मुख्य समाचार
मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन
मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन

: मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाको कानुन उल्लंघन गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो।


अध्यागमन कार्यालय स्रोतका अनुसार उनीहरू बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्। बटिक एयरलायन्सको विमानबाट उनीहरू काठमाडौं आइपुगेका हुन्। केही महिनाअघि श्रम गरेर मलेसिया पुगेका उनीहरूलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको थियो। श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरेको भेटिएपछि त्यहाँको अध्यागमनले पक्राउ गरी हिरासतमा राखेको स्रोतले बतायो।

'सप्लाई कम्पनीको लागि श्रम गरेर उनीहरू मलेसिया गएका रहेछन्। तर, सम्झौता विपरीत त्यो कम्पनीले अर्कै कम्पनीमा काम लगाएको रहेछ। कानुन विपरीत काम गरेको सूचनापछि मलेसियाको अध्यागमनले छापा मारेर २६ जनालाई नै पक्राउ गरेको थियो,' स्रोतले अन्नपूर्णसँग भन्यो। मलेसियाको अध्यागमनले उनीहरूलाई दुई हप्ता हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धानपश्चात बिहीबार उनीहरूलाई नेपाल डीपोर्ट गरिएको स्रोतको भनाइ छ।



निष्कासनमा पर्नेहरूमा राजन विक, वीरबहादुर मगर, खड्कबहादुर घर्ती, नारायण बहादुर घर्ती, अमरबहादुर मगर, डिल्ली केसी, मुन्डनाथ मण्डल, प्रेमबहादुर लामा, राजेन्द्र वाइबा र विष्णु नारायण साह छन्।

त्यस्तै मोदिन्द दत्त भट्टराई, विनोद कुमार बिके, धनबहादुर खत्री, हरिचन्द्र साउद, कैलास बुढा मगर, राम सुन्दर यादव, जगतबहादुर राना, टंकबहादुर श्रेष्ठ, रामशरण ठाकुर, प्रताप घर्तीमगर, लक्ष्मी राम घर्तीमगर, विष्णुप्रसाद चौधरी, तप्तबहादुर बोहोरा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मलेसियामा हाल १ लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड कार्यरत छन् । महिनाको ३० दिन नै हरेक दिन १२ घण्टा ड्युटीमा खटिएर, ठुल्ठुलो भवनदेखि स–साना क्षेत्रको सुरक्षामा अहोरात्र खटिएका हुन्छन् । तर, मलेसियाको सुरक्षामा अहोरात्र खटिने नेपाली सुरक्षा गार्डहरू भने नारकीय जीवन भोग्न बाध्य छन् । महिनामा ३० दिन नै काम गर्नुपर्ने बाध्यता एकातिर छ भने ...
। बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी रहेको भन्दै भोक हड्ताल नगर्न आग्रह गरेको छ । ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति यूके–नेपालका तर्फबाट बेलायती प्रधानमन्त्री किअर स्टारमर तथा रक्षा मन्त्रालय अन्तर्गत भेट्रान्स मन्त्री लुइस स्यान्डर–जोन्सलाई पठाइएको एक अल्टिमेटम पत्रको जवाफ दिंदै जोन्सले सो कुरा बताएकी हुन् । भूतपूर्व गोर्खाहरुले उठाउँदै आएको समान ...
। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी ...
। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो । यससँगै मृतकको संख्या चार पुगेको छ । यही माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका-१ ...
: अस्ट्रेलियामा गाडी दुर्घटना हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ। अष्ट्रेलियाको पर्थमा शुक्रबार राति अनियन्त्रित भएर कार घरभित्र पस्दा नेपाली महिलाको मृत्यु भएको हो। अस्ट्रेलियाको सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ५३ वर्षीया नेपाली महिला विष्णुकुमारी गुरूङको मृत्यु भएको हो। विष्णुकुमारी नेपालबाट घुम्न तिन दिन पहिलेमात्रै अष्ट्रेलिया पुगेकी थिइन्। उनी छोरी ज्वाइँको घरमा बस्दै आएकी थिइन्। उनी ...