मुख्य समाचार
रुसद्वारा युक्रेनको ऊर्जा संरचनामा भीषण आक्रमण
रुसद्वारा युक्रेनको ऊर्जा संरचनामा भीषण आक्रमण

— रुसले यक्रेनका ऊर्जा संरचनामा भीषण आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी सेनाले बिहीबार युक्रेनका ऊर्जा केन्द्रहरूमा कैयौं राउण्ड हवाई आक्रमण गरेको बताएका छन् ।



रूसी सेनाले क्षेप्यास्त्र तथा ड्रोनमार्फत भीषण आक्रमण गरेको र कैयौं स्थानमा विद्युत् आपूर्तिमा व्यापक समस्या आएको जेलेन्स्कीको भनाइ छ । आक्रमणका कारण चिसो मौसममा १० लाखभन्दा बढी युक्रेनी नागरिक बिजुलीबिना नै बाँच्न बाध्य भएको जेलेन्स्कीले जनाए ।


'धेरै क्षेत्रमा शक्तिशाली विस्फोटक पदार्थ खसालिएको छ । उनीहरूले नागरिक पूर्वाधारलाई निशाना बनाएका छन्,' जेलेन्स्कीले भनेका छन् । युक्रेनी सेनाले ७९ वटा क्षेप्यास्त्र र ३५ वटा ड्रोन खसालेको उनको दाबी छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनले अमेरिका र बेलायतमा निर्मित लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेको प्रतिक्रियामा रुसी सेनाले युक्रेनको पावर ग्रिडमा आक्रमण गरेको बताएका छन् ।

'मैले धेरैपटक भनेको छु । हाम्रा तर्फबाट सधैं जवाफ आउनेछ,' दुई दिने भ्रमणका क्रममा कजाकस्तान पुगेका पुटिनले भने । रुसको नयाँ बलिस्टिक क्षेप्यास्त्रले किभस्थित निर्णय केन्द्रलाई निशाना बनाउने पुटिनले चेतावनीसमेत दिएका छन् ।

'बुधबार राति हामीले व्यापक आक्रमण गर्‍यौं,' उनले भने, 'युक्रेनी भूभागमा रहेका १७ वटा सैन्य केन्द्रमा आक्रमण गरिएको थियो ।' रुसले पछिल्लो दुई दिनमा युक्रेनमा १ सय क्षेप्यास्त्र र ४ सय ६६ ड्रोन प्रहार गरेको बताए । तीमध्ये ९० क्षेप्यास्त्र र १ सय ड्रोन बुधबार राति प्रहार गरेको बताए ।

पुटिनले गत साता युक्रेनी सहर डिनिप्रोमा प्रहार गरेको ओरेश्निकको क्षेप्यास्त्रले किभका निर्णय गर्ने केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसले सबै नाटो देशहरूभन्दा १० गुणा बढी क्षेप्यास्त्र उत्पादन गरेको दाबी गर्दै पुटिनले सन् २०२५ मा लामो दूरीको क्षेप्यास्त्रहरूको उत्पादन २५ देखि ३० प्रतिशतले वृद्धि हुने बताए ।



यसअघि राष्ट्रपति पुटिनले आवश्यक परे रुसले शक्तिशाली नयाँ क्षेप्यास्त्रहरू प्रयोग गर्ने बताएका थिए । युक्रेनले गत साता रुसविरुद्ध अमेरिका र बेलायतमा निर्मित क्षेप्यास्त्र प्रयोग गरेको थियो । त्यसको जवाफमा रुसले युक्रेनको डिनिप्रोमा 'ओरेश्निक' क्षेप्यास्त्र प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम