मुख्य समाचार
युक्रेनी राष्ट्रपतिले भने–रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहन्छु
युक्रेनी राष्ट्रपतिले भने–रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहन्छु

। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहेको बताएका छन् ।

युक्रेनको रेडियो आउटलेट सस्पिल्नेसँगको कुराकानीमा जेलेन्स्कीले यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर सक्दो प्रयास गर्नुपर्ने बताएका छन् । ‘हामीले कूटनीतिक माध्यमबाट युद्ध अन्त्य गर्नुपर्छ, यो धेरै महत्वपूर्ण छ,’ उनले भनेका छन् ।




अमेरिकाको राष्ट्रपति पद डोनाल्ड ट्रम्पले सम्हालेपछि रुस–युक्रेन युद्ध समाप्त हुने उनको विश्वास छ ।

ट्रम्प राष्ट्रपति चुनिएपछि आफूले उनीसँग युद्ध अन्त्यबारे कुरा गरेको जानकारीसमेत उनले बताएका छन् । ट्रम्पले चुनावी अभियानको बेला रुस–युक्रेन युद्ध एकैदिनमा समाप्त पारिदिने अभिव्यक्ति दिएको स्मरण गर्दै जेलेन्स्कीले त्यो अभिव्यक्ति ट्रम्पले पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए ।




उनले भनेका छन्– यो निश्चित छ कि ट्रम्पले जुन नीति लिएका छन्, त्यसबाट युद्ध छिटै समाप्त हुनेछ । युद्ध अन्त्यको उनको आफ्नै तरिका छ । उनले आफ्ना नागरिकहरुसँग त्यो बाचा गरेकाले त्यसलाई पूरा पनि गर्ने विश्वास छ ।

रुससँगको लडाइँमा अमेरिकाले युक्रेनलाई सघाएको छ । जो बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली, ट्यांकदेखि गोलाबारुदसम्म सहयोग गरेको छ । यसै वर्षको सुरुवामा अमेरिकी संसदले ६१ बिलियन डलरको सैन्य सहायता प्याकेजलाई मन्जुरी दिएको थियो । अमेरिका युक्रेनको हतियारको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...