मुख्य समाचार
चुमनुब्रीमा घामसँगै अस्ताउँछ मोबाइल नेटवर्क
चुमनुब्रीमा घामसँगै अस्ताउँछ मोबाइल नेटवर्क

: उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा विगत एक महिनादेखि रात र बिहानको समयमा मोबाइल नेटवर्कले काम गरेको छैन। सधैं साँझ घाम अस्ताएपछि गएको मोबाइल नेटवर्क भोलिपल्ट बिहान घाम नलागेसम्म नआउने स्थानीयहरूले गुनासो गरेका छन्।


‘एक महिना भइसक्यो, बेलुकादेखि भोलिपल्ट बिहान ८ बजेसम्म मोबाइलको नेटवर्क देखाउँदैन’, चुमनुब्री गाउँपालिका–३ जगतका गणेश कार्कीले भने, ‘यस्तो समस्या पटकपटक भइरहन्छ। १२ घण्टाभन्दा बढी समयसम्म फोनमा नेटवर्क नहुँदा हामी उत्तरी गोरखावासीहरू समस्यामा छौँ।’ आफूहरूले पटकपटक पालिका र नेपाल टेलिकममा गुनासो गर्दासमेत सुनुवाइ नभएको उनले बताएका छन्।

चुमनुब्रीमा नेपाल टेलिकमको नेटवर्क मात्र चल्छ। त्यो पनि समयसमयमा नचलेर हैरान हुने गरेको ग्राहकहरूको गुनासो छ। ‘मोबाइल नेटवर्क नहुँदा न फोन लाग्छ, न त फोर जी नै चल्छ। स्थानीय सर्वसाधारण, पर्यटकहरू, गाइड, पोर्टर, हामी होटल व्यवसायी त सधैं मर्कामा परेका छौं’, उनले भने। रातको समयमा नेटवर्क नचल्दा आपत्कालीन समयमा निकै समस्या हुने गरेको उनले गुनासो गरे।



‘आजभोलि सबै होटलहरू अनलाइनबाटै बुकिङ हुन्छ, पर्यटकहरू पनि फोनबाट सम्पर्क गर्दै आउनुपर्ने हुन्छ। यसरी सधैं बेलुकादेखि भोलिपल्ट बिहानसम्म फोनले काम नगर्दा हामी त अँध्यारोमा परेका छौं’, उनले भने।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले पनि राति टावर जाँदा निकै समस्या हुने गरेको बताएका छन्। उनी भन्छन्, ‘समस्या त भएको छ, आजै समन्वय गर्ने तयारी गरिरहेको छु। छिट्टै समस्याको समाधान हुन्छ।’

नेपाल टेलिकम कार्यालय गोरखाका प्रमुख सरोज अर्यालले भने प्राविधिक समस्याका कारण नेटवर्क गएको बताए। ‘त्यहाँको टेलिकमको टावर सोलारबाट चल्ने हुँदा घाम अस्ताएपछि नेटवर्क जाने समस्या भएको हो’, उनले भने, ‘अहिले जाडो समयमा धेरै घाम नलाग्ने भएर ब्याकअपले नधानेर बेलुकै नेटवर्क जाने समस्या आएको हो। बिजुली जडान गर्न चाहिने पोल, तारलगायत सामग्रीहरूको इस्टिमेट मगाएको छु।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: टिकटकले आफ्नो अमेरिकी व्यवसायलाई निरन्तरता दिन ह्वाइट हाउससँग सम्झौता गरेको छ। यद्यपि, कम्पनीको अमेरिकी सञ्चालनको जिम्मेवारी कसले लिनेछ भन्ने कुरा अझै स्पष्ट भएको छैन। राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक सम्झौतालाई अनुमोदन गरेकोमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन्। यो सम्झौताले टिकटकको विश्वव्यापी सञ्चालनबाट अलग एउटा नयाँ अमेरिकी संस्था निर्माण गर्नेछ। यो हाल चीनबाट ...
— चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले अन्तत: टिकटकको अधिकांश अमेरिकी स्वामित्व अमेरिकी लगानीकर्तालाई बेचेको छ । झन्डै आधा दर्जन अमेरिकी लगानीकर्ताले टिकटकको कुल ८०.१ प्रतिशत स्वामित्व खरिद गरेका छन् । भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमा अब बाइटडान्सको स्वामित्व १९.९ प्रतिशत मात्र छ । बाँकी स्वामित्व सिल्भर लेक, ओर्‍याकल र एमजीएक्स हरेकले १५ प्रतिशत र डेल फ्यामिली अफिस, युरी ...
काठमाडौं फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
— सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ अवरुद्ध भएको छ । यो साता दोस्रोपटक भएको यस्तो समस्याले विश्वका हजारौं व्यक्ति प्रभावित भएको इकोनमिक टाइम्सले जनाएको छ । पछिल्लो एक घण्टायता नेपालसहित देशहरूमा एक्सका अपडेटहरू आएका छैनन् । इन्टरनेट प्लाटफर्महरूको आउटेज ट्रयाक गर्ने डाउन डिटेक्टर डटकमले शुक्रबार साँझ ७७ हजारभन्दा बढी प्रयोगकर्ताहरूले एक्समा समस्या आएको रिपोर्ट गरेको जनाएको छ । ...
फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो रियालिटी ल्याब्स विभागमा कार्यरत १ हजार भन्दा धेरै कर्मचारी हटाएको छ । मेटाले सन् २०२६ को सुरुवातमै उक्त बहुचर्चित विभागबाट १० प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेसँगै त्यसले चर्चा पाएको हो। रियालिटी ल्याब्स त्यही इकाइ हो, जसले भर्चुअल रियालिटी, मेटाभर्स र एक्सटेन्डेड रियालिटी जस्ता प्रविधिमा काम गर्दै आएको थियो। कम्पनीका संस्थापक तथा प्रमुख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम