मुख्य समाचार
मिस युनिभर्सको उपाधि डेनमार्कलाई
मिस युनिभर्सको उपाधि डेनमार्कलाई

। यस वर्षका ठूला सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थिति कमजोर देखिएको छ । मिस अर्थ र मिस इन्टरनेसनलमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिनुपर्‍यो । नेपाली समयानुसार आइतबार बिहानको मिस युनिभर्सको प्रतिस्पर्धामा पनि नेपालले ठोस उपलब्धि हासिल गर्न सकेन । अन्तिम ३० मा नेपालले स्थान बनाउन सकेन ।

मेक्सिको सिटीमा आयोजित भव्य ग्राण्ड फिनालेमा डेनमार्ककी भिक्टोरिया जैरले ताज चुम्दा नेपालको प्रतिनिधित्व गरेकी सम्पदा घिमिरे सुरुवाती चरणबाटै बाहिरिइन् । नाइजेरिया फस्ट रनरअप, मेक्सिको सेकेन्ड रनरअप, थाइल्याण्ड थर्ड रनरअप र भेनेजुएला फोर्थ रनरअप घोषित भए । नेपालको राष्ट्रिय गाउन प्रस्तुत गर्ने र परिचय राउण्ड बाहेक नेपालले अघिल्ला चरणबाट आफूलाई उभ्याउन सकेन ।


ग्लोबल ग्ल्यामर भेन्चरले मिस युनिभर्स नेपालको स्वामित्व लिएपछि पहिलोपटक प्रतिनिधि पठाएको हो ।

को हुन् भिक्टोरिया जैर ?


डेनमार्कको राजधानी क्षेत्रको ग्रिब्स्कोभ, सोबोर्गमा सन् २००४ मा जन्मेकी भिक्टोरिया कोपेनहेगनमा हुर्केकी थिइन् । उनले व्यापार र मार्केटिङमा स्नातक डिग्री हासिल गरेकी छन् ।

पेशेवर नर्तकको रूपमा उनले प्रशंसा जितेकी छन् । उनको अबको लक्ष्य एक वकील बन्ने हो । यसबाहेक उनी नियमित रूपमा मानसिक स्वास्थ्य समर्थनको लागि वकालत गर्छिन् । उनी पशु अधिकारका मुद्दालाई पनि समर्थन गर्छिन् र सौन्दर्य उद्यमीको रूपमा काम गर्छिन् ।

उनको सौन्दर्य प्रतियोगिताको यात्रा ‘मिस डेनमार्क’ बाट सुरु भएको थियो । उनले सन् २०२२ मा मिस ग्रान्ड इन्टरनेसनलको टप २० मा प्रवेश गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिन् । गुडियासँग उनको शरीरको आकार मिल्दोजुल्दो भएका कारणले ‘ह्युमन बार्बी’ पनि भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...