मुख्य समाचार
नर्वेले कजाकस्तानलाई ५-० को फराकिलो अन्तरले हराए
नर्वेले कजाकस्तानलाई ५-० को फराकिलो अन्तरले हराए

। युवा खेलाडी एर्लिङ हालान्डको ह्याट्रिक मद्दतले नर्वेले यूईएफए नेसन्स लिग फुटबलमा फराकिलो जित हासिल गरेको छ ।

लिग बी समूह ३ अन्तर्गत भएको खेलमा नर्वेले कजाकस्तानलाई ५-० को फराकिलो अन्तरले हराएको हो । नर्वेको जितमा हालान्डले ह्याट्रिक गर्दा एलेजेण्डर सोर्लोथ र एन्टोनियो नुसाले एक/एक गोल गरे ।


खेलको २३औं मिनेटमा हालान्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ३७औं मिनेटमा हालान्डले नै दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ४१औं मिनेटमा सोर्लोथले गोल गरेपछि नर्वेले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

दोस्रो हाफको ७१औं मिनेटमा हालान्डले ह्‍याट्रिक पूरा गर्दै टोलीको अग्रता अझ फराकिलो बनाए । त्यस्तै ७६औं मिनेटमा नुसाले गोल गर्दै नर्वेको ५-० को जित सुनिश्चित गरे ।




२४ वर्षीय हालान्डले राष्ट्रिय टोलीका लागि चौथो ह्याट्रिक गरेका हुन् । योसँगै समग्रमा उनले आफ्नो करियरमा २५ ह्याट्रिक गरेका छन् ।

यस जितसँगै नर्वे ६ खेलमा १३ अंकसहित समूहविजेता बनेको छ । ६ खेलमा एक बराबरी मात्र गरेको काजकस्तान १ अंक मात्र जोड्दै पुछारमा रह्यो ।

नेसन्स लिगका अन्य खेलहरूमा इंग्ल्यान्डले आयरल्यान्डलाई ५-० ले हराउँदा बेल्जियम इजरायलसँग १-० ले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...