मुख्य समाचार
आर्थिक वर्ष २०८०/८१ को असारसम्ममा बजारमा ६ खर्ब ९० अर्ब १५ करोड रुपैयाँबराबरका विभिन्न दरका नोट चलनचल्तीमा
आर्थिक वर्ष २०८०/८१ को असारसम्ममा बजारमा ६ खर्ब ९० अर्ब १५ करोड रुपैयाँबराबरका विभिन्न दरका नोट चलनचल्तीमा

: आर्थिक वर्ष २०८०/८१ को असारसम्ममा बजारमा ६ खर्ब ९० अर्ब १५ करोड रुपैयाँबराबरका विभिन्न दरका नोट चलनचल्तीमा छन् । यसअघिको आवको असार मसान्तसम्ममा बजारमा करिब ६ खर्ब १६ अर्ब रुपैयाँबराबरका नोट चलनचल्तीमा थिए ।


गत आवमा मात्रै नेपाल राष्ट्र बैंकले ७३ अर्ब ९९ करोड ९० लाख रुपैयाँबराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोट चलनचल्तीका लागि निष्कासन गरेको थियो । केन्द्रीय बैंकले अर्थ मन्त्रालयमा वार्षिक प्रतिवेदन पेस गर्दै यसबारे जानकारी दिएको हो ।

निष्कासन भएका सबै नोट एकैपटक बजारमा नआउने भएकाले चलनचल्तीमा रहेको मुद्राको परिमाण अझै कम देखिएको हो । राष्ट्र बैंकबाट वित्तीय प्रणालीमा गएका र पुनः प्रणालीमा नआएका नोटलाई चलनचल्तीमा रहेको मानिने केन्द्रीय बैंकको भनाइ छ । यसले गर्दा वर्षौं पहिला निष्कासन बन्द भएका १, २, २५ र २ सय ५० दरका नोट पनि चलनचल्तीमा रहेको देखिएको छ ।



राष्ट्र बैंकको सम्पत्ति/दायित्व ३०.१५ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यो अघिल्लो आवको भन्दा ३०.१५ प्रतिशतले वृद्धि भएको हो । आइतबार अर्थ मन्त्रालयमा राष्ट्र बैंकका गभर्नरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हस्तान्तरणपछि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा केन्द्रीय बैंकको सम्पत्ति अघिल्लो आवको भन्दा सुधार भएको उल्लेख छ ।

यसैगरी, प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१.९६ प्रतिशतले वृद्धि भएको छ । उक्त वृद्धिले विदेशी विनिमय तथा अन्य सम्पत्ति ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ कायम भएको छ । केन्द्रीय बैंकको २०८१ कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी बचत रकम ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णयअनुसार अब सो रकम सरकारलाई उपलब्ध गराउनेछ ।

केन्द्रीय बैंकमार्फत आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब २९ करोड रुपैयाँ बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड रुपैयाँबराबरको विदेशी ऋणको लेखांकन भएको छ । यससँगै गत आवमा राष्ट्र बैंकले आरटीजीएस प्रणालीमार्फ कुल ८ लाख २८ हजार ९ सय ७८ कारोबारमार्फत ३८३ खर्ब ६३ अर्ब ९५ करोड रुपैयाँबराबरको नेपाली मुद्रा कारोबारको फस्र्योट तथा राफसाफ भएको छ ।

केन्द्रीय बैंकको भौतिक पूर्वाधार निर्माण गर्ने सन्दर्भमा निर्माण व्यवसायीको समानान्तर जेभीसँग भएको सम्झौताबमोजिम बालुवाटारस्थित केन्द्रीय कार्यालय भवन निर्माण भई मिति २०८१ असार २८ मा हस्तान्तरण भइसकेको छ । यसैगरी, थापाथलीस्थित भवनको समेत निर्माण कार्य सम्पन्न भई मिति २०८१ असोज ५ मा हस्तान्तरण भइसकेको छ । राष्ट्र बैंकमा प्रशासनतर्फ १ हजार ७६ र प्राविधिकतर्फ ६२ गरी कुल १ हजार १ सय ३८ कर्मचारीहरू कार्यरत रहेका छन् । कार्यरत कुल मानव संसाधनमध्ये तहगत रूपमा हेर्दा अधिकृततर्फ ६ सय ३१, सहायकतर्फ ४ सय ३८ र श्रेणीविहीन कार्यालय सहयोगीतर्फ ६९ जना रहेका छन् ।

