मुख्य समाचार
अस्ट्रेलियामा सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्न संसदमा विधेयक पेश
अस्ट्रेलियामा सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्न संसदमा विधेयक पेश

: अस्ट्रेलियाको संसदको तल्लो सदनमा बिहीबार एउटा विधेयक पेश भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ ।



अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, 'यो प्रतिबन्ध सामाजिक सञ्जाल एक्स(टिकटक), फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो कार्य सामाजिक सञ्जालबाट हुने हानिबाट बालबालिकालाई बचाउनको लागि गरिएको हो।'


अष्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको लागि एक रूपरेखा प्रदान गर्नेछ। १७ पृष्ठको यो दस्ताबेजलाई अर्को हप्ता अष्ट्रेलियाको सिनेटमा पेश गर्न सकिने जनाइएको छ।

अष्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहलको प्रशंशा गरेका छन्।

विज्ञहरूले भने यस विषयमा पनि प्रश्न उठाइरहेका छन् । बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्नु आवश्यक छ तथा सामाजिक सञ्जालबाट टाढा राख्न सम्भव हुन्छ जस्ता प्रश्न उनीहरुले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ । ढाका ट्रिब्युन अनुसार, अपदस्थ अवामी लिग नेतृ समेत रहेकी हसिनालाई न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले जेल सजाय बुधबार सुनाइएको हो । त्यसैगरी, गाइबान्धाको गोविन्दगञ्जका शाकिल आकन्द बुलबुललाई पनि यसै मुद्दामा २ महिनाको ...
। इरानका नयाँ राष्ट्रपति मासुद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्य निलम्बन गर्ने कानुनलाई अनुमोदन गरेका छन्। इरानको सरकारी टेलिभिजन प्रेस टिभी र अन्य इरानी समाचार एजेन्सीहरूले यो खबरको पुष्टि गरेका छन् । गत साता इरानी संसदले उक्त विधेयक पारित गरेको थियो । यस विधेयकले सरकारलाई आईएईएसँगको सहकार्य निलम्बन गर्न कानुनी आधार दिएको छ। यो निर्णय ...
। युक्रेनले मध्य रुसको इजेभ्स्क शहरमा अवस्थित एक कारखानामा ड्रोन हमला गर्दा ३ जनाको मृत्यु भएको छ र ४५ जना घाइते भएका छन्। उद्मुर्तिया क्षेत्रका गभर्नर अलेक्सान्द्र ब्रेच्लोवले घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । उनले हमलाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराइसकेका छन्। लगत्तै उक्त क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ। ड्रोनहरूले कुपोल इलेक्ट्रोमेकानिकल प्लान्टलाई ...
— तिब्बती धार्मिक नेता दलाई लामाको ९० औँ जन्मदिन मनाउने तयारी भइरहँदा उनका उत्तराधिकारी को र कसरी चयन हुने भन्ने बहस चर्किएको छ । भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका दलाई लामासहितको उपस्थितिमा यसै साता तीन दिने कार्यक्रममार्फत उत्तराधिकारीबारे विस्तृत जानकारी प्राप्त हुन सक्ने रोयटर्सले जनाएको छ । विगत ६५ वर्षयता भारतमा ‘तिब्बतको निर्वासित सरकार’ भएको ...
: तिब्बती बौद्ध धर्मगुरु दलाई लामा यो हप्ता ९० वर्षमा प्रवेश गर्दैछन्। जुलाई ६ मा जन्मिएका उनको जन्मोत्सव एक हप्ता पहिलेदेखि नै मनाउँदै आएको छ। भारतको धर्मशालामा शरण लिएर बसेका दलाई लामाले जन्मदिनको पूर्वसंन्ध्यामा भिडियो सन्देश जारी गरेका छन्। उनले आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी गरेका छन्। तिब्बतबाट बहिर्गमनमा परेका उनले ...