मुख्य समाचार
स्वास्थ्य बीमाबाट ५ लाखसम्मको उपचार खर्च व्यहोर्ने स्वास्थ्य मन्त्रालयको योजना
स्वास्थ्य बीमाबाट ५ लाखसम्मको उपचार खर्च व्यहोर्ने स्वास्थ्य मन्त्रालयको योजना

। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा गर्ने व्यक्तिले उपचार सुविधा पाउने रकम एक लाखबाट बढाएर पाँच लाख पुर्‍याउने महत्वाकांक्षी योजना अगाडि सारेको छ ।

हाल कार्यान्वयनमा रहेको एक लाख रुपैयाँको स्वास्थ्य बीमाले धेरै नागरिकलाई राहत दिए पनि यो रकम अपर्याप्त रहेको मन्त्रालयले निश्कर्ष निकालेको छ । विशेष गरी मिर्गौला, मुटु, कलेजो, फोक्सो र मस्तिष्कघात जस्ता गम्भीर रोगको उपचारका लागि यो रकम न्यून भएको गुनासो आइरहेको थियो ।


बीमितलाई ५ लाखसम्मको उपचार सुविधा दिन स्रोत व्यवस्थापनका लागि मन्त्रालयले विभिन्न उपायहरू प्रस्ताव गरेको छ ।

संघीय, प्रदेश र स्थानीय सरकारले स्वास्थ्य सेवामा खर्च गर्ने वार्षिक ३१ अर्ब रुपैयाँ बीमा कोषमा समावेश गर्ने, सरकारी तथा गैरसरकारी कर्मचारीको तलबको २ प्रतिशत बीमा कोषमा जम्मा गर्ने, स्वास्थ्य कर दोब्बर गर्ने र विद्युत शुल्कको १ प्रतिशत बीमा कोषमा समावेश गर्ने योजना रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।



राज्यले लिने करको ०.५ प्रतिशत बीमा कोषमा हाल्नुपर्ने र डिजल, पेट्रोल, ग्याँसबाट बूढीगण्डकी आयोजनामा दिएको पैसालाई बन्द गरेर बीमा कोषमा लैजानुपर्ने मन्त्री पौडेलको भनाइ छ ।

यस्तै हाल बीमितले आफ्नो उपचार खर्च बापत १० प्रतिशत आफैं तिर्नुपर्ने (को–पेमेन्ट प्रणाली) मा पनि परिवर्तन गरिने छ । हाल एक लाख रुपैयाँमा १० प्रतिशत (१० हजार) तिर्नुपर्ने व्यवस्थालाई पाँच लाखमा ७ प्रतिशत (३५ हजार) मा परिवर्तन गर्ने योजना रहेको मन्त्री पौडेलले सुनाए ।

मन्त्रालयले नक्कली बीमा दाबी रोक्न कडा कानुनी व्यवस्था गर्न लागेको छ । बीमा ऐनमा संशोधन गरी नक्कली दाबी गर्ने कर्मचारीलाई बर्खास्त गर्ने र सम्बन्धित अस्पतालको सम्झौता खारेज हुनेसम्मको व्यवस्था गर्ने मन्त्रालयको तयारी छ ।

साथै बीमा र निजी खर्चमा उपचार गराउने बिरामीबीच हुने विभेद अन्त्य गर्न सबै नागरिकको उपचार बीमामार्फत मात्र गर्ने नीति लिइने मन्त्री पौडेलले अनलाइनखबरलाई बताए ।

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयमा दैनिक दर्जनौं बिरामीका आफन्तहरू उपचार खर्चको लागि सहयोग माग्न आउने र सांसदहरुले समेत आफ्नो क्षेत्रका बिरामीहरूको उपचारका लागि सहयोग माग्ने गरेको भयावह अवस्था रहेको बताए ।

‘यस्तो भयावह अवस्थामा राज्यले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन नसक्ने भएकाले स्वास्थ्य बीमा नै एकमात्र विकल्पक हो,’ मन्त्री पौडेलले अनलाइनखबरसँग भने ।

यो योजना प्रधानमन्त्री केपी शर्मा ओलीसँग समक्ष प्रस्तुत गरिएको र डा. शम्भु आचार्यको नेतृत्वमा गठित समितिको प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरी अनुमोदन गराएर कार्यान्वयन गरिने मन्त्री पौडेलले बताए ।

सन् २०२३ पछि बीमा बोर्डलाई सरकारले तिर्नुपर्ने १७ अर्ब रुपैयाँ बक्यौता रहेको छ । मुख्यतया बीमामा स्रोत सुनिश्चित चुनौती रहेको औल्याउँदै सरकारले यसको जिम्मेवारी वहन गर्नुपर्ने उनको धारणा छ ।

साथै बीमामा देखिएको नक्कली भुक्तानी दाबी रोक्न बीमा ऐनमा संशोधन गरी कडा कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता छ ।

विश्वमा कुनै पनि देशमा नागरिकको योगदान बिना स्वास्थ्य बीमा प्रणाली सफल नभएको उदाहरण छ ।

‘विश्वमा कुनै पनि देशमा नागरिकको योगदान बिना स्वास्थ्य बीमा प्रणाली सफल भएको छैन’, मन्त्री पौडेलले भने, ‘बीमामा पाँच लाखको कार्यान्वयन गर्न सकिएमा यो एक क्रान्तिकारी कदम हुनेछ र समाजवाद स्थापनाको दिशामा महत्वपूर्ण योगदान पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...