मुख्य समाचार
मदन भण्डारी एकेडेमीले देशभर खेलकुद प्रतियोगिता गर्ने
मदन भण्डारी एकेडेमीले देशभर खेलकुद प्रतियोगिता गर्ने

— मदन भण्डारी स्पोर्ट्स एकेडेमीले वार्षिक कार्यक्रम सार्वजनिक गर्दै विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिता गर्ने भएको छ ।



प्रतियोगितासँगै विभिन्न खेलको प्रशिक्षण र अन्तरक्रिया पनि गरिने एकेडेमीले बिहीबार पत्रकार सम्मेलनबाट जानकारी गराएको हो ।


खेलकुद पर्यटनको विकास गर्न सके देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्ने र तल्लो स्तरबाट खेलकुदका विकास गर्ने एकेडेमीको लक्ष्य रहेको अध्यक्ष ध्रुव आचार्यले बताए ।

एकेडेमीले भलिबल, फुटसल, तेक्वान्दो, टेबलटेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, रेस्लिङ, ब्याडमिन्टन, कराते, क्रिकेट, शारीरिक सुगठन, एथलेटिक्स (रोड रेस), चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ ।

एकेडेमीले तेक्वान्दो, फुलकन्ट्याक्ट कराते, रेस्लिङ, शारीरिक सुगठन, चेस र हक्कीमा महिलाको प्रतिस्पर्धा गर्नेछ । रोड रेसमा यू–२० र यू–१६ उमेर समूहमा प्रतिस्पर्धा गराइने छ ।

पोखरा वा काठमाडौंमा आउँदै चैत २५ देखि वैशाख ३ सम्म केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट गरिनेछ । यस प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र सेमिफाइनलिस्टले समान २ लाख रुपैयाँ पाउनेछन् । बेस्ट प्लेयरले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सबैभन्दा पहिला पुरुष भलिबलबाट प्रतियोगिता सुरु हुनेछ । एकेडेमीको १६औं स्थापना दिवसको अवसरमा मदन भण्डारी कप इन्डो–नेपाल पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता बुटवलमा पुस १७ देखि २४ सम्म हुनेछ । विजेताले ७ लाख ५० हजार, उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ५० हजार र सान्त्वना पुरस्कारस्वरुप एक टोलीले एक लाख रुपैयाँ पाउनेछन् । बेस्ट प्लेयरले २५ हजार प्राप्त गर्नेछन् ।



भारतको रेलवे टोलीले भलिबल प्रतियोगितामा भाग लिने एकेडेमीका अध्यक्ष आचार्यले बताए । एकेडेमीले सातै प्रदेशमा ३२औं मदन भण्डारी स्मृति खेलाडी, अफिसियल तथा खेल सम्बन्ध व्यक्तित्वहरूमा तालिम, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेछ ।

सबै कार्यक्रमका लागि एकेडेमीले अनुमानित करिब १० करोड ६६ लाख ९७ हजार ७ सय ७४ रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।

अध्यक्ष आचार्यले सम्बन्धित खेल संघसँग प्राविधिक सहयोग र सहकार्य गरेर प्रतियोगिताहरू गरिने बताए । उनले सातै प्रदेशमा प्रतियोगिता हुने र ती प्रतिस्पर्धामा स्थानीय निकायका साथै कर्पोरेट क्षेत्रलाई पनि सहभागी गराइने बताए । निर्धारित समयभित्र नै खेल प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

एकेडेमीले गत आर्थिक वर्षमा १२ खेलमा प्रतियोगिता आयोजना गरेकामा यसपालि बढाएर १८ खेलको प्रतियोगिता गर्न लागेको संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन् । पुरस्कारको हिसाबले बुटवलमा माघ २० देखि २८ सम्म हुने मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता सबैभन्दा ठूलो हो । यसको विजेताले १५ लाख र उपविजेताले साढे ७ लाख रुपैयाँ जित्नेछन् । सेमिफाइनलिस्ट दुई टिमले समान १ लाख तथा विधागत विजेताले जनही २० हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...