मुख्य समाचार
मदन भण्डारी एकेडेमीले देशभर खेलकुद प्रतियोगिता गर्ने
मदन भण्डारी एकेडेमीले देशभर खेलकुद प्रतियोगिता गर्ने

— मदन भण्डारी स्पोर्ट्स एकेडेमीले वार्षिक कार्यक्रम सार्वजनिक गर्दै विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिता गर्ने भएको छ ।



प्रतियोगितासँगै विभिन्न खेलको प्रशिक्षण र अन्तरक्रिया पनि गरिने एकेडेमीले बिहीबार पत्रकार सम्मेलनबाट जानकारी गराएको हो ।


खेलकुद पर्यटनको विकास गर्न सके देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्ने र तल्लो स्तरबाट खेलकुदका विकास गर्ने एकेडेमीको लक्ष्य रहेको अध्यक्ष ध्रुव आचार्यले बताए ।

एकेडेमीले भलिबल, फुटसल, तेक्वान्दो, टेबलटेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, रेस्लिङ, ब्याडमिन्टन, कराते, क्रिकेट, शारीरिक सुगठन, एथलेटिक्स (रोड रेस), चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ ।

एकेडेमीले तेक्वान्दो, फुलकन्ट्याक्ट कराते, रेस्लिङ, शारीरिक सुगठन, चेस र हक्कीमा महिलाको प्रतिस्पर्धा गर्नेछ । रोड रेसमा यू–२० र यू–१६ उमेर समूहमा प्रतिस्पर्धा गराइने छ ।

पोखरा वा काठमाडौंमा आउँदै चैत २५ देखि वैशाख ३ सम्म केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट गरिनेछ । यस प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र सेमिफाइनलिस्टले समान २ लाख रुपैयाँ पाउनेछन् । बेस्ट प्लेयरले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सबैभन्दा पहिला पुरुष भलिबलबाट प्रतियोगिता सुरु हुनेछ । एकेडेमीको १६औं स्थापना दिवसको अवसरमा मदन भण्डारी कप इन्डो–नेपाल पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता बुटवलमा पुस १७ देखि २४ सम्म हुनेछ । विजेताले ७ लाख ५० हजार, उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ५० हजार र सान्त्वना पुरस्कारस्वरुप एक टोलीले एक लाख रुपैयाँ पाउनेछन् । बेस्ट प्लेयरले २५ हजार प्राप्त गर्नेछन् ।



भारतको रेलवे टोलीले भलिबल प्रतियोगितामा भाग लिने एकेडेमीका अध्यक्ष आचार्यले बताए । एकेडेमीले सातै प्रदेशमा ३२औं मदन भण्डारी स्मृति खेलाडी, अफिसियल तथा खेल सम्बन्ध व्यक्तित्वहरूमा तालिम, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेछ ।

सबै कार्यक्रमका लागि एकेडेमीले अनुमानित करिब १० करोड ६६ लाख ९७ हजार ७ सय ७४ रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।

अध्यक्ष आचार्यले सम्बन्धित खेल संघसँग प्राविधिक सहयोग र सहकार्य गरेर प्रतियोगिताहरू गरिने बताए । उनले सातै प्रदेशमा प्रतियोगिता हुने र ती प्रतिस्पर्धामा स्थानीय निकायका साथै कर्पोरेट क्षेत्रलाई पनि सहभागी गराइने बताए । निर्धारित समयभित्र नै खेल प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

एकेडेमीले गत आर्थिक वर्षमा १२ खेलमा प्रतियोगिता आयोजना गरेकामा यसपालि बढाएर १८ खेलको प्रतियोगिता गर्न लागेको संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन् । पुरस्कारको हिसाबले बुटवलमा माघ २० देखि २८ सम्म हुने मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता सबैभन्दा ठूलो हो । यसको विजेताले १५ लाख र उपविजेताले साढे ७ लाख रुपैयाँ जित्नेछन् । सेमिफाइनलिस्ट दुई टिमले समान १ लाख तथा विधागत विजेताले जनही २० हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...