मुख्य समाचार
मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन
मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन

: मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाको कानुन उल्लंघन गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो।


अध्यागमन कार्यालय स्रोतका अनुसार उनीहरू बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्। बटिक एयरलायन्सको विमानबाट उनीहरू काठमाडौं आइपुगेका हुन्। केही महिनाअघि श्रम गरेर मलेसिया पुगेका उनीहरूलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको थियो। श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरेको भेटिएपछि त्यहाँको अध्यागमनले पक्राउ गरी हिरासतमा राखेको स्रोतले बतायो।

'सप्लाई कम्पनीको लागि श्रम गरेर उनीहरू मलेसिया गएका रहेछन्। तर, सम्झौता विपरीत त्यो कम्पनीले अर्कै कम्पनीमा काम लगाएको रहेछ। कानुन विपरीत काम गरेको सूचनापछि मलेसियाको अध्यागमनले छापा मारेर २६ जनालाई नै पक्राउ गरेको थियो,' स्रोतले अन्नपूर्णसँग भन्यो। मलेसियाको अध्यागमनले उनीहरूलाई दुई हप्ता हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धानपश्चात बिहीबार उनीहरूलाई नेपाल डीपोर्ट गरिएको स्रोतको भनाइ छ।



निष्कासनमा पर्नेहरूमा राजन विक, वीरबहादुर मगर, खड्कबहादुर घर्ती, नारायण बहादुर घर्ती, अमरबहादुर मगर, डिल्ली केसी, मुन्डनाथ मण्डल, प्रेमबहादुर लामा, राजेन्द्र वाइबा र विष्णु नारायण साह छन्।

त्यस्तै मोदिन्द दत्त भट्टराई, विनोद कुमार बिके, धनबहादुर खत्री, हरिचन्द्र साउद, कैलास बुढा मगर, राम सुन्दर यादव, जगतबहादुर राना, टंकबहादुर श्रेष्ठ, रामशरण ठाकुर, प्रताप घर्तीमगर, लक्ष्मी राम घर्तीमगर, विष्णुप्रसाद चौधरी, तप्तबहादुर बोहोरा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको शव नेपाल ल्याउने ...
— म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार गरिएको छ । थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल फर्काएको हो । उनीहरूलाई नेपाल एयरलाइन्सको उडान नं. आरए ...
— मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रबाट ८ सय ४३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८ सय ८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्मको भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दिन शारीले विदेशी श्रमिकको अनियन्त्रित प्रवेश तथा ...
: दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्था नभएका कारण शोकमा डुबेका परिवारले शव नेपाल लैजान निकै सास्ती खेप्नु परिरहेको छ। विद्यार्थीको मृत्यु भएमा परिवारका सदस्य एवं कोरियास्थित नेपाली ...
: भारतको गोवास्थित नाइट क्लबमा आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ। मृत्यु भएका चारैजना उक्त क्लबमा कार्यरत रहेको गोवा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चूर्णबहादुर पुन,विवेक कटवाल,सुदीप र सविनको पहिचान खुलेको प्रहरीले जनाएको छ। चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको जनाइएको छ। गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली ...