मुख्य समाचार
भुटान सरकारले बेच्यो १३ अर्बको बिटक्वाइन
भुटान सरकारले बेच्यो १३ अर्बको बिटक्वाइन

। भुटानको सरकारले १० कराेड अमेरिकी डलर (करिब १३ अर्ब ५० कराेड रुपैयाँबराबर) को बिटक्वाइन बेचेको छ । भुटानको सरकारी कम्पनी ड्रुक होल्डिङ एन्ड इन्भेष्टमेन्टले हालै दुईपटक गरेर यति मूल्यका बिटक्वाइन विक्री गरेको ब्लकचेन एनालिटिक्स फर्म अर्खाम इन्टेलिजेन्सलाई उद्धृत गर्दै याहु फाइनान्सले उल्लेख गरेको छ ।

भुटानको शाही सरकारले प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बिनान्स’ मार्फत् प्रतिबिटक्वाइन ९० हजार डलरका दरले बिहीबार बिहान ३६७ वटा बिटक्वाइन बिक्री गरेको र त्यसबापत ३ करोड ३५ लाख डलर बराबरको बेचेको हो ।

अर्खाम इन्टेलिजेन्सका अनुसार सो दिन बिटक्वाइनको मूल्य ९० हजार डलरभन्दा माथिको इन्ट्राडे उच्च विन्दुमा पुगेर ८७ हजार डलरमा फर्कनुअघि उक्त कारोबार भएको हो ।

पछिल्ला केही हप्ताहरूमा भुटानले बिक्री गरेको यो दोस्रो उच्च मूल्य हो । त्यसअघि गत साता उसले ६ करोड ६० लाख डलर (८ अर्ब ९१ करोड रुपैयाँ) को बिटक्वाइन ७० हजार डलरका दरले बिक्री गरेको थियो ।


भुटानसँग अझै १ अर्ब १० करोड डलर अर्थात् १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको १२ हजार २ सय ६ वटा बिटक्वाइनहरू छन् ।

भुटानसँग प्रचुर मात्रामा जलविद्युत रहेकाले उसले त्यसलाई बिटक्वाइन माइनिङमा लगाएको सञ्चारमाध्यहरूले जनाएका छन् ।

संयुक्त राज्य अमेरिका, चीन, बेलायत र युक्रेनपछि भुटान धेरै बिटक्वाइन भएका देशहरूमा विश्वकै पाँचौं स्थानमा पर्छ । अन्य राष्ट्रहरूले पनि हालको बुल बजारबाट फाइदा लिइरहेका छन् ।

एल साल्भाडोर बिटक्वाइनलाई टेन्डरको रूपमा स्वीकृत गर्ने पहिलो देशहरू मध्ये एक हो । यसले बिटक्वाइनको वृद्धिलाई आफ्नो राष्ट्रिय ऋणको बोझ हटाउने र योजनाबद्ध बिटक्वाइन सिटी जस्ता महत्वाकांक्षी परियोजनाहरूमा लगानी गर्ने अवसरको रूपमा प्रयोग गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...