मुख्य समाचार
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु भएको प्रदर्शन चर्किए
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु भएको प्रदर्शन चर्किए

— पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु भएको प्रदर्शन चर्किएको छ । खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेसावरबाट आएका खान समर्थकहरू इस्लामावाद प्रवेश गर्ने क्रममा विभिन्न स्थानमा झडप भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।



प्रमुख सरकारी भवनहरू नजिकैको 'डी चोक (डेमोक्रेसी स्क्वायर) पुग्ने क्रममा सशस्त्र सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेका छन् । डी चोकनजिकै प्रधानमन्त्रीको कार्यालय, संसद् भवन र सर्वोच्च अदालत लगायत कैयौं महत्त्वपूर्ण सरकारी भवन छन् ।


हजारौं खान समर्थक सोमबार पेशावरबाट इस्लामावादतर्फ अघि बढेसँगै सुरक्षाकर्मीले राजधानी प्रवेश गर्ने सडकहरू बन्द गरिदिएका थिए । तर प्रदर्शनकारीहरू सुरक्षाकर्मीका अवरोध तोड्दै राजधानी पुगेका हुन् । त्यसक्रममा केही घाइते भएका छन् भने प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ । इस्लामावाद प्रवेश गर्ने क्रममा प्रदर्शनकारीले चलाएका तीव्र गतिका गाडीले ठक्कर दिएर कम्तीमा ४ जना प्रहरीको ज्यान गएको जनाइएको छ ।
प्रहरीलाई ठक्कर दिएका गाडी कसले चलाइरहेको थियो भन्ने स्पष्ट नभए पनि प्रधानमन्त्री शेहबाज सरिफले प्रदर्शनकारीहरूलाई दोष दिएका छन् । 'तथाकथित शान्तिपूर्ण विरोध प्रदर्शनको आडमा प्रहरी तथा सुरक्षाकर्मीमाथिको आक्रमण निन्दनीय छ,' उनले भनेका छन् ।

कतिपय स्थानमा प्रदर्शनकारीहरू सडक अवरुद्ध गर्नका लागि राखिएका कन्टेनरमा चढेको जनाइएको छ । प्रदर्शन चर्किएसँगै राजधानी र वरपरका कतिपय क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा निलम्बन गरिएको छ ।


पेसावरबाट राजधानी आएको विशाल र्‍यालीको नेतृत्व खानकी पत्नी बुसरा बीबी र पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री अली अमीन गण्डापुरले गरेका हुन् । खान पत्नी बीबीले पूर्वप्रधानमन्त्री खानलाई रिहा नगरिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएको बीबीसीले जनाएको छ । जनवरीमा खानसँगै सजाय सुनाइएपछि जेल परेकी बीबी अक्टोबर अन्त्यमा जमानतमा रिहा भएकी हुन् ।Demonstrations of Imran's supporters intensified in Pakistan

खानको पार्टी पाकिस्तान तेहरिक-ए-इस्लाम (पीटीआई) का प्रवक्ताले माग पूरा नभएसम्म खान समर्थकहरू संसद् भवनबाहिर धर्नामा बस्ने समाचार संस्था रोयटर्ससँग बताएका छन् । खानलाई बिनाशर्त रिहाइ गर्नुपर्ने उनीहरूको मुख्य माग छ ।



यसअघि खानले आफ्ना समर्थकहरूलाई विरोध प्रदर्शनका लागि आग्रह गरेका थिए । सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म खानले समर्थकहरूलाई राजधानीमै बस्न आह्वान पनि गरेका छन् । आइतबार राति पनि खान समर्थकहरूले कतिपय स्थानमा खानको रिहाइको माग गर्दै नाराबाजी गरेका थिए ।

७२ वर्षीय खानले भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय भोगिरहेका छन् । तर उनले आफूमाथि सुनियोजित तवरले मुद्दा लगाइएको बताउँदै आएका छन् । कानुनी रूपमा दोषी ठहर गरिएको भए पनि उनी पाकिस्तानमा अझै लोकप्रिय छन् ।

गत सेप्टेम्बरमा पनि दसाैं हजार खान समर्थकले देशका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए । खानको रिहाइको माग गर्दै प्रदर्शनकारीहरू राजधानी इस्लामावादतर्फ अघि बढेपछि सरकारले जुलुस निकाल्न प्रतिबन्ध लगाएको थियो । तर प्रदर्शनकारीले सरकारी प्रतिबन्धको उल्लंघन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...