मुख्य समाचार
अमेरिकाप्रति आभार व्यक्त गर्दै जेलेन्स्कीले भने–आक्रमण शब्दले गर्दैनन्
अमेरिकाप्रति आभार व्यक्त गर्दै जेलेन्स्कीले भने–आक्रमण शब्दले गर्दैनन्

। अमेरिकाले युक्रेनलाई रुसी सीमाभित्र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको छ । अमेरिकाको यो निर्णयप्रति युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आभार प्रकट गरेका छन् ।

अमेरिकी निर्णयप्रति आभार प्रकट गर्न जेलेन्स्कीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ,’हामीलाई हवाई रक्षा प्रणालीमा सहयोग गर्ने हाम्रा साझेदारहरूप्रति म आभारी छु।’


उनले साझेदारहरूबाट अझै आवश्यक सुविधा नपाएको तर लक्ष्य प्राप्तिको लागि निरन्तर काम गरिरहेको बताए ।

जेलेन्स्कीले युक्रेनलाई बलियो बनाउन तयार बनाएको ‘विजय योजना’ मा लामो दूरीमा आक्रमण गर्ने क्षमता अभिवृद्धि पनि समावेश थियो ।


‘हामीले स्वीकृति पाएका छौं भनेर मिडियामा धेरै कुराहरू भएका छन्, तर आक्रमणहरू शब्दले गर्दैनन् । यी कुराहरू घोषणा गरिएको छैन। क्षेप्यास्त्रहरू आफैं बोल्नेछन्,’ उनले आभार प्रकटसँगै असन्तुष्टि पनि पोखेका छन् ।

यसअघि जेलेन्स्कीले रुस-युक्रेन द्वन्द्व अन्त्यका लागि देशको संसदमा ‘विजय योजना’ प्रस्तुत गरेका थिए ।

‘विजयी योजना’ मा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) मा सामेल हुन औपचारिक निमन्त्रणा र रूसभित्र लामो दूरीको हमलाहरू सम्बन्धमा सहयोगीहरू विरुद्ध प्रतिबन्धहरू हटाउने विषयहरू समावेश थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम