मुख्य समाचार
बाइडेनसँगको भेटमा सी जिनपिङले भने- ट्रम्पसँग मिलेर काम गर्छौं
बाइडेनसँगको भेटमा सी जिनपिङले भने- ट्रम्पसँग मिलेर काम गर्छौं

। चिनियाँ राष्ट्रपति सी जिनपिङ र जो बाइडेनले शनिबार पेरुमा भएको वार्षिक एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा एक अर्कासँग भेटवार्ता गरेका छन् ।

वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पछिल्लो भेटमा सीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर काम गर्ने कुरा उल्लेख गरेको बीबीसी हिन्दीले जनाएको छ ।




भेटमा सी जिनपिङले बाइडेनको कार्यकालमा अमेरिका र चीनबीचको सम्बन्धमा आएको उतारचढावलाई पनि स्वीकार गर्दै व्यापार र ताइवानसँग सम्बन्धी मुद्दाहरूमा तनाव कम गर्न पनि छलफल गरेका थिए।

यता विश्लेषकहरूले भने अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पको कार्यकाल सुरु भएपछि चीन र अमेरिकाबीचको तनाव बढ्न सक्ने अनुमान गरेका छन् ।




ट्रम्पले चिनियाँ आयातमा ६० प्रतिशतसम्म कर बढाउने बताएका छन् । आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले चीनलाई अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तिब्बती बौद्ध धर्म गुरु दलाई लामाले उनको मृत्युपछि पनि उत्तराधिकारी तोकिने बताएकोमा चीनले आपत्ति जनाएको छ । भारतमा निर्वासनमा रहेका दलाई लामाको उक्त भनाइपछि चिनियाँ विदेश मन्त्रालयले लामाको पुनर्जन्मका लागि चीन सरकारको अनुमति आवश्यक रहेको प्रतिक्रिया दिएको हो । साथै चीनले दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा चिनियाँ कानून र नियमहरुका साथै धार्मिक अनुष्ठान एवं ऐतिहासिक ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन्। यस सम्झौता अन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउने छ। ट्रम्पले सामाजिक सञ्जालमा यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क नलगाउने भनेका छन्। यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो। यो जुलाईको ...
: भारतको हिमाचल प्रदेशमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन्। हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको र ३४ जना बेपत्ता रहेको जनाएका छन्। डीसी राणाले भने, 'हिमाचल प्रदेशमा जुन १९ मा ...
संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौता
: दुई हप्तामा जापानको दुर्गम र कम जनसंख्या भएका टापुमा ९०० भन्दा बढी पटक भूकम्पको महसुस गरिएको छ। यसले गर्दा यस क्षेत्रका मानिस चिन्तित र रातभर सुत्न सकेका छैनन्। बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि अधिकारीहरूले जुन २१ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पीय गतिविधि धेरै सक्रिय रहेको बताएका छन्। अधिकारीहरूले कतैबाट कुनै क्षतिको समाचार नआएको र ...