मुख्य समाचार
इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुखसहित तीन जना मारिए
इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुखसहित तीन जना मारिए

। लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुखसहित तीन जना मारिएका छन् ।

बेरुतस्थित सिरियाको बाथ पार्टीको कार्यालयमा निशाना बनाएर इजरायलले गरेको हवाई हमलाबाट हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिमसहितका तीन जना मारिएका स्थानीय टिभी च्यानल अल जदिदले जनाएको छ ।


इजरायली लडाकु विमानले रस अल नबा क्षेत्रर सोडेको स्क्वायर कमर्सियल सेन्टरको बीचमा पर्ने कार्यालयमा आक्रमण गरेको थियो । आक्रमण अघि इजरायलले पार्टी कार्यालय खालि गर्न भनेको थियो ।

समाचार एजेन्सी सिन्हुवाले बेरुतको टिभी च्यानल अल जदिदलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार आक्रमणबाट पार्टी कार्यालय बसेको भवनको अधिकांश हिस्सा नष्ट भएको छ । भग्नावशेष हटाउँदै पीडितहरुलाई उद्धार गर्ने उद्देश्यले एम्बुलेन्सहरु तैनाथ गरिएको थियो ।


इजरायली सेनाले सन् २०२४ को सेप्टेम्बर २३ देखि हिजबुल्लाहविरुद्ध लक्षित गर्दै लेबनानमा हवाई आक्रमण तीव्र पारेको छ । अक्टुबरको सुरुदेखि इजरायलले आफ्नो उत्तरी सिमानातर्फको लेबनानको भूमिमा जमिनबाटै प्रहार गर्दै आएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ४५० भन्दा बढी पुगेको छ भने १४ हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...