मुख्य समाचार
राष्ट्रिय संघहरूले खेलकुदमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
राष्ट्रिय संघहरूले खेलकुदमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

— कन्फेडेरेसन अफ नेसनल स्पोर्ट्स एसोसिएसनको बैठकले समसामयिक खेलकुदका विभिन्न माग राखेर युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसक्षम ज्ञापनपत्र पेस गर्ने भएको छ ।



कन्फेडेरेसन नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेलसंघहरू मिलेर बनेको संस्था हो । सातदोबाटोस्थित तेक्वान्दो संघको सभाहलमा टेनिस संघकी अध्यक्ष ज्योति राणाको अध्यक्षतामा बसेको कन्फेडेरेसनको बैठकले उक्त निर्णय गरेको छ ।


राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ संशोधनका लागि बनेको विधेयकको मस्यौदा यथाशीघ्र माग गर्ने, १० औं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्नुपूर्व सम्बन्धित खेल संघका प्रतिनिधिबाट खेलस्थलको अनुगमन, निरीक्षण र सरोकारवाला खेल संघको परामर्शमा १० औं राष्ट्रिय खेलकुदसम्बन्धी निर्देशिका जारी गर्नुपर्नेलगायतका मागसहित ज्ञापनपत्र पेस गरिने भएको छ ।

त्यससम्बन्धी निर्णय नहुञ्जेलसम्म हाल तय गरिएको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकसमेत स्थगित गर्न माग गर्ने निर्णयसमेत जनाइएको छ । राखेपको बोर्ड बैठक यसै साता गर्ने तयारी भइरहेको छ । १५ महिनापछि बोर्ड बैठक बस्न लागेको हो ।

यी विषयहरूको सहजीकरणका लागि सम्बन्धित निकायमा नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले आवश्यक पहल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...