मुख्य समाचार
लिभरपुलले साउथह्याम्पटनलाई ३-२ गोलअन्तरले हराए
लिभरपुलले साउथह्याम्पटनलाई ३-२ गोलअन्तरले हराए

। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले पुनरागमन जित निकालेको छ । लिभरपुलले साउथह्याम्पटनलाई ३-२ गोलअन्तरले हराएको हो ।

लिभरपुलको जितमा मोहमद सालाहले २ गोल गरे भने डोमिनिक सोबोस्लाईले १ गोल गरे । साउथह्याम्पटनका एडक आर्मस्ट्रङ र म्याटियस फर्नान्डेसले १-१ गोल गरे ।




खेलको सुरूमा लिभरपुलले अग्रता लिएको भएपनि साउथह्याम्पटनले खेलमा फर्कँदै २-१ को अग्रता बनाएको थियो । त्यसपछि सालाहले २ गोल गर्दै टोलीलाई जित दिलाए ।

खेलको ३०औं मिनेटमा सोबोस्लाईले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । ४२औं मिनेटमा आर्मस्ट्रङले गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।




दोस्रो हाफको ५६औं मिनेटमा फर्नान्डेसले गोल गरेपछि घरेलु टोली खेलमा अग्रता बनाउन सफल भयो । तर त्यसको ९ मिनेटमा सालाहले गोल गर्दै खेल पुनः बराबरिमा ल्याए ।

८३औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै सालाहले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीलाई ३-२ को अग्रतासहित जित दिलाउन सफल भए ।

जितपछि लिभरपुल १२ खेलमा ३१ अंक जोडेर शीर्षस्थानमा यथावत् छ भने साउथह्याम्पटन ४ अंकसहित पुछारमा छ ।

युनाइटेडको बराबरी

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । युनाइटेडलाई इप्सविच टाउनले १-१ को बराबरीमा रोकेको हो ।

खेलको २ मिनेटमा नै मार्कस रासफर्डले गोल गर्दै अग्रता बनाएको भएपनि ४३औं मिनेटमा ओमारी हचिन्सनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि थप गोल निस्कन सकेन । बराबरीपछि युनाइटेडको १२ खेलबाट १६ अंक भएको छ । इप्सविचको ९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...