मुख्य समाचार
अल नासरले कतारी क्लब अल घराफालाई ३-१ गोल अन्तरले हराए
अल नासरले कतारी क्लब अल घराफालाई ३-१ गोल अन्तरले हराए

। एएफसी च्याम्पियन्स लिग इलाइटअन्तर्गत गएराति भएको खेलमा साउदी क्लब अल नासरले सहज जित निकालेको छ । अल नासरले कतारी क्लब अल घराफालाई ३-१ गोल अन्तरले हराएको हो ।

अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने एन्जेलो गाब्रियलले १ गोल गरे । घराफाका जोसेलुले गरेको गोल सान्त्वना बन्यो ।




खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भएपनि दोस्रो हाफको सुरूवातमै गोल भएको थियो । ४६औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यसैगरी ५८औं मिनेटमा गाब्रियलले टोलीको अग्रता दोब्बर पारे । त्यसको ६ मिनेटपछि ६४औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई सहज जिततर्फ अग्रसर गराएका थिए । योसँगै रोनाल्डोले आफ्नो करियर गोलसंख्या ९१३ पुर्‍याएका छन् ।




७५औं मिनेटमा जोसेलुले गोल फर्काएपनि घराफा खेलमा फर्कन भने सकेन । ८४औं मिनेटमा सेडोयु सानोले रातो कार्ड पाउँदै मैदान छाडेपछि अन्तिम केही समय घराफा १० खेलाडीमा सीमित बनेको थियो ।

यस जितसँगै एएफसी च्याम्पियन्स लिग इलाइटअन्तर्गत समूह बी मा रहेको अल नासरको ५ खेल मा १३ अंक भएको छ र दोस्रो स्थानमा छ । अल घराफा ४ अंकसहित आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...