मुख्य समाचार
इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुखसहित तीन जना मारिए
इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुखसहित तीन जना मारिए

। लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुखसहित तीन जना मारिएका छन् ।

बेरुतस्थित सिरियाको बाथ पार्टीको कार्यालयमा निशाना बनाएर इजरायलले गरेको हवाई हमलाबाट हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिमसहितका तीन जना मारिएका स्थानीय टिभी च्यानल अल जदिदले जनाएको छ ।


इजरायली लडाकु विमानले रस अल नबा क्षेत्रर सोडेको स्क्वायर कमर्सियल सेन्टरको बीचमा पर्ने कार्यालयमा आक्रमण गरेको थियो । आक्रमण अघि इजरायलले पार्टी कार्यालय खालि गर्न भनेको थियो ।

समाचार एजेन्सी सिन्हुवाले बेरुतको टिभी च्यानल अल जदिदलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार आक्रमणबाट पार्टी कार्यालय बसेको भवनको अधिकांश हिस्सा नष्ट भएको छ । भग्नावशेष हटाउँदै पीडितहरुलाई उद्धार गर्ने उद्देश्यले एम्बुलेन्सहरु तैनाथ गरिएको थियो ।


इजरायली सेनाले सन् २०२४ को सेप्टेम्बर २३ देखि हिजबुल्लाहविरुद्ध लक्षित गर्दै लेबनानमा हवाई आक्रमण तीव्र पारेको छ । अक्टुबरको सुरुदेखि इजरायलले आफ्नो उत्तरी सिमानातर्फको लेबनानको भूमिमा जमिनबाटै प्रहार गर्दै आएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ४५० भन्दा बढी पुगेको छ भने १४ हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, ...
। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ । यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ । बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ ...
। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको ...
: कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक ...
। अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । ...