मुख्य समाचार
‘पुष्पा २’ को ट्रेलरलाई एक घण्टामै हिन्दीमा ४.३ मिलियन र तेलुगुमा ५.६६ मिलियन भ्युज
‘पुष्पा २’ को ट्रेलरलाई एक घण्टामै हिन्दीमा ४.३ मिलियन र तेलुगुमा ५.६६ मिलियन भ्युज

। ‘पुष्पा २ : द रुल’ले यतिबेला इन्टरनेट प्लाटफर्ममा उछाल ल्याएको छ । नेपाल सीमावर्ती भारतीय राज्य विहारको गान्धी मैदानमा आइतबार बेलुका निर्माताले फिल्मको बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरे ।

युट्युब र सामाजिक सञ्जालका प्लाटफर्ममा अपलोड गरेपछि यसले इन्टरनेटमा आँधी ल्यायो । रिलिजको एक घण्टाभित्रै लाखौं भ्युज सिर्जना भए । मिथ्री मुभी मेकर्सको युट्यब च्यानलमा ट्रेलर रिलिजको एक घण्टामै यसले ४.३ मिलियन भ्युज प्राप्त गर्‍यो ।

ट्रेलरको हिन्दी संस्करणले एक घण्टाभित्रै २९ लाख भ्युज प्राप्त गर्‍यो । हिन्दीमा अहिलेसम्म ट्रेलरलाई ३ करोड २० लाख पटक हेरिएको छ । तेलुगु संस्करणलाई एक घण्टाभित्र ५.६६ मिलियन भ्युज प्राप्त भएको छ । तेलुगु संस्करणमा अहिलेसम्म ४ करोड ३० लाख पटक हेरिएको छ ।

निर्माताले तमिल, बंगाली, कन्नडा र मलायलम संस्करणमा पनि ट्रेलर रिलिज गरिसकेका छन् । फिल्ममा अल्लु अर्जुनले पुष्पराज, रश्मिका मन्दानाले श्रीवल्लभी र फहद फासिलले भंवर सिंह शेखावतको भूमिकामा पुनरागमन गरेका छन् । ट्रेलरको प्रतिक्रिया हेर्दा लाग्छ, ‘पुष्प २’ को ट्रेलर फ्यानका लागि कुनै उत्सवजस्तै हो ।

सुकुमार निर्देशित ‘पुष्पा २’ डिसेम्बर ५ मा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...