मुख्य समाचार
रुसद्वारा युक्रेनको ऊर्जा संरचनामा भीषण आक्रमण
रुसद्वारा युक्रेनको ऊर्जा संरचनामा भीषण आक्रमण

— रुसले यक्रेनका ऊर्जा संरचनामा भीषण आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी सेनाले बिहीबार युक्रेनका ऊर्जा केन्द्रहरूमा कैयौं राउण्ड हवाई आक्रमण गरेको बताएका छन् ।



रूसी सेनाले क्षेप्यास्त्र तथा ड्रोनमार्फत भीषण आक्रमण गरेको र कैयौं स्थानमा विद्युत् आपूर्तिमा व्यापक समस्या आएको जेलेन्स्कीको भनाइ छ । आक्रमणका कारण चिसो मौसममा १० लाखभन्दा बढी युक्रेनी नागरिक बिजुलीबिना नै बाँच्न बाध्य भएको जेलेन्स्कीले जनाए ।


'धेरै क्षेत्रमा शक्तिशाली विस्फोटक पदार्थ खसालिएको छ । उनीहरूले नागरिक पूर्वाधारलाई निशाना बनाएका छन्,' जेलेन्स्कीले भनेका छन् । युक्रेनी सेनाले ७९ वटा क्षेप्यास्त्र र ३५ वटा ड्रोन खसालेको उनको दाबी छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनले अमेरिका र बेलायतमा निर्मित लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेको प्रतिक्रियामा रुसी सेनाले युक्रेनको पावर ग्रिडमा आक्रमण गरेको बताएका छन् ।

'मैले धेरैपटक भनेको छु । हाम्रा तर्फबाट सधैं जवाफ आउनेछ,' दुई दिने भ्रमणका क्रममा कजाकस्तान पुगेका पुटिनले भने । रुसको नयाँ बलिस्टिक क्षेप्यास्त्रले किभस्थित निर्णय केन्द्रलाई निशाना बनाउने पुटिनले चेतावनीसमेत दिएका छन् ।

'बुधबार राति हामीले व्यापक आक्रमण गर्‍यौं,' उनले भने, 'युक्रेनी भूभागमा रहेका १७ वटा सैन्य केन्द्रमा आक्रमण गरिएको थियो ।' रुसले पछिल्लो दुई दिनमा युक्रेनमा १ सय क्षेप्यास्त्र र ४ सय ६६ ड्रोन प्रहार गरेको बताए । तीमध्ये ९० क्षेप्यास्त्र र १ सय ड्रोन बुधबार राति प्रहार गरेको बताए ।

पुटिनले गत साता युक्रेनी सहर डिनिप्रोमा प्रहार गरेको ओरेश्निकको क्षेप्यास्त्रले किभका निर्णय गर्ने केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसले सबै नाटो देशहरूभन्दा १० गुणा बढी क्षेप्यास्त्र उत्पादन गरेको दाबी गर्दै पुटिनले सन् २०२५ मा लामो दूरीको क्षेप्यास्त्रहरूको उत्पादन २५ देखि ३० प्रतिशतले वृद्धि हुने बताए ।



यसअघि राष्ट्रपति पुटिनले आवश्यक परे रुसले शक्तिशाली नयाँ क्षेप्यास्त्रहरू प्रयोग गर्ने बताएका थिए । युक्रेनले गत साता रुसविरुद्ध अमेरिका र बेलायतमा निर्मित क्षेप्यास्त्र प्रयोग गरेको थियो । त्यसको जवाफमा रुसले युक्रेनको डिनिप्रोमा 'ओरेश्निक' क्षेप्यास्त्र प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...