मुख्य समाचार
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोप
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोप

— फिल्म ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोप लागेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा यो फिल्मविरुद्ध निवेदन दर्ता गराएका हुन् ।



'अस्तिको दिन हामीकहाँ अजित लामिछानेले निवेदन दिनुभएको थियो । निवेदन आएको भोलिपल्ट हामीले यो मुद्दालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं,' रजिस्ट्रार कार्यालयका प्रवक्ता सुरेशचन्द्र अधिकारीले भने, 'ऐनअनुसार अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको हुँदा यो विषयलाई हामीले उतै पठाएका हाैं ।'


अधिकारीका अनुसार अजितले यसअघि 'पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई 'लाज' कथा सुनाएका थिए । त्यही कथा र प्लटलाई हेरफेर गरेर यो फिल्म बनाइएको भन्दै अजितले निवेदन दर्ता गराएका हुन् ।

यसअघि लेखक शिवशंकर बस्यालले फिल्मको कथा आफ्नो उपन्यास ‘संग्रामपुर’को कथासँग हुबहु मिलेको भन्दै बौद्धिक चोरीको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ स्टार लिसा अहिले अभिनयमा केन्द्रित छिन् । आफ्नो देश थाइल्यान्डमा छायांकन गरिएको ‘द ह्वाइट लोटस’ सिजन ३ बाट अभिनयमा डेब्यू गरेकी उनको अभिनय रुचि यत्तिकैमा सीमित छैन । पपस्टार अभिनयमा फर्किँदैछन्, त्यो पनि पहिलोभन्दा ठूलो क्यानभासमा । डिसेम्बर ५ मा ‘टाइगो’ नामक कोरियाली फिल्ममा उनले अभिनय गर्ने हल्ला चलेको थियो । कोरियाली मिडियाले ...
। हलिउड स्टार लियोनार्दो डिक्याप्रियोलाई प्रतिष्ठित टाइम म्यागजिनले ‘इन्टरटेनर अफ द इयर २०२५’ को रुपमा घोषणा गरेको छ । विश्वचर्चित म्यागजिनले निर्देशक पल थोमस एन्डरसनको ब्ल्याक कमेडी फिल्म “वन ब्याटल आफ्टर अनदर’ मा उनको अभिनयको लागि डिक्याप्रियोलाई सम्मान गरेको हो । फिल्ममा, डिक्याप्रियोले एक पूर्वक्रान्तिकारीलाई आफ्नी छोरीसँग निरन्तर पागलपनसहित बाँचिरहेको पात्रको रुपमा चित्रण गरेका छन्, जबसम्म १६ ...
। रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले अहिले भारतसहित अन्तर्राष्ट्रिय बजारमा पनि उछाल कमाइ गरिरहेको छ । नेपाली बक्सअफिसमा पनि यसको कमाइ उत्साहजनक देखिन्छ । भारतीय बक्सअफिसमा यसले छैटौं दिनसम्म १८८.६० करोड भारु कमाएको छ । यस सप्ताहन्तमा फिल्मले २०० करोड भारुको आँकडा पार गर्दै आफूलाई ब्लकबस्टरको रुपमा उभ्याउने निश्चित छ । शुक्रबार २८.६० करोड भारुको ...
। पपस्टार टेलर स्विफ्ट सन् २०२५ मा मनोरञ्जन तथा मिडिया क्षेत्रमा विश्वकै सबैभन्दा शक्तिशाली महिला घोषित भएकी छिन् । फोर्ब्स म्यागजिनले विहिबार यसवर्षको शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ । स्विफ्ट सूचीको २१ औं स्थानमा छिन् । मनोरञ्जन विधातर्फ उनी पहिलो स्थानमा हुँदा टेलिभिजन पर्सनालिटी तथा सामाजिक अभियन्ता ओफ्रा विन्फ्रे सूचीको दोस्रो स्थानमा छिन् । पपस्टार ...
। आउँदो शनिबार हुने ‘पोखरा विन्टर फेस्ट’मा चर्चित भारतीय गायक सञ्जु राठोडले प्रस्तुति दिने भएका छन् । लेकसाइडको खहरेस्थित क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो । राठोडका गीतहरू गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत हिट छन् । उनी केही महिनाअघि पोखरा घुम्न आएका थिए । पोखरा मन परेका कारण सांगीतिक प्रस्तुति ...