मुख्य समाचार
रोनाल्डोका लागि उमेर अंक मात्रै
रोनाल्डोका लागि उमेर अंक मात्रै

। अनि क्रिस्टियानो रोनाल्डोको ‘बाइसाइकल किक’ । र, सुन्दर फिनिस । अहो !

नेशन्स लिग अन्तर्गत पोल्याण्डविरुद्ध १६ नोभेम्बरमा रोनाल्डोले गरेको त्यो गोलले उनका फ्यानलाई मात्रै होइन, विश्व फुटबल प्रेमीकै मन जित्यो ।




त्यो खेलमा पहिलो हाफसम्म पाहुना टोली पोल्याण्डसँग संघर्ष गर्नुपरेको पोर्चुगलले दोस्रो हाफमा लगातार गोल निकालन सकेको थियो । र ५–१ को फराकिलो जित निकाल्दा रोनाल्डोको नाममा मात्रै २ गोल रह्यो ।

गोल मात्रै होइन, रोनाल्डोकै पासमा पेड्रो नेटोले गोल गरेपछि उनको नाममा असिस्ट पनि थपियो । र, १३५ औं अन्तर्राष्ट्रिय गोल मार्फत् रोनाल्डोको शीर्ष स्थानमा गोल अग्रता अझ बढ्यो । अन्तर्राष्ट्रिय गोलमा मेसी भन्दा उनी २३ गोलले अघि छन् ।




त्यो बाइसाइकल गोलले रोनाल्डोको हकमा उमेर केवल अंक मात्रै भएको जवाफ दिएको फुटबलका जानकारहरुले टिप्पणी गरेका छन् । रोनाल्डोको बाइसाइकल किक यो मानेमा पनि अर्थ रह्यो कि उनी दुई महिनापछि फ्रेबुअरी ५ मा ४० वर्ष पुग्दैछन् ।

४० वर्षको उमेरमा पनि रोनाल्डोको प्रदर्शनमा दुःखी हुने ठाउँ भेट्न मुस्किल पर्छ । यो जितसँग आफ्नो समूहको शीर्ष स्थानमा रहँदै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको थियो । तर त्यसपछि पनि अन्तिम खेल क्रोएसियासँग खेल्न बाँकी नै थियो । पोर्चुगिज प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोलाई टिममै समेटेनन् ।

औपचारिकता मात्रै रहेको खेलमा रोनाल्डोलाई आराम दिने प्रशिक्षकको यो रणनीतिले अर्को जवाफ दियो– उनी टिमका लागि महत्वपूर्ण सदस्य हुन् । यसको एक महिना अघि २४ अक्टोबरमा नेसन्स लिगमै भएको खेलमा पोल्याण्डविरुद्ध रोनाल्डोले गोल गरेका थिए ।

अन्तर्राष्ट्रिय खेल हुन् वा साउदी प्रो लिग, रोनाल्डो अहिले पनि उत्तिकै लयमा छन् । ढल्कदोँ उमेर र खस्कदो प्रदर्शन भन्दै म्यानचेस्टर युनाइटेडका तत्कालीन प्रशिक्षक इरिक टेन ह्यागले रोनाल्डोलाई सब्सिच्युट गर्नेदेखि पहिलो रोजाईमै राख्न छाडेपछि उनी २०२३ मा साउदी क्लब अल नासरमा पुगे ।

रोनाल्डो साउदी पुगेसँगै अन्य खेलाडीको रोजाइमा पर्न थाल्यो साउदी प्रो–लिग । नासरबाट ५६ खेल खेलेका रोनाल्डोले ५७ गोल गरिसकेका छन् ।
ढल्कदोँ उमेर र खस्कदो प्रदर्शन भन्दै साउदी पुगेका उनै रोनाल्डोबाट अन्य खेलाडीले सिक्ने धेरै विषयहरु छन् ।

४० वर्ष पुग्न लागेका रोनाल्डो आखिर यो उमेरमा पनि कसरी फिट छन् ?

