मुख्य समाचार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ

। बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षाको माग गर्दै भइरहेको प्रदर्शनको नेतृत्व गरिरहेका हिन्दू समुदायका एक साधुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

वरिष्ठ प्रहरी जासुस रेजाउल करिम मल्लिकले एएफपीलाई बताएअनुसार नवगठित हिन्दू समूहका प्रवक्ता चिन्मय कृष्ण दास ब्रह्मचारीलाई ढाकाबाट पक्राउ गरिएको हो ।


लामो समयदेखि सत्ताको बागडोर सम्हालेकी प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको अगस्ट क्रान्तिले सत्ताच्यूत गरेपछि १७ करोड जनसंख्या रहेको बंगलादेशमा धार्मिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ ।

हसिनालाई सत्ताच्युत गरिएपछिका दिनहरूमा हिन्दूहरूमाथि प्रतिशोधको श्रृङ्खला बढेको देखिन्छ ।


ढाका प्रहरीका प्रवक्ता तालेबुर रहमानले ब्रह्मचारीलाई पक्राउ गरिएको पुष्टि गरे ।

गत अक्टोबरमा ब्रह्मचारीले चटगाउँ शहरमा एक विशाल ¥यालीको नेतृत्व गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो । उहाँमाथि बंगलादेशको राष्ट्रिय झण्डाको अनादर गरेको आरोप लागेको थियो।

बंगलादेशसम्मिलित सनातन जागरण जोते समूहका ब्रह्मचारीलाई राजधानी ढाकाबाट चटगाउँतर्फ जाँदै गर्दा पक्राउ गरिएको समूहका एक वरिष्ठ नेताले एएफपीलाई जानकारी दिएका छन् ।

समितिका सदस्य प्रशान्तकुमार हल्दारले एएफपीसँग भने, ‘उहाँमाथि लगाइएको आरोपबारे हामीलाई जानकारी छैन । जोते समूहले ब्रह्मचारीको रिहाइको माग गर्दै मङ्गलबार ¥याली निकाल्नेछ, हामी देशभर उहाँको समर्थनमा ऐक्यवद्धता जनाउन देशभर मानव साङ्लोमा सामेल हुन आग्रह गर्दछौं ।’

धार्मिक अल्पसंख्यकलाई समर्थन गर्ने बंगलादेशको हिन्दू, बौद्ध, क्रिश्चियन युनिटी काउन्सिलले ब्रह्मचारीको गिरफ्तारीको निन्दा गरेको छ ।

ब्रह्मचारी नयाँ समूहमा सामेल हुनुअघि हरे कृष्ण आन्दोलन भनिने अन्तर्राष्ट्रिय कृष्ण चेतना समाज (इस्कोन) का सदस्य थिए ।

बंगलादेशमा अल्पसंख्यक धर्मावलम्बीहरूमध्ये सबैभन्दा बढी प्रभाव हिन्दू समुदायको छ अर्थात् यहाँको जनसङ्ख्याको लगभग आठ प्रतिशत हिन्दू छन् । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...