मुख्य समाचार
‘पुष्पा २’ को ट्रेलरलाई एक घण्टामै हिन्दीमा ४.३ मिलियन र तेलुगुमा ५.६६ मिलियन भ्युज
‘पुष्पा २’ को ट्रेलरलाई एक घण्टामै हिन्दीमा ४.३ मिलियन र तेलुगुमा ५.६६ मिलियन भ्युज

। ‘पुष्पा २ : द रुल’ले यतिबेला इन्टरनेट प्लाटफर्ममा उछाल ल्याएको छ । नेपाल सीमावर्ती भारतीय राज्य विहारको गान्धी मैदानमा आइतबार बेलुका निर्माताले फिल्मको बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरे ।

युट्युब र सामाजिक सञ्जालका प्लाटफर्ममा अपलोड गरेपछि यसले इन्टरनेटमा आँधी ल्यायो । रिलिजको एक घण्टाभित्रै लाखौं भ्युज सिर्जना भए । मिथ्री मुभी मेकर्सको युट्यब च्यानलमा ट्रेलर रिलिजको एक घण्टामै यसले ४.३ मिलियन भ्युज प्राप्त गर्‍यो ।

ट्रेलरको हिन्दी संस्करणले एक घण्टाभित्रै २९ लाख भ्युज प्राप्त गर्‍यो । हिन्दीमा अहिलेसम्म ट्रेलरलाई ३ करोड २० लाख पटक हेरिएको छ । तेलुगु संस्करणलाई एक घण्टाभित्र ५.६६ मिलियन भ्युज प्राप्त भएको छ । तेलुगु संस्करणमा अहिलेसम्म ४ करोड ३० लाख पटक हेरिएको छ ।

निर्माताले तमिल, बंगाली, कन्नडा र मलायलम संस्करणमा पनि ट्रेलर रिलिज गरिसकेका छन् । फिल्ममा अल्लु अर्जुनले पुष्पराज, रश्मिका मन्दानाले श्रीवल्लभी र फहद फासिलले भंवर सिंह शेखावतको भूमिकामा पुनरागमन गरेका छन् । ट्रेलरको प्रतिक्रिया हेर्दा लाग्छ, ‘पुष्प २’ को ट्रेलर फ्यानका लागि कुनै उत्सवजस्तै हो ।

सुकुमार निर्देशित ‘पुष्पा २’ डिसेम्बर ५ मा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...