मुख्य समाचार
इजरायल र हिजबुल्लाहबीच युद्धविराम
इजरायल र हिजबुल्लाहबीच युद्धविराम

— अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि इजरायल र इरान-समर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम बुधबारदेखि लागू भएको छ ।



यस सम्झौताले इजरायल-लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको मार्ग खोल्छ, जसले गएको वर्ष गाजाका कारण सुरु भएको युद्धबाट हजारौं मानिसहरूको ज्यान लिएको थियो।


बाइडेनले मंगलबार ह्वाइटहाउसबाट सम्बोधन गर्दै इजरायली सुरक्षा मन्त्रिपरिषद्ले १०-१ को मतले सम्झौता स्वीकृत गरेको बताए । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीसँग कुरा गरेको र स्थानीय समयअनुसार बिहान ४ बजे युद्ध समाप्त हुने बताए ।

'यो स्थायी रूपमा शत्रुता अन्त्य गर्नका लागि गरिएको हो' बाइडेनले भने,'हिजबुल्लाह र अन्य आतंकवादी संगठनहरूको बाँकी हिस्सा इजरायलको सुरक्षालाई फेरि धम्की दिन दिइने छैन।'

बाइडेनका अनुसार, इजरायलले ६० दिनको अवधिमा आफ्नो सेनाहरू क्रमशः फिर्ता लैजानेछ । हिजबुल्लाहले त्यहाँ आफ्नो संरचना फेरि निर्माण गर्न नसकोस् भनेर लेबनानको सेनाले आफ्नो सीमामा रहेको क्षेत्रको नियन्त्रण लिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...