मुख्य समाचार
दरबारमार्गमा ६ अर्ब लागतको २५ तले अन्नपूर्ण स्क्वायर बन्दै
दरबारमार्गमा ६ अर्ब लागतको २५ तले अन्नपूर्ण स्क्वायर बन्दै

— दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण थालिएको छ । यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा स्क्वायर निर्माण थालेको हो । एक विशेष समारोहबीच सोमबार यसको भूमिपूजा गरियो ।


सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा स्क्वायर निर्माण थालिएको उद्यमी मीनबहादुर गुरुङले बताए । उनी भाटभटेनी सुपरमार्केटका अध्यक्ष पनि हुन् । ‘भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको छ,’ उनले भने, ‘दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएका छौं । ०८५ वैशाख १ देखि होटल सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ ।’


नौ लाख स्क्वायर फिट क्षेत्रफलमा रहने होटलमा ४० अपार्टमेन्ट हुनेछन् । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहने जनाइएको छ । कम्तीमा ६ अर्ब रुपैयाँ लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउने गुरुङले जनाए । ‘अहिले पुराना संरचना भत्काइरहेका छौं, नगरपालिकाले जति छिटो अनुमति दिन्छ, हामीले त्यति नै छिटो निर्माण थाल्छौं,’ उनले भने ।

साढे तीन सय कोठा रहने यो होटल नेपालकै गौरव गर्न सक्ने संरचनाका रूपमा निर्माण गर्न लागिएको भए पनि मूल्य भने ‘रिजनेवल’ हुने गुरुङले बताए । ‘होटल र आर्केड निर्माण हुन्छ । होटल अलग्गै र आर्केड अलग्गै हुन्छ,’ गुरुङले भने, ‘२५ सय, २ हजार र १५ सय क्षमताका ब्यांक्वेट हल तीन वटा हुनेछन् ।’

आर्केड डेढ वर्ष र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि गुरुङले जनाए । ‘नेपालमा पनि केही हुन सक्छ भन्ने सन्देश जाओस् भनेर निर्माण थालेका हौं,’ उनले भने, ‘तीन वटा समूह मिलेर निर्माण थालेका हौं । व्यवस्थापन आईटीसीको वेलकम ब्रान्डलाई दिएका छौं । सबै व्यवस्थापन उसैले हेर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिएको बताएका छन् । सिंहदरवारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लले मुलुकका अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिएको बताएका हुन् । केहि बर्षमा नेपालीको प्रतिव्यक्ति आय ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले बजेट तयारीको काम भइरहेका बेला सांसदहरुको अनौपचारिक रुपमा भेटघाट बाक्लो भइरहेको बताएका छन् । संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अहिले बजेट तयारीको काम भइरहेको हुँदा पनि धेरै सांसदहरुले नीतिगतभन्दा पनि बजेटकै विषयलाई लिएर आइरहेको बताएका छन् । उनले सांसदहरुले बजेटको विषयलाई चासो दिएर ...
: सरकारले चालु आवको हालसम्म ५८ प्रतिशत बजेट खर्च गरेको छ । संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा चालु आवको बजेट १९ खर्ब ६४ अर्ब रहेकोमा जसमा ११ खर्ब ७७ अर्ब चालु खर्च रहेको जनाइएको छ । जसमा ६३ प्रतिशत खर्च भइसकेको जनाइएको छ । पूँजीगत खर्च सात खर्ब नौं अर्वमा हालसम्म २६ प्रतिशत ...
। आगामी बजेटबाट न्यूनतम आयकरको सीमा १० लाख कायम गर्न नेपाल उद्योग परिसंघ (सीएनआई)ले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । हाल न्यूनतम आयकरको सीमा अविवाहित व्यक्तिका हकमा ५ लाख र विवाहितको हकमा वार्षिक ६ लाखको सीमा कायम छ । परिसंघले यहीं सीमा बढाएर १० लाख बनाउन भनेको हो । न्यून आय भएका धेरै सर्वसाधारणलाई लाभ पुग्नेगरी ...
: नवलपरासीमा रहेका छोटी भन्सार कार्यालय पुनर्स्थापना नहुँदा राजस्व संकलन प्रभावित हुँदै आएको छ । पछिल्लो समय सरकारले एक सय रुपैंयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य महसुल कार्यान्वयमा कडाइ गरेपछि मूल भन्सार बाहेकका नाकाबाट भित्रिने सामानको राजस्व संकलनमा समस्या भएको हो । द्वन्द्वकालअघि जिल्लामा महेशपुरसहित चार वटा छोटी भन्सार कार्यालय सञ्चालनमा थिए । भारतीय सीमावर्तीका प्रमुख ...