रेडिमेट जवाफ छ, रोनाल्डो आफ्नो शारीरिक व्यायाम र शिल्पप्रति एकदमै कठोर छन् । आफ्नो शारीरिक फिटबारे रोनाल्डोले अलनासर पुगेपछि भनेका थिए– ‘म घाइते हुनबाट बच्न वार्मअप गर्छु ।

प्रशिक्षणका क्रममा म पिचको केही ल्याप्स, स्ट्रेचिङ र कार्डियो वार्म–अप अभ्यास गर्छु । यसले मलाई सधैं फिट रहन धेरै मद्दत गरेको छ ।’
साँच्चै रोनाल्डोले भनेजस्तै उनी फिट रहेको उनको प्रदर्शनले बताइरहेको छ ।

रोनाल्डो जीममा पनि उत्तिकै ख्याल गर्छन् । उनी दैनिक ४ घण्टा व्यायाम गर्छन् । सम्भवतः कुनै फुटबलरले दैनिक ४ घण्टा व्यायाम गर्नेमा उनी पहिलो नम्बरमा पर्छन् ।
उनी विशेषगरी मुटुको कसरतसँग जोड्छन् । र तौललाई पनि विशेष ख्याल गरेका हुन्छन् । शरीरका सबै भागहरुलाई लक्षित ब्यामले शक्ति, सहनशक्ति र मानसिक अवस्था समेत दुरुस्त राख्ने उनको विश्वास छ ।

त्यसैको परिणम अहिले रोनाल्डो मैदानमा चम्किरहेका छन् । उही किशोर शैलीकै आक्रामक फुटबल कौशल र सेलिब्रेसन रोनाल्डोको हरेक गोलमा देख्न सकिन्छ ।मैदानमा निकै व्यस्त रहने र गोलका लागि दौडने स्ट्राइकरहरु अक्सर उमेर ढल्किन थालेपछि टिमको रोजाइमा पर्दैनन् । जसलाई गोलका लागि खेलाइन्छ ।

९० मिनेटमा मुस्किलले निस्कने एक÷दुई अवसरलाई पनि गोलमा परिणत गर्न जब स्ट्राइकरहरु असक्षम हुन्छन्, अनि टिमले बेलैमा विकल्प सोच्छ । तर रोनाल्डो यो मानेमा अपवाद छन् । रोनाल्डोको तिव्र गति र बलमाथिको पकड उनको नियमित कसरतकै परिणाम हो ।

वार्म–अप, कसरत, व्यायाम तथा जीममा विशेष ख्याल गर्ने रोनाल्डो अझै फिट हुनमा खानपानको पनि उत्तिकै महत्व छ । उनी खानपानमा पनि विशेष जोड दिन्छन् । उच्च प्रोटिन र कम बोसोयुक्त खानाहरुमा उनले जोड दिने गर्छन् ।

क्रिस्टियानो रोनाल्डोलाई आहारा सन्तुलन र अनुशासनमा एक मास्टरक्लास समेत भन्ने गरिन्छ । अण्डा, स्टेक, रोटी रोनाल्डोको रोजाईका खाना हुन् । उनी चक्लेट र केकका पनि सोखिन हुन् । उनी भन्छन्, ‘कसरतसँग म आहारामा पनि ध्यान दिन्छु । उच्च प्रोटिन, कार्बोहाइड्रेट, फलफूल र तरकारीहरुमा विशेष जोड दिन्छु ।’

रोनाल्डोसँग रियल मड्रिडमा रहेदेखि नै जोस ब्लेसा नाम गरेका आहाराविद् छन् । उनकै सल्लाहाअनुसार रोनाल्डो दिनमा प्रत्येक तीनदेखि चार घण्टाको फरकमा ६ पटकसम्म थोरै–थोरै खाना खान्छन् । रेष्टुरेन्ट जाँदा उनी सलाद छुटाउँदैनन् । फ्रोजन खानेकुराबाट उनी टाढैं रहन्छन् ।

