मुख्य समाचार
भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

र : मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एकजना गम्भीर घाइते भएका छन् । भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएको र उनकी श्रीमती नवीनाको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ। घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ ।


प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिए । पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी उक्त जग्गाको ...
— सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्राडा जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्वडीनसमेत रहनुभएका डा अग्रवालले मुलुकको स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका ...
: नेकपा संयुक्तले असफलताको बाटोमा नजानका लागि आफ्ना कमजोरीहरु सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार काठमाडौंको माइतीघरमा पत्रकार सम्मेलन गर्दै नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पूर्ववर्ती सरकार जस्तै वर्तमान सरकार असफल नहोस् भन्ने नेपाली जनताले अपेक्षा गरेको भन्दै आफ्ना कमजोरीहरु सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकार बनेको डेढ महिना पनि नबित्दै ...
— रुपन्देहीका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र पर्ने अतिक्रमित जग्गा खाली गर्न धमाधम सूचना प्रकाशित गर्न थालेका छन् । बुटवल उपमहानगरपालिकाले वैशाख पहिलो साता सडकपेटी र उच्च अदालतको जग्गामाथिको अतिक्रमण हटाएपछि अन्य स्थानीय तहहरूले पनि यसलाई तीव्रता दिएका हुन् । उपमहानगरले सडक पेटी ओगटेर भइरहेको व्यापार र सडक दायाँबायाँ गरिएको अतिक्रमण हटाएको थियो । लगत्तै जिल्ला प्रशासनको ...
— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पत्थरीको शल्यक्रिया गरेपछि पूर्णरुपमा स्वस्थ भइसकेका छैनन् । उनी पूर्णरुपमा स्वस्थ नभएपछि एमालेका राजनीतिक गतिविधि ठप्पप्रायः छन् । पत्थरीको शल्यक्रियापछि बैशाख ४ मा डिस्चार्ज भएका उनी भक्तपुर गुन्डुस्थित निवासमा आराम गरिरहेका छन् । शल्यक्रिया गरेको घाउ पूर्णरुपमा निको नभएकाले उनले राजनीतिक भेटघाटसमेत बन्द गरेका छन् । जेन-जी आन्दोलनमा ...