मुख्य समाचार
अमरासुरियालाई देशको प्रधानमन्त्रीमा पुनः नियुक्त
अमरासुरियालाई देशको प्रधानमन्त्रीमा पुनः नियुक्त

— श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शिक्षाविद् हरिनी अमरासुरियालाई देशको प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका छन् । दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) पार्टी गत साता भएको संसदीय चुनावमा विजयी भएको थियो । उनले २१ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।


नवगठित मन्त्रीपरिसद्का सदस्यहरूले सोमबार राष्ट्रपति दिसानायकेसमक्ष शपथ लिएका छन् । दिसानायकले गत सेप्टेम्बर २१ मा भएको चुनावमा राष्ट्रपति निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले अमरसुरियाको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।

सोमबार गठित नयाँ मन्त्रीपरिषद्‌मा नोभेम्बर १४ को संसदीय चुनावमा निर्वाचित एनपीपीका १ सय ५९ सांसदमध्येबाट मन्त्री चयन गरिएको हो । श्रीलंकामा समानुपातिक प्रतिनिधित्वको प्रणाली लागु भएपछि संसदमा कुनै राजनीतिक पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेको यो पहिलो पटक हो ।

नवनियुक्त प्रधानमन्त्री अमरसुरियाले शिक्षा र व्यावसायिक तालिम मन्त्रालय सम्हाल्ने जनाइएको छ । अर्थ मन्त्रालयका जिम्मेवारी भने दिसानायकेले नै सम्हालेका छन् । विजिता हेराथ विदेश मामिला, विदेश रोजगार र पर्यटन मन्त्री बनेका छन् । त्यस्तै, आनन्द विजेपालाले जनसुरक्षा र संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएका छन् । विमल रथ्नायकेलाई यातायत, राजमार्ग, बन्दरगाह तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

नयाँ मन्त्रीमण्डललाई सम्बोधन गर्दै राष्ट्रपति दिसानायकले श्रीलंकाको राजनीतिक र आर्थिक मार्ग परिवर्तन गर्न जनताले सेप्टेम्बर र नोभेम्बरमा लगातार दुईपटक एनपीपीलाई मतदान गरेको बताएका छन् । जनताले एनपीपीलाई विश्वास गरेको जनाउँदै उनले जनताको सरकारको रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...