मुख्य समाचार
नेपाल प्रियिमर लिग (एनपीएल) का लागि विदेशी खेलाडी नेपाल आउन थाले
नेपाल प्रियिमर लिग (एनपीएल) का लागि विदेशी खेलाडी नेपाल आउन थाले

: यही शनिबारदेखि सुरु हुने नेपाल प्रियिमर लिग (एनपीएल) का लागि विदेशी खेलाडी नेपाल आउन थालेका छन्। बुधबार मात्रै काठमाडौं गोर्खाजका तीन, पोखरा एभेन्जर्सका चार र चितवन राइनोजका एक खेलाडी नेपाल आएका छन्।


काठमाडौं गोर्खाजमा अनुबन्ध भएका इङ्ल्यान्डका अलराउन्डर डेनियल एलेक्जेन्डर डौथवेइट, ब्याटर स्टेफन इस्किनाजी र बलर नाथन सोउटर बुधबार नेपाल आएका हुन्। उनीहरूलाई काठमाडौं गुर्खाजका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। यससँगै काठमाडौं गोर्खाजले अनुबन्ध गरेका चारै जना विदेशी खेलाडी नेपाल आइसकेका छन्। यसअघि डच ब्याटर माइल लेभिट नेपाल आइसकेका छन्।



बुधबार नै पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी पनि काठमाडौं आइपुगेका छन्। नेदरल्यान्ड्सका बास डे लिड, स्कटल्यान्डका माइकल लिस्क, वेस्ट इन्डिजका रेमन रेइफर र इङ्ल्यान्डका म्याट क्रिट्ले नेपाल आइपुगेका हुन्। उनीहरूलाई पोखरा एभेन्जर्सका कर्णवीर थापाले विमानस्थलमा स्वागत गरेका थिए।

पोखराका पाँच विदेशी खेलाडीमध्ये आन्द्रेस गौस भने केही दिनपछि आउने पोखराले जनाएको छ। यसैगरी चितवन राइनोजमा अनुबन्ध भएका नामिबियाका ब्याटर जान निकोल लोफ्टी इटन पनि बुधबार नेपाल आएका छन्। उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चितवनका पदाधिकारीले स्वागत गरेका थिए।

यसअघि मंगलबार कर्णाली याक्सका दुई खेलाडी नेपाल आएका थिए। मंगलबार वेस्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हयात नेपाल आइपुगेका हुन्। उनीहरूलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। यसैगरी सुदूरपश्चिम रोयल्सका इङ्लिस क्रिकेटर सेफ अलि जेब पनि नेपाल आइपुगेका छन्। सेफलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिम व्यवस्थापक रवि तिमल्सिनालगायतले स्वागत गरेका थिए। सुदूरपश्चिममा सेफका अलावा स्कटल्यान्डका ब्रान्डन मक्मलेन, न्युजिल्यान्डका स्कट कुगेलेइन र यूएईका रोहन मुस्तफा अनुबन्ध भएका छन्।

प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ। जसमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने छन्। प्रतियोगिताको भारतीय टेलिभिजन स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...