानमा पल्टिएको हो। घाइतेहरूलाई उद्दार गरी उपचारका लागि भरतपुरलगायत विभिन्न अस्पतालमा पठाइएको चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना, पुरानो मेडिकल कलेजमा १३ जना, ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका सहिदहरूले रोपेको बताएका छन् । सहिद दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ सहिदहरूले रोपेको उल्लेख गरेका छन्। अध्यक्ष ओलीले शुक्रराज शास्त्री,धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनले मृत्यु ...
: सर्वोच्च अदालतले बाबु-आमाले आफ्नो अंश हक लाग्ने सम्पत्तिबाट छोरीलाई शेषपछि खाने गरी बकसपत्र गर्दा छोराको मञ्जुरी लिनुपर्ने कुनै कानुनी बाध्यता नरहेको व्याख्या गरेको छ। ईश्वरप्रसाद खतिवडा र न्यायाधीश हरिप्रसाद फुयालको इजलासले वृद्ध अवस्थाका पिताले आफ्नो पालनपोषण तथा हेरचाह गर्ने छोरीलाई आफ्नो हक पुग्ने सम्पत्तिबाट शेषपछिको बकसपत्र गरिदिनु अनुचित वा कानुनविपरीत कार्य नहुने ठहर गरेको ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका छन्। प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार चुनावी प्रचार प्रसार सुरू हुनुअघि फाल्गुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका हुन् । घोषणापत्रका विषयमा पार्टीहरूले विज्ञहरूसँग छलफल समेत गरिसकेको उनले बताए। त्यस्तै महासचिव पोखरेलले अहिले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम