मुख्य समाचार
ओमोडा एन्ड जेइको कारसँग क्यानको सम्झौता
ओमोडा एन्ड जेइको कारसँग क्यानको सम्झौता

— नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा एनपीएल सुरु हुनेछ । पुस ६ गते हुने फाइनलले कार पाउने खेलाडीको टुंगो लगाउने छ ।






यसका लागि एसपीजी अटोमोबाइल्सले मंगलबार क्यानसँग सम्झौता गरेको छ । चीनको ओमोडा एन्ड जेइको अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स हो ।

एसपीजीका निर्देशक गौरव शारडा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुरुप एसपीजी अटोमोबाइल्स एनपीएलको सहप्रायोजकको रूपमा रहनेछ ।

‘एनपीएलका उत्कृष्ट नेपाली खेलाडीले एसपीजी अटोमोबाइल्सबाट पुरस्कारमा कार पाउनेछन्,’ क्यान सचिव खड्काले मंगलबार आयोजित कार्यक्रममा भने, ‘एनपीएलको प्लेयर अफ द सिरिजमा विदेशी वा नेपाली खेलाडी हुन सक्छन् । विदेशी प्लेयर अफ द सिरिज चुनिएमा नेपालको उत्कृष्ट खेलाडीले वा नेपाली प्लेयर अफ द सिरिज भएमा उनै खेलाडीले कार पाउनेछन् ।’

शारडा समूहले एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई बजारमूल्य ६२ लाख रहेको ओमोडा–ई ५ कार दिने घोषणा गरेको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको सहकार्यमा शारडा समूहसँग सम्झौता भएको हो ।

घरेलु क्रिकेट प्रतियोगितामा पहिलो पटक नेपाली खेलाडीले उत्कृष्ट खेलाडी भएवापत कार पाउन लागेका हुन् । क्रिकेटमा खेलेरै बाँच्न सकिन्छ भन्नका लागि यो पुरस्कार ठूलो आधार भएको सचिव खड्काले बताए ।



एसपीजीका निर्देशक गौरव शारडाले एनपीएलसँगको यो सहकार्यले नेपालमा क्रिकेट प्रवर्द्धन र विकासमा टेवा पुग्ने जनाउँदै भने, ‘हामीले लामो एवं रोमाञ्चक यात्रा सुरुआत गरेका छौं ।’ एसपीजी अटोमोबाइल्सका शिवरतन शारडा, धिरेन्द्र तामाङलगायत कार्यक्रममा उपस्थित थिए ।

यसैबीच क्यानले एनपीएलको युट्युब प्रशारण अधिकार डिस मिडिया नेटवर्कलाई दिने भएको छ । ब्रान्ड लजिक र डिस मिडिया नेटवर्कबीच सम्झौता भएको छ । एनपीएल पहिलो संस्करणका खेलको

युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले पाएको हो । एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रशारण गर्नेछ । टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रशारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...