मुख्य समाचार
च्याम्पियन्स लिगमा लिभरपुलले डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई २–० ले हराए
च्याम्पियन्स लिगमा लिभरपुलले डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई २–० ले हराए

— युरोपेली च्याम्पियन्स लिगमा लिभरपुलले बुधबार राति डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई २–० ले हराएको छ र यससँगै प्रतियोगितामा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्यो । इंग्लिस प्रिमियर लिग क्लबका लागि एलेक्स म्याक एलिस्टर र कोडी गाक्पोले गोल गरे । लिभरपुलको पाँच खेलबाट १५ अंक भएको शीर्ष स्थानमा छ ।



एलिस्टरले ५२ औं मिनेटमा पहिलो गोल गरे भने गाक्पोले ७६ औं मिनेटमा दोस्रो गोल थपे । एनफिल्डमा भएको खेलमा रियलका लागि केयलिन एमबापे पेनाल्टीमा चुके । यस्तै लिभरपुलका लागि मोहमद सलाहले पनि पेनाल्टीबाट गोल गर्न सकेनन् । लिभरपुलको नयाँ प्रशिक्षकका रूपमा आर्ने स्लट आएयता १९ खेलमा यो १७ औं जित हो ।


यस जितसँगै रियलविरुद्ध लिभरपुलले पछिल्ला आठ खेलका जितहीन यात्रा टुंग्याएको छ । लिभरपुललाई घरेलु प्रिमियर लिगको शीर्षमा पनि आठ अंकको अग्रता प्राप्त छ । डिफेन्डिङ च्याम्पियन रियलको पाँच खेलमा यो तेस्रो हार हो र यससँगै उसको नकआउट चरण यात्रा अब गाह्रो हुने भएको छ ।

कार्लो एन्सेलोटीको रियल अंक तालिकाको २४ औं स्थानमा छ । अन्तिम १६ मा अंक तालिकाको शीर्ष आठमा रहनेले मात्र सिधा प्रवेश पाउनेछन् । अन्य खेलमा बोरुसिया डर्टमुन्डले डायनामो जागरेभलाई ३–० ले हरायो र अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल रह्यो । डर्टमुन्डको १२ अंक भएको छ ।

यस्तै बेनफिकाले मोनाकोलाई ३–२, लिलले बोलोग्नालाई २–१, पीएसभी आयनहोभनले साख्तर डोनेस्कलाई ३–२, एफके क्राभेनाले स्टुटगार्टलाई ५–१ तथा स्ट्रम ग्राजले जिरोनालाई १–० ले हरायो । एस्टन भिल्ला र युभेन्ट्सले ०–० तथा सेल्टिक र क्लब ब्रुगले १–१ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...