खानका साथै रोनाल्डाको आहाराविद् पानीमा पनि विशेष ध्यान दिन्छन् । रोनाल्डो दैनिक कम्तीमा ६ लिटर पानी पिउने उनी बताउँछन् । युएस नेशनल एकेडेमी अफ साइन्स, इन्जिनियरिङ र मेडिसिनका अनुसार औसत पुरुषले प्रतिदिन ३.७ लिटर पानी पिउनुपर्छ भने महिलाले २.७ लिटर पिउनुपर्छ । तर रोनाल्डोले दिनमा ६ लिटरसम्म पानी पिउने गर्छन् । पानी बढी हुँदा कुनै बेफाइदा नगर्ने उनको बुझाइ छ ।पानीमा जोड दिने रोनालडो चिनियुक्त पेय पदार्थबाट पनि टाढै रहन्छन् ।

रोनाल्डोले ४५ हजार युरो लगानी गरेर घरमै क्रियोथेरापी च्याम्बर राखेका छन् । यसअघि रियलका पूर्वखेलाडी राउलले पनि यस्तै क्रियोथेपारी प्रयोग गरेका थिए । यसमा उनको शरीरलाई फिट राख्न मद्दत गरेको छ ।

खानपानदेखि व्यामसम्म विशेष ध्यान दिनेरोनाल्डोको सुत्ने शैली पनि निकै अनौठो छ । उनी एकै पटक लामो निद्रा लिँदैनन् । स्पोर्ट स्पील कोच निक लिटलहेल्को सल्लाह पच्छ्याउँदै उनी एक पटकमा ९० मिनेटको दरले २४ घण्टामा पाँच पटक सुत्छन् ।

राति १० बजे पौडी खेलिसकेपछि उनी मध्यरातसम्म सुत्छन् । त्यसपछि बिहान ३ बजेसम्म आराम गर्छन् । बिहान साढे ५ बजे उनी फेरि सुत्छन् । त्यसपछि उनी आफ्नो दैनिकीमा निस्कन्छन् । ढाडको समस्याबाट बच्न उनी ‘फेटल पोजिसन’ मा सुत्छन् ।

रोनाल्डोको अर्को एउटा विशेषता छ– अक्कर उनी खुट्टाको नङमा कालो कलर गर्छन् । जब पहिलो पटक रोनाल्डोको खुट्टाको नङमा कालो कलर देखियो, धेरैले यसलाई फेसनको रुपमा बुझेका थिए । तर बास्तवमा यो कालो पोलिस पनि रोनाल्डोको फिटनेससँग जोडिएको छ ।

कालो पोलिस नङको सुरक्षासँग जोडिएको छ । कालो पोलिसले नङलाई फुट्नबाट मात्र रोक्दैन फुटिहालेमा क्षतिको जोखिम समेत कम गर्ने पोर्चुगल डटकमले उल्लेख गर्दै समाचार प्रकाशित गरेको थियो ।

यही कडा मेहनत र कसरतका कारण रोनाल्डो ४० वर्ष पूरा भए पनि उनीसँग १४ वर्ष जुनियर खेलाडीको शरीर भएको बताइन्छ । अर्थात् उमेरले उनी ४० वर्षको भए पनि २६ वर्षका खेलाडीको जस्तो शरीर रोनाल्डोको छ । मैदानको प्रर्दशनले यो विषयहरुलाई पुष्टि गर्ने जानकारहरु बताउँछन् ।

५२ वर्षकै उमेरमा रक्सीकै कारण रोनाल्डोका बाबुको मृत्यु भएको थियो । बाबुको मृत्युले रोनाल्डोलाई लामो समयसम्म छोयो । त्यसपछि मदिरा नखाने घोषणा गरेका रोनाल्डो रक्सीबाट टाढै छन् । कतिसम्म भने सन् २०२१ मा युरोकपको खेलपछिको प्रेस कन्फ्रेन्समा सफ्ट ड्रिंक कोकाकोला समेत हटाउँदै उनले पानी पिउन आग्रह गरेका थिए ।

वार्म–अप, ब्यायाम, जिम, खानपान, निद्रा लगायत उच्चतम समिश्रण नै उनको अहिलेको प्रर्दशन रहेको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...