वर्षमा आधा दर्जन व्यवस्था कार्यान्वयन

राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा उल्लिखित करिब आधा दर्जन व्यवस्था कार्यान्वयनमा ल्याएको बताएको छ ।
जसअन्तर्गत, सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित व्यवस्था, लघुवित्त वित्तीय संस्थाहरूको मर्जर र प्राप्तिलाई प्रोत्साहनसम्बन्धी व्यवस्था, राष्ट्रिय स्तरका विकास बैंकहरूले क्यापिटल एडिक्विसी फ्रेमवर्क, २०१५, अनुसार पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीसम्बन्धी व्यवस्था, तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेसम्बन्धी व्यवस्था र बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएका छन् ।

यसअघि राष्ट्र बैंक र वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको वासलातको आधारमा मौद्रिक सर्वेक्षण तयार गरी प्रकाशन गरिँदै आएकोमा आर्थिक वर्ष २०८०/८१ बाट बिमा कम्पनीहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल पूर्वाधार बैंकसमेतलाई समेटी ‘वित्तीय क्षेत्र सर्वेक्षण’ प्रकाशन गर्न सुरु गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति/दायित्व

आर्थिक वर्ष २०८०/८१ सम्ममा हाल सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति/दायित्व ८६ खर्ब ६७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यो हाल सञ्चालनमा भएका २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी र ५२ लघुवित्त वित्तीय संस्थाको हो ।
गत आवमा वाणिज्य बैंकहरूको मात्रै कुल सम्पत्ति/दायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड रुपैयाँ कायम भएको थियो ।

यसैगरी क्रमशः विकास बैंकहरूको ७.९ प्रतिशतले वृद्धि भई ७ खर्ब १७ अर्ब रुपैयाँ र वित्त कम्पनीहरूको ११.२ प्रतिशतले वृद्धि भई १ खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ । तर लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति/दायित्व १.३ प्रतिशतले घटेको छ । यससँगै, निक्षेप तथा कर्जा सुरक्षण कोषले गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको २ खर्ब ५७ अर्ब ७२ करोड रुपैयाँ कर्जा र १४ खर्ब ३० अर्ब ४६ करोड रुपैयाँ निक्षेप सुरक्षण गरेको छ ।

यसबाहेक कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०८०/८१ मा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी र ५७ लघुवित्त वित्तीय संस्थाले जम्मा ५८ लाख १५ हजार ८ सय ३५ कर्जाको सूचना माग गरेका थिए । उक्त केन्द्रमा कालोसूचीमा सूचीकृत ऋणीहरूको संख्या ९४ हजार ४ सय ७७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विश्व व्यापार स‌ंगठनले सन् २०२६ मा विश्वको वस्तु व्यापार वृद्धिदर घटेर १.९ प्रतिशतमा खुम्‍चिने प्रक्षेपण गरेको छ । संगठनले बिहीबार सार्वजनिक गरेको 'ग्लोबल ट्रेड आउटलुक एन्ड स्टाटिक्स' ले विश्व बजारमा ऊर्जाको मूल्यमा आउने उत्तारचढाव बाहेकको आधारभूत वृद्धि दर प्रक्षेपण गरेको हो । सन् २०२५ मा ४.६ प्रतिशत रहेको विश्वव्यापी वस्तु व्यापार वृद्धि दर सन् २०२६ ...
। मध्यपूर्व तनाव (इरान र इजरायल युद्ध) को बाछिटा नेपालमा पनि देखिन थालेका छन् । आयातमा आधारित अर्थतन्त्र त्यसमा पनि पेट्रोलियम पदार्थको हिस्सा करिब १७ प्रतिशत भएकाले मुद्रास्फीति तथा आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम देखिएको हो । नेपालको कुल आयातमध्ये करिब १७ प्रतिशत पेट्रोलियम पदार्थको छ । कुल आयातको करिब ६५ प्रतिशत हिस्सा भारतबाट हुने गर्छ ...
। यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ । विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट रु ...
— रूपन्देही प्रशासनले उपभोक्ताको बढी गुनासो आउने गरेको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका क्षेत्रमा सरोकारवाला निकायहरूसहितको सहभागितामा संयुक्त अनुगमनलाई तीव्रता दिएको छ । इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख श्रीनाथ पौडेलले उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो आएपछि संयुक्त अनुगमन कार्यलाई तीव्र पारिएको बताए । उनका अनुसार सोमबारदेखि ग्यास अभावलाई मध्यनजर राख्दै संयुक्त बजार ...
— तरकारी उत्पादनमा प्रविधिको प्रयोग गर्दै आय आर्जन बढाउन सहयोग पुर्‍याउन १० जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ जितपुरद्वारा सहकारीमा आधारित कृषकद्वारा गरिने चकलाबन्दी कार्यक्रमअन्तर्गत मिनिटिलर प्रदान गरिएको हो । कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख राकेश ओझाले बुद्धभूमि नगरपालिका–१० मा रहेको धनकौली कृषि सहकारी संस्थाका अध्यक्ष ...