मुख्य समाचार
अमरासुरियालाई देशको प्रधानमन्त्रीमा पुनः नियुक्त
अमरासुरियालाई देशको प्रधानमन्त्रीमा पुनः नियुक्त

— श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शिक्षाविद् हरिनी अमरासुरियालाई देशको प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका छन् । दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) पार्टी गत साता भएको संसदीय चुनावमा विजयी भएको थियो । उनले २१ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।


नवगठित मन्त्रीपरिसद्का सदस्यहरूले सोमबार राष्ट्रपति दिसानायकेसमक्ष शपथ लिएका छन् । दिसानायकले गत सेप्टेम्बर २१ मा भएको चुनावमा राष्ट्रपति निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले अमरसुरियाको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।

सोमबार गठित नयाँ मन्त्रीपरिषद्‌मा नोभेम्बर १४ को संसदीय चुनावमा निर्वाचित एनपीपीका १ सय ५९ सांसदमध्येबाट मन्त्री चयन गरिएको हो । श्रीलंकामा समानुपातिक प्रतिनिधित्वको प्रणाली लागु भएपछि संसदमा कुनै राजनीतिक पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेको यो पहिलो पटक हो ।

नवनियुक्त प्रधानमन्त्री अमरसुरियाले शिक्षा र व्यावसायिक तालिम मन्त्रालय सम्हाल्ने जनाइएको छ । अर्थ मन्त्रालयका जिम्मेवारी भने दिसानायकेले नै सम्हालेका छन् । विजिता हेराथ विदेश मामिला, विदेश रोजगार र पर्यटन मन्त्री बनेका छन् । त्यस्तै, आनन्द विजेपालाले जनसुरक्षा र संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएका छन् । विमल रथ्नायकेलाई यातायत, राजमार्ग, बन्दरगाह तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

नयाँ मन्त्रीमण्डललाई सम्बोधन गर्दै राष्ट्रपति दिसानायकले श्रीलंकाको राजनीतिक र आर्थिक मार्ग परिवर्तन गर्न जनताले सेप्टेम्बर र नोभेम्बरमा लगातार दुईपटक एनपीपीलाई मतदान गरेको बताएका छन् । जनताले एनपीपीलाई विश्वास गरेको जनाउँदै उनले जनताको सरकारको रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम