मुख्य समाचार
अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित
अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित

। अस्ट्रेलियासँगको बोर्डर गाभस्कर ट्रफी अन्तर्गत पहिलो टेस्टमा भारतले शानदार जित निकालेको छ । भारतले अस्ट्रेलियालाई २९५ रनले हराएको हो ।

भारतले प्रस्तुत गरेको ५३४ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलिया चौथो दिनको खेलमा २३८ रनमा अलआउट भयो । यसअघि पहिलो इनिङमा अस्ट्रेलिया १०४ रनमा अलआउट भएको थियो ।




भारत पनि पहिलो इनिङमा १५० रनमा समेटिएकामा दोस्रो इनिङमा ४८७ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । त्यसपछि अस्ट्रेलियाले ५३४ रनको लक्ष्य पाएको थियो ।

दोस्रो इनिङमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ८९ रन बनाए । त्यसैगरी मिचेल मार्शले ४७ रन बनाए । भारतका लागि जसप्रित बुमराह र मोहम्मद सिराजले ३-३ विकेट लिए । त्यस्तै वासिङ्टन सुन्दरले २ विकेट लिए भने हर्षित राना र नितिश रेड्डीले १-१ विकेट लिए ।




यसअघि भारतका लागि दोस्रो इनिङमा यशश्वी जैसवाल र विराट कोहलीले शतक बनाएका थिए । जैसवालले १६१ रन बनाउँदा कोहली १०० रनमा अविजित रहे । केएल राहुलले ७७ रन बनाए ।

अस्ट्रेलियाका नेथन लायनले २ विकेट लिँदा मिचेल स्टार्क, मिचेल मार्श, प्याट कमिन्स र जोश हेजलवूडले १-१ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा टस जितेर पहिले ब्याटिङ गरेको भारत १५० रनमा अलआउट भएको थियो । त्यसपछि अस्ट्रेलिया १०४ रनमा अलआउट भएपछि भारतले ४६ रनको अग्रताबाट दोस्रो इनिङ सुरू गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...