मुख्य समाचार
इरानका सर्वोच्च नेता खामेनीले छोरालाई बनाए उत्तराधिकारी
इरानका सर्वोच्च नेता खामेनीले छोरालाई बनाए उत्तराधिकारी

। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले आफ्ना छोरा मोज्ताबा खामेनीलाई आफ्नो उत्तराधिकारी बनाएका छन् ।

५५ वर्षीय खामेनीले शारीरिक अस्वस्थताका कारण यो निर्णय लिएको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् । यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।




विभिन्न रिपोर्टका अनुसार इरानको एक्सपर्ट एसेम्बलीले सेप्टेम्बर २६ मा नै नयाँ सर्वोच्च नेता चयन गरेको थियो। खामेनी आफैंले सभाका ६० सदस्यलाई बोलाएर उत्तराधिकारीको बारेमा गोप्य रूपमा निर्णय गर्न भनेका थिए। सभाले मुज्ताबाको नाम सर्वसम्मतिले पारित गरेको थियो ।

आफ्नो बुबा जस्तै मुज्तबा इस्लामिक मामिलामा जानकार मानिन्छन्। उनी पहिलो पटक सन् २००९ मा चर्चामा आएका थिए । उनले इरानमा भएको विरोध प्रदर्शनलाई दबाउन कठोर रुपले प्रस्तुत हुँदा धेरै व्यक्तिको मृत्यु समेत भएको थियो । त्यसपछि राष्ट्रपतिको चुनावमा कट्टरपन्थी नेता महमूद अहमदिनेजादले सुधारवादी नेता मीर हुसेन मौसावीलाई हराएका थिए ।




सुधारवादी नेताहरुले निर्वाचनमा व्यापक अनियमितता भएको दाबी गरेका छन् । त्यसपछि लाखौं मानिस सडकमा निस्किए । यसलाई ‘इरानी हरित आन्दोलन’ नाम दिइएको थियो। यो दुई वर्षसम्म चल्यो, तर इरानी सरकारले बल प्रयोग गरेर यसलाई दबाएको थियो। यसको पछाडि मुजताबा खामेनीको दिमाग रहेको बताइएको छ ।

मुज्तबालाई सर्वोच्च नेता बनाउने तयारी २ वर्षदेखि चलिरहेको बताइन्छ । मुज्तबा कुनै पनि सरकारी पदमा नभएपनि महत्वपूर्ण निर्णयमा भने उनको सहभागिता निरन्तर बढेको देखिएको छ ।

उनलाई एक रहस्यमय व्यक्ति भनेर पनि भन्ने गरिन्छ । उनी आफ्नो बुबा जस्तै सार्वजनिक भाषण पनि दिँदैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तिब्बती बौद्ध धर्म गुरु दलाई लामाले उनको मृत्युपछि पनि उत्तराधिकारी तोकिने बताएकोमा चीनले आपत्ति जनाएको छ । भारतमा निर्वासनमा रहेका दलाई लामाको उक्त भनाइपछि चिनियाँ विदेश मन्त्रालयले लामाको पुनर्जन्मका लागि चीन सरकारको अनुमति आवश्यक रहेको प्रतिक्रिया दिएको हो । साथै चीनले दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा चिनियाँ कानून र नियमहरुका साथै धार्मिक अनुष्ठान एवं ऐतिहासिक ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन्। यस सम्झौता अन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउने छ। ट्रम्पले सामाजिक सञ्जालमा यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क नलगाउने भनेका छन्। यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो। यो जुलाईको ...
: भारतको हिमाचल प्रदेशमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन्। हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको र ३४ जना बेपत्ता रहेको जनाएका छन्। डीसी राणाले भने, 'हिमाचल प्रदेशमा जुन १९ मा ...
संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौता
: दुई हप्तामा जापानको दुर्गम र कम जनसंख्या भएका टापुमा ९०० भन्दा बढी पटक भूकम्पको महसुस गरिएको छ। यसले गर्दा यस क्षेत्रका मानिस चिन्तित र रातभर सुत्न सकेका छैनन्। बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि अधिकारीहरूले जुन २१ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पीय गतिविधि धेरै सक्रिय रहेको बताएका छन्। अधिकारीहरूले कतैबाट कुनै क्षतिको समाचार नआएको र ...