मुख्य समाचार
ठूला प्रविधि कम्पनीलाई चुनौती दिने र मस्कलाई सघाउने ट्रम्पका प्रस्तावित सञ्चार आयुक्तको संकेत
ठूला प्रविधि कम्पनीलाई चुनौती दिने र मस्कलाई सघाउने ट्रम्पका प्रस्तावित सञ्चार आयुक्तको संकेत

— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् ।


लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का अनन्य मित्र, धनाढ्य इलन मस्कलाई भने अझै सहज हुने विज्ञहरूको अनुमान छ ।


एफसीसी भनिने अमेरिकाको संघीय सञ्चार आयोगले टेलिभिजन, रेडियोलगायतका प्रसारण संस्था, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकसँगै स्याटेलाइटमा आधारित सञ्चारको नियमन गर्ने निकाय हो । अबको ठ्याक्कै दुई महिनापछि ह्वाइटहाउस प्रवेश गर्ने ट्रम्पले एफसीसीको प्रमुखमा कारलाई नियुक्त गर्ने घोषणा गरेका हुन् । सन् २०१७ यता सोही आयोगको पाँच सदस्यीय आयुक्तमध्ये एक रहँदै आएका कार ठूला प्रविधि कम्पनी र तिनले मिलेमतोमा गर्ने भनिएको दक्षीणपन्थी विचारहरूको सेन्सरको कटु आलोचक रहँदै आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित ट्रम्पभन्दा चर्को शैलीमा ठूला प्रसारक संस्था र सामाजिक सञ्जाल कम्पनीमाथि प्रश्न गर्ने कार वरिष्ठ रिपब्लिकन पनि हुन् । उनले रिपब्लिकन पार्टीले रुचाउने शैलीमा टेलिकम र सञ्चार क्षेत्रमा नीतिहरू अघि बढाउने ट्रम्पको दस्तावेजमै उल्लेख गरेका छन् । सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उनले भनेका छन्, 'संचार क्षेत्रमा कायम सेन्सरसीप नामक कार्टेल र मिलेमतोलाई भत्काउन र सर्वसाधारण अमेरिकीहरूको अभिव्यक्ति स्वतन्त्रतालाई पुनर्स्थापित गर्न जरूरी छ ।' उनले आफ्नो नेतृत्वमा आयोगले अहिले रहेको डीईआईए भनिने विविधता, समता, समावेशिता र पहुँचसम्बन्धी नीतिको पनि अन्त्य गरिने घोषणा गरेका छन् ।

ट्रम्प निर्वाचित हुनेबित्तिकै गरेको पोस्टमा कारले सत्ता परिवर्तन भएपछि ठूला प्रसारण संस्थाहरूले जनचासो, राष्ट्रिय सुरक्षा र आर्थिक वृद्धिका साथै कानुनको पालनामा सघाउने गरी काम गर्ने बताएका थिए । ट्रम्पले उनलाई बारम्बार 'अभिव्यक्ति स्वतन्त्रताका लडाकु' भनेर प्रसंशा गर्ने गरेका छन् । उनले सार्वजनिक रूपमै एबीसी, सीबीएसजस्ता प्रसारण संस्थाको अनुमति पत्र खारेजी गरिनुपर्ने माग गर्ने गरेका छन् । ट्रम्पकै शैलीमा सञ्चार माध्यमको निष्पक्षतामा प्रश्न गर्ने कारले आफू पदमा पुग्दा ठूला प्रविधि कम्पनीको पारदर्शितासमेत सुनिश्चित गरिने बताउँदै आएका छन् ।

ITPF
Sunrise bank

अर्बपति इलन मस्कसँग नजिकको मित्रता रहेका उनले इलनका कतिपय कामको प्रवर्द्धनमा समेत सघाउने गरेका छन् । उनको नेतृत्वमा मस्कका स्टारलिंकजस्ता प्रविधि कम्पनीहरूलाई अझै सजिलो हुने विश्लेषकहरूको दाबी छ । वाल स्ट्रिट जर्नलमा केही समयअघि लेखेको एक लेखमा कारले मस्कको कम्पनीलाई अमेरिकाको दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्‍याउन आफ्नो आयोगले दिने भनिएको झन्डै ९ अर्ब डलरको अनुदान रोक्ने कदमको आलोचना गरेका थिए ।

ट्रम्पको 'परियोजना २०२५' दस्तावेजमा कारले लेखेको अंशमा अमेरिकाको संघीय कानुनको सेक्सन २३० लाई उल्ट्याउनुपर्ने वकालत गरिएको छ । यो सेक्सनले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्ना प्रयोगकर्ताहरूले पोस्ट गरेको कन्टेन्टका लागि जिम्मेवार नबनाइने व्यवस्था गरिएको छ ।



अमेरिकी राष्ट्रपतीय चुनावलगायत अन्य समयमा पनि ठूला प्रसारण संस्था र सामाजिक सञ्जाल कम्पनीले दक्षिणपन्थी विचारलाई अनावश्यक सेन्सर गर्ने र निष्पक्ष स्थान नदिने भन्दै आएका कारको नियुक्तिले अमेरिकाका सञ्चार माध्यम, ठूला प्रविधि कम्पनी र ट्रम्प प्रशासनबीचको तनाव अझै बढ्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...