मुख्य समाचार
लिभरपुलले साउथह्याम्पटनलाई ३-२ गोलअन्तरले हराए
लिभरपुलले साउथह्याम्पटनलाई ३-२ गोलअन्तरले हराए

। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले पुनरागमन जित निकालेको छ । लिभरपुलले साउथह्याम्पटनलाई ३-२ गोलअन्तरले हराएको हो ।

लिभरपुलको जितमा मोहमद सालाहले २ गोल गरे भने डोमिनिक सोबोस्लाईले १ गोल गरे । साउथह्याम्पटनका एडक आर्मस्ट्रङ र म्याटियस फर्नान्डेसले १-१ गोल गरे ।




खेलको सुरूमा लिभरपुलले अग्रता लिएको भएपनि साउथह्याम्पटनले खेलमा फर्कँदै २-१ को अग्रता बनाएको थियो । त्यसपछि सालाहले २ गोल गर्दै टोलीलाई जित दिलाए ।

खेलको ३०औं मिनेटमा सोबोस्लाईले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । ४२औं मिनेटमा आर्मस्ट्रङले गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।




दोस्रो हाफको ५६औं मिनेटमा फर्नान्डेसले गोल गरेपछि घरेलु टोली खेलमा अग्रता बनाउन सफल भयो । तर त्यसको ९ मिनेटमा सालाहले गोल गर्दै खेल पुनः बराबरिमा ल्याए ।

८३औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै सालाहले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीलाई ३-२ को अग्रतासहित जित दिलाउन सफल भए ।

जितपछि लिभरपुल १२ खेलमा ३१ अंक जोडेर शीर्षस्थानमा यथावत् छ भने साउथह्याम्पटन ४ अंकसहित पुछारमा छ ।

युनाइटेडको बराबरी

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । युनाइटेडलाई इप्सविच टाउनले १-१ को बराबरीमा रोकेको हो ।

खेलको २ मिनेटमा नै मार्कस रासफर्डले गोल गर्दै अग्रता बनाएको भएपनि ४३औं मिनेटमा ओमारी हचिन्सनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि थप गोल निस्कन सकेन । बराबरीपछि युनाइटेडको १२ खेलबाट १६ अंक भएको छ । इप्सविचको ९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...