मुख्य समाचार
विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च
विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च

— विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च ९० हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ । यसलाई बिटक्वाइनको ऐतिहासिक उपलब्धिका रूपमा विश्लेषण गरिएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएयता बिटक्वाइन मात्रै होइन, डजक्वाइन, इथेरियमलगायत क्रिप्टोकरेन्सीको मूल्य ह्वात्तै बढेको छ ।


क्रिप्टोकरेन्सीको यस्तो चामत्कारिक वृद्धिका पछाडि पछिल्लो अमेरिकी राजनीतिक र आर्थिक घटनाक्रमहरूले भूमिका खेलेका छन् । विशेषगरी ट्रम्पको जित र इलन मस्कको समर्थनले बिटक्वाइनसहितका क्रिप्टो मुद्राको मूल्य अकासिएका हुन् । ट्रम्पले क्रिप्टोकरेन्सीमैत्री नीति अपनाउने र अमेरिकालाई ‘पृथ्वीकै क्रिप्टोकरेन्सीको राजधानी’ बनाउने वाचा गर्दै आएका छन् । कुनै बेला क्रिप्टोप्रति शंकालु ट्रम्प अहिले आफैं यसका लगानीकर्ता बनेका छन् । उनले चुनावी अभियानका बेला क्रिप्टोमा चन्दा स्विकारेका थिए ।


टेस्ला र स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले पनि बिटक्वाइनको सार्वजनिक समर्थन गर्दै आएका छन् । टेस्लाले बिटक्वाइनमा गरेको ठूलो लगानीले बजारमा सकारात्मक प्रभाव पार्ने गरेको छ । मस्कका ट्विट र सार्वजनिक अभिव्यक्ति पनि प्रायः बिटक्वाइनको मूल्यमा तात्कालिक वृद्धिको कारण बन्ने गरेका छन् ।

विश्वका सयभन्दा धेरै देशले बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीहरूमा सीमित मात्रामा कारोबार गर्न दिएका छन् भने अन्यले पूर्ण रूपमा यसलाई प्रतिबन्ध लगाएका छन् । अमेरिका, क्यानडा, युरोपेली संघ, सिंगापुर, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशमा क्रिप्टोकरेन्सीले कानुनी मान्यता पाएका छन् । चीन, पाकिस्तान, साउदी अरेबिया र ट्युनिसियाले क्रिप्टोमा कारोबार गर्न नपाउने गरी कडा प्रतिबन्ध लगाएका छन् । नेपालमा पनि क्रिप्टोकरेन्सी प्रतिबन्धित छ ।

अलजजिराको विश्लेषणअनुसार पछिल्ला चार वर्षमा बिटक्वाइनको मूल्य उल्लेख्य रूपमा फेरबदल हुँदै आएको छ । आर्थिक गतिविधि, बजारको मनोविज्ञान र नियमनका कारण बिटक्वाइनको मूल्य कहिले माथि त कहिले


स्वाट्टै तल झर्ने गरेको छ । सन् २०२० को मार्चमा विश्व बजार कोभिड महामारीसँग जुधिरहेका बेला बिटक्वानको मूल्य ५ हजार डलरमा झरेको थियो । त्यसको केही समयपछि सन् २०२१ को नोभेम्बरमा बिटक्वाइन त्यो बेलासम्मको सबैभन्दा उच्च मूल्य ६९ हजार डलरमा पुगेको थियो ।

सन् २००९ मा सतोसी नाकातो भन्नेले एक अवधारणापत्रबाट बिटक्वाइन सुरु गरेका थिए । त्यो बेला यो सानो र प्रभावविहीन डिजिटल मुद्रा मात्र थियो । यसले सन् २०१३ मा १ हजार अमेरिकी डलरको मूल्य पार गरेर पहिलो पटक विश्वबजारको ध्यान आकर्षित गरेको थियो । तर बिटक्वाइनको यात्रामा स्थिरता कायम रहेको छैन । यसको मूल्यले पटक–पटक चरम उचाइ र गिरावट झेल्ने गरेको छ ।



