मुख्य समाचार
ठूला प्रविधि कम्पनीलाई चुनौती दिने र मस्कलाई सघाउने ट्रम्पका प्रस्तावित सञ्चार आयुक्तको संकेत
ठूला प्रविधि कम्पनीलाई चुनौती दिने र मस्कलाई सघाउने ट्रम्पका प्रस्तावित सञ्चार आयुक्तको संकेत

— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् ।


लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का अनन्य मित्र, धनाढ्य इलन मस्कलाई भने अझै सहज हुने विज्ञहरूको अनुमान छ ।


एफसीसी भनिने अमेरिकाको संघीय सञ्चार आयोगले टेलिभिजन, रेडियोलगायतका प्रसारण संस्था, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकसँगै स्याटेलाइटमा आधारित सञ्चारको नियमन गर्ने निकाय हो । अबको ठ्याक्कै दुई महिनापछि ह्वाइटहाउस प्रवेश गर्ने ट्रम्पले एफसीसीको प्रमुखमा कारलाई नियुक्त गर्ने घोषणा गरेका हुन् । सन् २०१७ यता सोही आयोगको पाँच सदस्यीय आयुक्तमध्ये एक रहँदै आएका कार ठूला प्रविधि कम्पनी र तिनले मिलेमतोमा गर्ने भनिएको दक्षीणपन्थी विचारहरूको सेन्सरको कटु आलोचक रहँदै आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित ट्रम्पभन्दा चर्को शैलीमा ठूला प्रसारक संस्था र सामाजिक सञ्जाल कम्पनीमाथि प्रश्न गर्ने कार वरिष्ठ रिपब्लिकन पनि हुन् । उनले रिपब्लिकन पार्टीले रुचाउने शैलीमा टेलिकम र सञ्चार क्षेत्रमा नीतिहरू अघि बढाउने ट्रम्पको दस्तावेजमै उल्लेख गरेका छन् । सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उनले भनेका छन्, 'संचार क्षेत्रमा कायम सेन्सरसीप नामक कार्टेल र मिलेमतोलाई भत्काउन र सर्वसाधारण अमेरिकीहरूको अभिव्यक्ति स्वतन्त्रतालाई पुनर्स्थापित गर्न जरूरी छ ।' उनले आफ्नो नेतृत्वमा आयोगले अहिले रहेको डीईआईए भनिने विविधता, समता, समावेशिता र पहुँचसम्बन्धी नीतिको पनि अन्त्य गरिने घोषणा गरेका छन् ।

ट्रम्प निर्वाचित हुनेबित्तिकै गरेको पोस्टमा कारले सत्ता परिवर्तन भएपछि ठूला प्रसारण संस्थाहरूले जनचासो, राष्ट्रिय सुरक्षा र आर्थिक वृद्धिका साथै कानुनको पालनामा सघाउने गरी काम गर्ने बताएका थिए । ट्रम्पले उनलाई बारम्बार 'अभिव्यक्ति स्वतन्त्रताका लडाकु' भनेर प्रसंशा गर्ने गरेका छन् । उनले सार्वजनिक रूपमै एबीसी, सीबीएसजस्ता प्रसारण संस्थाको अनुमति पत्र खारेजी गरिनुपर्ने माग गर्ने गरेका छन् । ट्रम्पकै शैलीमा सञ्चार माध्यमको निष्पक्षतामा प्रश्न गर्ने कारले आफू पदमा पुग्दा ठूला प्रविधि कम्पनीको पारदर्शितासमेत सुनिश्चित गरिने बताउँदै आएका छन् ।

ITPF
Sunrise bank

अर्बपति इलन मस्कसँग नजिकको मित्रता रहेका उनले इलनका कतिपय कामको प्रवर्द्धनमा समेत सघाउने गरेका छन् । उनको नेतृत्वमा मस्कका स्टारलिंकजस्ता प्रविधि कम्पनीहरूलाई अझै सजिलो हुने विश्लेषकहरूको दाबी छ । वाल स्ट्रिट जर्नलमा केही समयअघि लेखेको एक लेखमा कारले मस्कको कम्पनीलाई अमेरिकाको दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्‍याउन आफ्नो आयोगले दिने भनिएको झन्डै ९ अर्ब डलरको अनुदान रोक्ने कदमको आलोचना गरेका थिए ।

ट्रम्पको 'परियोजना २०२५' दस्तावेजमा कारले लेखेको अंशमा अमेरिकाको संघीय कानुनको सेक्सन २३० लाई उल्ट्याउनुपर्ने वकालत गरिएको छ । यो सेक्सनले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्ना प्रयोगकर्ताहरूले पोस्ट गरेको कन्टेन्टका लागि जिम्मेवार नबनाइने व्यवस्था गरिएको छ ।



अमेरिकी राष्ट्रपतीय चुनावलगायत अन्य समयमा पनि ठूला प्रसारण संस्था र सामाजिक सञ्जाल कम्पनीले दक्षिणपन्थी विचारलाई अनावश्यक सेन्सर गर्ने र निष्पक्ष स्थान नदिने भन्दै आएका कारको नियुक्तिले अमेरिकाका सञ्चार माध्यम, ठूला प्रविधि कम्पनी र ट्रम्प प्रशासनबीचको तनाव अझै बढ्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम