मुख्य समाचार
बलिउड निर्देशक कबीर खानले ललितपुरमा निर्देशन कला सिकाउने
बलिउड निर्देशक कबीर खानले ललितपुरमा निर्देशन कला सिकाउने

। बलिउड निर्देशक कबीर खानले ललितपुरमा आयोजना हुने फिल्म साउथ एसियामा फिल्म निर्देशनबारेको कार्यशाला सञ्चालन गर्ने भएका छन् । ६ मंसिर बिहीबारदेखि ९ मंसिर आइतबारसम्म ललितपुरको यलमाया केन्द्रमा महोत्सव हुँदैछ ।

निर्देशक खान चर्चित बलिउड फिल्महरु ‘चन्दु च्याम्पियन’, ‘फ्यान्टम’, ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’, ‘काबुल एक्सप्रेस’, ८३’ जस्ता फिल्मका लागि परिचित छन् । उनको नयाँ फिल्म ‘द डिप्लोम्याट’ सन् २०२५ मा प्रदर्शन तयारीमा छ ।

महोत्सवको ओपनिङ फिल्मको रुपमा भुटानी डकुमेन्ट्री ‘एजेन्ट अफ ह्यापिनेस’ छ । अरुण भट्टराई र डोरोत्या जुर्बो निर्देशित यो वृत्तचित्रले भुटानको ग्रस नेसनल ह्यापिनेसको सूचकांकाबारे भन्छ । यो फिल्मले दुई सरकारी अधिकारीलाई पछ्याउँछ, जब उनीहरूले नागरिकलाई उनीहरूको खुसीको बारेमा सोध्छन् र जीवनको उद्देश्यको खोजी गर्छन् ।

क्लोजिङ फिल्मको रुपमा सौनक सेनको ‘अल द्याट ब्रिथ्स’ छ । नेपालसहित दक्षिण एसियाली मुलुकका छोटा फिल्म र डकुमेन्ट्री महोत्सवमा प्रदर्शन हुने हिमाल साउथ एसियाका प्रमुख कनकमणि दीक्षितले जनाए ।




यसअघि विभिन्न नेपाली महोत्सवमा प्रदर्शनमा आइसकेका छोटो नेपाली पनि दर्शकले फिल्म साउथ एसियामा हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो । बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै ...
अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो । कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते । समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, ...
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...