मुख्य समाचार
फ्रान्सले इटालीलाई ३-१ गोलअन्तरले हराए
फ्रान्सले इटालीलाई ३-१ गोलअन्तरले हराए

। यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत भएको खेलमा फ्रान्सले जित निकालेको छ । लिग ए समूह २ अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले इटालीलाई ३-१ गोलअन्तरले हराएको हो ।

फ्रान्सको जितमा आड्रियन राबियटले दुई गोल गरे भने लुकास डिग्नेको फ्रिकिक प्रहार गोलरक्षकको हातमा लाग्दा आत्मघाती गोल मानिएको थियो । आन्द्रिया कामबियासोले इटालीका लागि एकमात्र गोल गरे ।


खेलको दोस्रो मिनेटमा नै राबियटले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । लुकास डिग्नेले कर्नरबाट उपलब्ध गराएको बललाई राबियटले हेडिङ गोल गरेका थिए ।

३३औं मिनेटमा डिग्नेकै शानदार फ्रिकिक प्रहार क्रसबारबाट गोलरक्षक भिकारियोको हातमा लागेर गोल भएपछि फ्रान्सले २-० को अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि फेडेरिको डिमार्कोले उपलब्ध गराएको बलमा कामबियासोले गोल गर्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरे ।


दोस्रो हाफको ६५औं मिनेटमा पुन: डिग्नेकै फ्रिकिकमा राबियटले हेडिङ गर्दै फ्रान्सको ३-१ को जित पक्का गरे ।

यस जितसँगै फ्रान्स ६ खेलमा १३ अंकसहित समूहविजेता बनेको छ । समान अंक भएको इटाली गोलअन्तरमा पछाडि छ ।

दुवै टोली यसअघि नै क्‍वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...