मुख्य समाचार
कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरे
कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरे

: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। दक्षिण कोरियाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल 'डीपोर्ट' गरिएको स्रोतले बताएको छ।


स्रोतका अनुसार निष्काशन गरिनेहरूमा लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार गरी नेपाल फिर्ता पठाइएको थियो।

उनीहरूलाई थाइ एयरवेज, कोरियन एयरलायन्स र क्याथे प्यासफिक एयरलायन्सबाट नेपाल फिर्ता पठाइएको थियो। 'दक्षिण कोरियाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डीपोर्ट गरिएको छ। दुई दिन लगाएर उनीहरूलाई फिर्ता पठाइएको छ,' स्रोतले अन्नपूर्णसँग भन्यो।



पछिल्लो समय दक्षिण कोरिया सरकारले त्यहाँका विदेशी कामदारहरूको निगरानी गर्दै आएको छ। अध्यागमन कानुन विपरीत विदेशी कामदारहरू प्रवेश हुने क्रम नरोकिएपछि दक्षिण कोरिया सरकारले कडाइ गरेको हो। इपीएसमार्फत दक्षिण कोरियामा हजारौं नेपाली कामदार कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कतारमा तीन नेपाली नागरिकले आजीवन कैद सजाय भोगिरहेका छन्। उनीहरूलाई ‘अन्तर्राष्ट्रिय हत्या’मा संलग्न भएको ठहर गर्दै कतारको अदालतले आजीवन कैद सजाय सुनाएको हो। एकभन्दा बढी देशसँग जोडिएको घटनालाई कतारले अन्तर्राष्ट्रिय हत्याको रूपमा लिने गरेको छ। कतारी निकायबाट प्राप्त विवरणअनुसार नेपाली नागरिक कार्की, श्रेष्ठ र उरुवालाई आजीवन कैद सजाय सुनाइएको हो। कार्की र श्रेष्ठ भने ५ ...
: साउदीस्थित नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई हुण्डी कारोबारमा संलग्न नहुन आग्रह गरेको छ। दूतावासले विज्ञप्ति जारी गरेर 'नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रुपमा विप्रेषणको काम कारोबार 'हुण्डी' गरेको वा सङ्कलित रकम नेपाल नपठाएको' गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यममार्फत पठाउनुपर्ने नीतिगत व्यवस्था ...
: अमेरिकी अध्यागमनले एकैपटक ७५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका उनीहरूलाई बिहीबार अपरान्ह काठमाडौं ल्याइपुर्‍याएको हो। उनीहरू ओमनी इन्टरनेशन एयरको विमानबाट काठमाडौं उत्रिएका हुन्। अमेरिकी सरकारले निष्कासित भएका ७५ जनालाई विमान चार्टर्ड गरेर काठमाडौं पठाएको हो। अमेरिकाको अध्यागमनले उनीहरूलाई विभिन्न समयमा पक्राउ गरेको थियो। निष्काशन गर्ने तयारी भएपछि अमेरिकी अध्यागमनले ...
। नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग गरेको छ । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कात्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ...
। भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको शव नेपाल ल्याउने ...