मुख्य समाचार
युक्रेनी राष्ट्रपतिले भने–रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहन्छु
युक्रेनी राष्ट्रपतिले भने–रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहन्छु

। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहेको बताएका छन् ।

युक्रेनको रेडियो आउटलेट सस्पिल्नेसँगको कुराकानीमा जेलेन्स्कीले यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर सक्दो प्रयास गर्नुपर्ने बताएका छन् । ‘हामीले कूटनीतिक माध्यमबाट युद्ध अन्त्य गर्नुपर्छ, यो धेरै महत्वपूर्ण छ,’ उनले भनेका छन् ।




अमेरिकाको राष्ट्रपति पद डोनाल्ड ट्रम्पले सम्हालेपछि रुस–युक्रेन युद्ध समाप्त हुने उनको विश्वास छ ।

ट्रम्प राष्ट्रपति चुनिएपछि आफूले उनीसँग युद्ध अन्त्यबारे कुरा गरेको जानकारीसमेत उनले बताएका छन् । ट्रम्पले चुनावी अभियानको बेला रुस–युक्रेन युद्ध एकैदिनमा समाप्त पारिदिने अभिव्यक्ति दिएको स्मरण गर्दै जेलेन्स्कीले त्यो अभिव्यक्ति ट्रम्पले पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए ।




उनले भनेका छन्– यो निश्चित छ कि ट्रम्पले जुन नीति लिएका छन्, त्यसबाट युद्ध छिटै समाप्त हुनेछ । युद्ध अन्त्यको उनको आफ्नै तरिका छ । उनले आफ्ना नागरिकहरुसँग त्यो बाचा गरेकाले त्यसलाई पूरा पनि गर्ने विश्वास छ ।

रुससँगको लडाइँमा अमेरिकाले युक्रेनलाई सघाएको छ । जो बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली, ट्यांकदेखि गोलाबारुदसम्म सहयोग गरेको छ । यसै वर्षको सुरुवामा अमेरिकी संसदले ६१ बिलियन डलरको सैन्य सहायता प्याकेजलाई मन्जुरी दिएको थियो । अमेरिका युक्रेनको हतियारको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तिब्बती बौद्ध धर्म गुरु दलाई लामाले उनको मृत्युपछि पनि उत्तराधिकारी तोकिने बताएकोमा चीनले आपत्ति जनाएको छ । भारतमा निर्वासनमा रहेका दलाई लामाको उक्त भनाइपछि चिनियाँ विदेश मन्त्रालयले लामाको पुनर्जन्मका लागि चीन सरकारको अनुमति आवश्यक रहेको प्रतिक्रिया दिएको हो । साथै चीनले दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा चिनियाँ कानून र नियमहरुका साथै धार्मिक अनुष्ठान एवं ऐतिहासिक ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन्। यस सम्झौता अन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउने छ। ट्रम्पले सामाजिक सञ्जालमा यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क नलगाउने भनेका छन्। यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो। यो जुलाईको ...
: भारतको हिमाचल प्रदेशमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन्। हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको र ३४ जना बेपत्ता रहेको जनाएका छन्। डीसी राणाले भने, 'हिमाचल प्रदेशमा जुन १९ मा ...
संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौता
: दुई हप्तामा जापानको दुर्गम र कम जनसंख्या भएका टापुमा ९०० भन्दा बढी पटक भूकम्पको महसुस गरिएको छ। यसले गर्दा यस क्षेत्रका मानिस चिन्तित र रातभर सुत्न सकेका छैनन्। बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि अधिकारीहरूले जुन २१ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पीय गतिविधि धेरै सक्रिय रहेको बताएका छन्। अधिकारीहरूले कतैबाट कुनै क्षतिको समाचार नआएको र ...