मुख्य समाचार
विश्वचर्चित रक ब्यान्ड ‘लिंकिन पार्क’को पुनरागमन
विश्वचर्चित रक ब्यान्ड ‘लिंकिन पार्क’को पुनरागमन

। विश्वचर्चित रक ब्यान्ड ‘लिंकिन पार्क’को पुनरागमन भएको छ । ब्यान्डले सात वर्षपछि पहिलो स्टुडियो एल्बमको रुपमा ‘फ्रम जिरो’ सार्वजनिक गरेको छ ।

११ गीत समेटिएको एल्बममा ब्यान्डकी नयाँ सदस्य गायिका एमिली आर्मस्ट्रङ र ड्रमर कोलिन ब्रिटनको आवाज समावेश छ । बिलबोर्ड चार्टमा यो एल्बम १२ औं स्थानको ट्रेन्डिङमा छ । स्वर्गीय गायक चेस्टर बेनिंगटन र ड्रमर रोब बोर्डना विना ब्यान्डले पहिलो एल्बम ल्याएको हो ।




वार्नर रेकर्ड्सले सार्वजनिक गरेको एल्बमका ९७ हजार प्रति बिक्री भइसकेका छन् । एल्बम रिलिज भएदेखि नै विश्व बजारमा यसको माग बढेको भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।

बिलबोर्डले २०० शीर्ष एल्बमको सूची सार्वजनिक गरेको छ, जसमध्ये धेरै बिक्री हुने एल्बममा के–पपसँग सम्बन्धित छन् । एल्बम बिक्रीको आधारमा यो सूची तयार हुन्छ । जसअनुसार अतीज, जिन र एनहाइपेन क्रमशः १, ४ र ७ औं स्थानमा छन् ।




आठ सदस्यीय दक्षिण कोरियाली ब्यान्ड ‘अतीज’को पछिल्लो एल्बम ‘गोल्डेन आवर : पार्ट २’ धेरै एल्बम बिक्री हुने सूचीको शीर्षस्थानमा छ । यो एल्बम १ लाख ८४ हजार प्रतियुनिट बिक्री भएको छ । सन् २०२४ मा सबैभन्दा धेरै एल्बम बिक्रीको सुरुवात ब्यान्डले गरेको छ ।

बीटीएस सदस्य जिनको नयाँ एल्बम ‘एपी’ उत्कृष्ट १० भित्र छ । टपटेपमा परेको उनको यो पहिलो अवसर हो । यो एल्बम ७७ हजारप्रति बिक्री भएको छ । बीटीएसका अन्य सदस्यले ल्याएका एल्बम पनि धेरै बिक्री हुने सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...