मुख्य समाचार
विश्वचर्चित रक ब्यान्ड ‘लिंकिन पार्क’को पुनरागमन
विश्वचर्चित रक ब्यान्ड ‘लिंकिन पार्क’को पुनरागमन

। विश्वचर्चित रक ब्यान्ड ‘लिंकिन पार्क’को पुनरागमन भएको छ । ब्यान्डले सात वर्षपछि पहिलो स्टुडियो एल्बमको रुपमा ‘फ्रम जिरो’ सार्वजनिक गरेको छ ।

११ गीत समेटिएको एल्बममा ब्यान्डकी नयाँ सदस्य गायिका एमिली आर्मस्ट्रङ र ड्रमर कोलिन ब्रिटनको आवाज समावेश छ । बिलबोर्ड चार्टमा यो एल्बम १२ औं स्थानको ट्रेन्डिङमा छ । स्वर्गीय गायक चेस्टर बेनिंगटन र ड्रमर रोब बोर्डना विना ब्यान्डले पहिलो एल्बम ल्याएको हो ।




वार्नर रेकर्ड्सले सार्वजनिक गरेको एल्बमका ९७ हजार प्रति बिक्री भइसकेका छन् । एल्बम रिलिज भएदेखि नै विश्व बजारमा यसको माग बढेको भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।

बिलबोर्डले २०० शीर्ष एल्बमको सूची सार्वजनिक गरेको छ, जसमध्ये धेरै बिक्री हुने एल्बममा के–पपसँग सम्बन्धित छन् । एल्बम बिक्रीको आधारमा यो सूची तयार हुन्छ । जसअनुसार अतीज, जिन र एनहाइपेन क्रमशः १, ४ र ७ औं स्थानमा छन् ।




आठ सदस्यीय दक्षिण कोरियाली ब्यान्ड ‘अतीज’को पछिल्लो एल्बम ‘गोल्डेन आवर : पार्ट २’ धेरै एल्बम बिक्री हुने सूचीको शीर्षस्थानमा छ । यो एल्बम १ लाख ८४ हजार प्रतियुनिट बिक्री भएको छ । सन् २०२४ मा सबैभन्दा धेरै एल्बम बिक्रीको सुरुवात ब्यान्डले गरेको छ ।

बीटीएस सदस्य जिनको नयाँ एल्बम ‘एपी’ उत्कृष्ट १० भित्र छ । टपटेपमा परेको उनको यो पहिलो अवसर हो । यो एल्बम ७७ हजारप्रति बिक्री भएको छ । बीटीएसका अन्य सदस्यले ल्याएका एल्बम पनि धेरै बिक्री हुने सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...