बिटक्वाइनको भविष्य अहिलेलाई सकारात्मक देखिए पनि अनिश्चितता उत्तिकै छन् । विश्लेषकहरूले बिटक्वाइनको अहिलेको उछाल एक लाख डलरभन्दा माथि पुग्न सक्ने सम्भावना रहेको बताउँदै आएका छन् । संस्थागत लगानीको बढ्दो आकर्षण र अनुकूल नियामक विकासहरूले थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । तर बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीलाई लिएर अमेरिका सकारात्मक भए पनि अन्य देशहरूको नियामकीय नियन्त्रणका कारण यसको विस्तारलाई असर गर्ने सम्भावना छ ।

बिटक्वाइनका लागि इथेरियम, सोलाना र कार्डानो जस्ता नयाँ प्रतिस्पर्धीहरूले बजार हिस्सामा चुनौती प्रस्तुत गरिरहेका छन् । ट्रम्प र मस्क जस्ता प्रभावशाली लगानीकर्ताका कारण अहिले बिटक्वानले नयाँ उचाइ कायम गरे पनि यसको आगामी यात्रा अझै पनि अनिश्चितता र प्रतिस्पर्धाले भरिएको छ । क्रिप्टोकरेन्सीबारे अन्य प्रभावशाली व्यक्तिहरूको विचार फरक–फरक छ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले बिटक्वाइनलाई ‘प्रविधिको अद्भुत नमुना’ भन्ने गरेका छन् ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिएको बताएका छन् । सिंहदरवारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लले मुलुकका अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिएको बताएका हुन् । केहि बर्षमा नेपालीको प्रतिव्यक्ति आय ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले बजेट तयारीको काम भइरहेका बेला सांसदहरुको अनौपचारिक रुपमा भेटघाट बाक्लो भइरहेको बताएका छन् । संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अहिले बजेट तयारीको काम भइरहेको हुँदा पनि धेरै सांसदहरुले नीतिगतभन्दा पनि बजेटकै विषयलाई लिएर आइरहेको बताएका छन् । उनले सांसदहरुले बजेटको विषयलाई चासो दिएर ...
: सरकारले चालु आवको हालसम्म ५८ प्रतिशत बजेट खर्च गरेको छ । संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा चालु आवको बजेट १९ खर्ब ६४ अर्ब रहेकोमा जसमा ११ खर्ब ७७ अर्ब चालु खर्च रहेको जनाइएको छ । जसमा ६३ प्रतिशत खर्च भइसकेको जनाइएको छ । पूँजीगत खर्च सात खर्ब नौं अर्वमा हालसम्म २६ प्रतिशत ...
। आगामी बजेटबाट न्यूनतम आयकरको सीमा १० लाख कायम गर्न नेपाल उद्योग परिसंघ (सीएनआई)ले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । हाल न्यूनतम आयकरको सीमा अविवाहित व्यक्तिका हकमा ५ लाख र विवाहितको हकमा वार्षिक ६ लाखको सीमा कायम छ । परिसंघले यहीं सीमा बढाएर १० लाख बनाउन भनेको हो । न्यून आय भएका धेरै सर्वसाधारणलाई लाभ पुग्नेगरी ...
: नवलपरासीमा रहेका छोटी भन्सार कार्यालय पुनर्स्थापना नहुँदा राजस्व संकलन प्रभावित हुँदै आएको छ । पछिल्लो समय सरकारले एक सय रुपैंयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य महसुल कार्यान्वयमा कडाइ गरेपछि मूल भन्सार बाहेकका नाकाबाट भित्रिने सामानको राजस्व संकलनमा समस्या भएको हो । द्वन्द्वकालअघि जिल्लामा महेशपुरसहित चार वटा छोटी भन्सार कार्यालय सञ्चालनमा थिए । भारतीय सीमावर्तीका प्रमुख ...