मुख्य समाचार
अल नासरले कतारी क्लब अल घराफालाई ३-१ गोल अन्तरले हराए
अल नासरले कतारी क्लब अल घराफालाई ३-१ गोल अन्तरले हराए

। एएफसी च्याम्पियन्स लिग इलाइटअन्तर्गत गएराति भएको खेलमा साउदी क्लब अल नासरले सहज जित निकालेको छ । अल नासरले कतारी क्लब अल घराफालाई ३-१ गोल अन्तरले हराएको हो ।

अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने एन्जेलो गाब्रियलले १ गोल गरे । घराफाका जोसेलुले गरेको गोल सान्त्वना बन्यो ।




खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भएपनि दोस्रो हाफको सुरूवातमै गोल भएको थियो । ४६औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यसैगरी ५८औं मिनेटमा गाब्रियलले टोलीको अग्रता दोब्बर पारे । त्यसको ६ मिनेटपछि ६४औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई सहज जिततर्फ अग्रसर गराएका थिए । योसँगै रोनाल्डोले आफ्नो करियर गोलसंख्या ९१३ पुर्‍याएका छन् ।




७५औं मिनेटमा जोसेलुले गोल फर्काएपनि घराफा खेलमा फर्कन भने सकेन । ८४औं मिनेटमा सेडोयु सानोले रातो कार्ड पाउँदै मैदान छाडेपछि अन्तिम केही समय घराफा १० खेलाडीमा सीमित बनेको थियो ।

यस जितसँगै एएफसी च्याम्पियन्स लिग इलाइटअन्तर्गत समूह बी मा रहेको अल नासरको ५ खेल मा १३ अंक भएको छ र दोस्रो स्थानमा छ । अल घराफा ४ अंकसहित आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् । अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५०० गोल गर्दै रेकर्ड बनाएका हुन् । उनले विगत ११ वर्षयता ५०० गोल गरेका हुन् । रोनाल्डोको २ गोलमा अल–नासरले अल–हाजेमविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै ...
। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । आइतबार पालेकेले स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । कामिन्दु मेन्डिसले १३ रन बनाए ...
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...