मुख्य समाचार
नेपाल प्रियिमर लिग (एनपीएल) का लागि विदेशी खेलाडी नेपाल आउन थाले
नेपाल प्रियिमर लिग (एनपीएल) का लागि विदेशी खेलाडी नेपाल आउन थाले

: यही शनिबारदेखि सुरु हुने नेपाल प्रियिमर लिग (एनपीएल) का लागि विदेशी खेलाडी नेपाल आउन थालेका छन्। बुधबार मात्रै काठमाडौं गोर्खाजका तीन, पोखरा एभेन्जर्सका चार र चितवन राइनोजका एक खेलाडी नेपाल आएका छन्।


काठमाडौं गोर्खाजमा अनुबन्ध भएका इङ्ल्यान्डका अलराउन्डर डेनियल एलेक्जेन्डर डौथवेइट, ब्याटर स्टेफन इस्किनाजी र बलर नाथन सोउटर बुधबार नेपाल आएका हुन्। उनीहरूलाई काठमाडौं गुर्खाजका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। यससँगै काठमाडौं गोर्खाजले अनुबन्ध गरेका चारै जना विदेशी खेलाडी नेपाल आइसकेका छन्। यसअघि डच ब्याटर माइल लेभिट नेपाल आइसकेका छन्।



बुधबार नै पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी पनि काठमाडौं आइपुगेका छन्। नेदरल्यान्ड्सका बास डे लिड, स्कटल्यान्डका माइकल लिस्क, वेस्ट इन्डिजका रेमन रेइफर र इङ्ल्यान्डका म्याट क्रिट्ले नेपाल आइपुगेका हुन्। उनीहरूलाई पोखरा एभेन्जर्सका कर्णवीर थापाले विमानस्थलमा स्वागत गरेका थिए।

पोखराका पाँच विदेशी खेलाडीमध्ये आन्द्रेस गौस भने केही दिनपछि आउने पोखराले जनाएको छ। यसैगरी चितवन राइनोजमा अनुबन्ध भएका नामिबियाका ब्याटर जान निकोल लोफ्टी इटन पनि बुधबार नेपाल आएका छन्। उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चितवनका पदाधिकारीले स्वागत गरेका थिए।

यसअघि मंगलबार कर्णाली याक्सका दुई खेलाडी नेपाल आएका थिए। मंगलबार वेस्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हयात नेपाल आइपुगेका हुन्। उनीहरूलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। यसैगरी सुदूरपश्चिम रोयल्सका इङ्लिस क्रिकेटर सेफ अलि जेब पनि नेपाल आइपुगेका छन्। सेफलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिम व्यवस्थापक रवि तिमल्सिनालगायतले स्वागत गरेका थिए। सुदूरपश्चिममा सेफका अलावा स्कटल्यान्डका ब्रान्डन मक्मलेन, न्युजिल्यान्डका स्कट कुगेलेइन र यूएईका रोहन मुस्तफा अनुबन्ध भएका छन्।

प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ। जसमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने छन्। प्रतियोगिताको भारतीय टेलिभिजन स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...