मुख्य समाचार
श्रीलंकामा नयाँ सरकार गठन, राष्ट्रपति दिसानायकेले राखे रक्षा र अर्थ मन्त्रालय आफ्नै मातहत
श्रीलंकामा नयाँ सरकार गठन, राष्ट्रपति दिसानायकेले राखे रक्षा र अर्थ मन्त्रालय आफ्नै मातहत

: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्।


गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका छन्। डा. हरिनीले प्रधानमन्त्रीको सपथ ग्रहण गरेसँगै अन्य मन्त्रीहरुले पनि सपथ ग्रहण गरेका छन्।

दिसानायकेले निर्धारित समयभन्दा करिब १० महिना अगावै चुनाव गराउने र आफ्नो एजेन्डाका लागि विधायिकाको समर्थन सुरक्षित गर्ने निर्णयका लागि जनादेश प्राप्त गर्दै नेसनल पिपुल्स पावर (एनपीपी) ले २२५ सदस्यीय विधानसभामा १५९ सिट जितेको थियो ।



सन् १९७८ को संविधानले श्रीलंकामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेयता कुनै पनि दलले दुई तिहाइभन्दा बढी बहुमतसहित सबैभन्दा धेरै सीट ल्याएको छ ।

‘यो पूर्ण शक्तिले हामीलाई पूर्ण रूपमा भ्रष्ट नबनाओस् भनेर हामीले सुनिश्चित गर्नुपर्छ,’राष्ट्रिय टेलिभिजनमा प्रसारण गरिएको एक समारोहमा उनले भने, ‘हामीलाई दिइएको यो विशाल शक्तिलाई लामो समयदेखि आर्थिक र राजनीतिक रुपमा उत्पीडनमा परेका जनताको आकाङ्क्षा पूरा गर्न जिम्मेवारीका साथ प्रयोग गर्नुपर्छ।’

नयाँ सरकारले बिहीबारका लागि संसदको पहिलो बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...