मुख्य समाचार
अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा जम्मा गर्‍यो एक अर्ब रुपैयाँ
अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा जम्मा गर्‍यो एक अर्ब रुपैयाँ

: अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ। मंगलबार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जानकारी गराएको हो।


गत असोज दोस्रो हप्ता गएको बाढी पहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएपछि मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो।

बैठकले मन्त्रिपरिषदका सबै सदस्यहरूको एक महिना बरारको पारिश्रमिक बाढी पहिरो प्रभावितो तत्काल उद्धार तथा राहतका लागि विपद् व्यवस्थान कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।



कोषमा जम्मा भएको रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४, अनुसार खर्च गरिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सप्तरीको राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा २० प्रतिशत पनि राजस्व उठाउन सकेको छैन । कूल ८ करोड १७ लाख १५ हजार रुपैयाँ वार्षिक लक्ष्य लिएको भन्सारले असोजसम्म १८.५१ प्रतिशत मात्र राजस्व उठाएको हो । मासिक लक्ष्यअनुसार साउनमा ५९.९० र भदौमा ५९.३ प्रतिशत मात्र राजस्व उठेको छ भने असोजमा वृद्धि भइ १०३.४४ प्रतिशत ...
। तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ । सोमबार लक्ष्मी पुजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुमा किसानले एकसाता अगाडि ३०० रुपैयाँ प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज ७०० रुपैयाँमा बिक्री गरेका ...
। नेपाल राष्ट्र बैंकले आइतबारसम्म ४ सय १० किलो चाँदी बेचेको छ । केन्द्रीय बैंकले पछिल्लो समय तिहार लक्षित चाँदीका सिक्का मार्फत उक्त परिमाणको चाँदी बिक्री गरेको हो । सुनको मूल्य र आपूर्तिका कारण केन्द्रीय बैंकले यसपालि सुनका असर्फी सर्वसाधारणलाई बिक्री गरेन । केन्द्रीय बैंकले सुनका असर्फी नयाँ नछापेका कारण सर्वसाधारणलाई बिक्री नगरेको जनाएको छ । राष्ट्र बैंकको ...
: कञ्चनपुरमा यस वर्षको धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित सूचना अनुसार मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार जिल्लामा समर्थन मूल्य निर्धारण गरिएको ...
। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैङ्कले ...