मुख्य समाचार
नर्वेले कजाकस्तानलाई ५-० को फराकिलो अन्तरले हराए
नर्वेले कजाकस्तानलाई ५-० को फराकिलो अन्तरले हराए

। युवा खेलाडी एर्लिङ हालान्डको ह्याट्रिक मद्दतले नर्वेले यूईएफए नेसन्स लिग फुटबलमा फराकिलो जित हासिल गरेको छ ।

लिग बी समूह ३ अन्तर्गत भएको खेलमा नर्वेले कजाकस्तानलाई ५-० को फराकिलो अन्तरले हराएको हो । नर्वेको जितमा हालान्डले ह्याट्रिक गर्दा एलेजेण्डर सोर्लोथ र एन्टोनियो नुसाले एक/एक गोल गरे ।


खेलको २३औं मिनेटमा हालान्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ३७औं मिनेटमा हालान्डले नै दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ४१औं मिनेटमा सोर्लोथले गोल गरेपछि नर्वेले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

दोस्रो हाफको ७१औं मिनेटमा हालान्डले ह्‍याट्रिक पूरा गर्दै टोलीको अग्रता अझ फराकिलो बनाए । त्यस्तै ७६औं मिनेटमा नुसाले गोल गर्दै नर्वेको ५-० को जित सुनिश्चित गरे ।




२४ वर्षीय हालान्डले राष्ट्रिय टोलीका लागि चौथो ह्याट्रिक गरेका हुन् । योसँगै समग्रमा उनले आफ्नो करियरमा २५ ह्याट्रिक गरेका छन् ।

यस जितसँगै नर्वे ६ खेलमा १३ अंकसहित समूहविजेता बनेको छ । ६ खेलमा एक बराबरी मात्र गरेको काजकस्तान १ अंक मात्र जोड्दै पुछारमा रह्यो ।

नेसन्स लिगका अन्य खेलहरूमा इंग्ल्यान्डले आयरल्यान्डलाई ५-० ले हराउँदा बेल्जियम इजरायलसँग १-० ले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...