मुख्य समाचार
च्याम्पियन्स लिगमा लिभरपुलले डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई २–० ले हराए
च्याम्पियन्स लिगमा लिभरपुलले डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई २–० ले हराए

— युरोपेली च्याम्पियन्स लिगमा लिभरपुलले बुधबार राति डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई २–० ले हराएको छ र यससँगै प्रतियोगितामा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्यो । इंग्लिस प्रिमियर लिग क्लबका लागि एलेक्स म्याक एलिस्टर र कोडी गाक्पोले गोल गरे । लिभरपुलको पाँच खेलबाट १५ अंक भएको शीर्ष स्थानमा छ ।



एलिस्टरले ५२ औं मिनेटमा पहिलो गोल गरे भने गाक्पोले ७६ औं मिनेटमा दोस्रो गोल थपे । एनफिल्डमा भएको खेलमा रियलका लागि केयलिन एमबापे पेनाल्टीमा चुके । यस्तै लिभरपुलका लागि मोहमद सलाहले पनि पेनाल्टीबाट गोल गर्न सकेनन् । लिभरपुलको नयाँ प्रशिक्षकका रूपमा आर्ने स्लट आएयता १९ खेलमा यो १७ औं जित हो ।


यस जितसँगै रियलविरुद्ध लिभरपुलले पछिल्ला आठ खेलका जितहीन यात्रा टुंग्याएको छ । लिभरपुललाई घरेलु प्रिमियर लिगको शीर्षमा पनि आठ अंकको अग्रता प्राप्त छ । डिफेन्डिङ च्याम्पियन रियलको पाँच खेलमा यो तेस्रो हार हो र यससँगै उसको नकआउट चरण यात्रा अब गाह्रो हुने भएको छ ।

कार्लो एन्सेलोटीको रियल अंक तालिकाको २४ औं स्थानमा छ । अन्तिम १६ मा अंक तालिकाको शीर्ष आठमा रहनेले मात्र सिधा प्रवेश पाउनेछन् । अन्य खेलमा बोरुसिया डर्टमुन्डले डायनामो जागरेभलाई ३–० ले हरायो र अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल रह्यो । डर्टमुन्डको १२ अंक भएको छ ।

यस्तै बेनफिकाले मोनाकोलाई ३–२, लिलले बोलोग्नालाई २–१, पीएसभी आयनहोभनले साख्तर डोनेस्कलाई ३–२, एफके क्राभेनाले स्टुटगार्टलाई ५–१ तथा स्ट्रम ग्राजले जिरोनालाई १–० ले हरायो । एस्टन भिल्ला र युभेन्ट्सले ०–० तथा सेल्टिक र क्लब ब्रुगले १–१ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...