मुख्य समाचार
भारतले पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण
भारतले पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

— आणविक शक्ति सम्पन्न राष्ट्र भारतले पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि भारतले उच्च प्रविधियुक्त शक्तिशाली हतियार परीक्षण गरेको हो ।

नयाँ प्रविधिमा आधारित हाइपरसोनिक्स क्षेप्यास्त्र जमिनदेखि कम दूरीमा उड्ने भएकाले बलिस्टिक क्षेप्यास्त्रको तुलनामा प्रहार गरेको पत्ता लगाउन कठिन हुन्छ । त्यसका साथै, हाइपरसोनिक क्षेप्यास्त्रहरू लक्षित गरिएको स्थानसम्म छिटो पुग्न सक्छन् र मध्य उडानमा नै लक्ष्य परिवर्तन गर्न आदेश दिन सकिन्छ ।

यसअघि अमेरिका, रुस, चीन र उत्तर कोरियासले हाइपरसोनिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिसकेका छन् । अन्य केही देशले पनि यो प्रविधि विकसित गरिरहेका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतले नयाँ सफलताका हासिल गरेको जनाउँदै यसमा योगदान पुर्‍याउने टोलीको प्रशंसा गरेका छन् । 'भारतले लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको सफलतापूर्वक उडान परीक्षण गरेर ठूलो कोसेढुंगा हासिल गरेको छ,' सिंहले विज्ञप्तिमा भनेका छन् ।

भारतले परीक्षण गरेको हाइपरसोनिक क्षेप्यास्त्र शनिबार पूर्वी तटको अब्दुल कलाम टापुमा खसेको भारतको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले सार्वजनिक गरेको श्रव्यदृश्यमा देखिन्छ । 'यो ऐतिहासिक क्षण हो र यस्ता उपलब्धिले हाम्रो देशलाई यस्ता महत्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका राष्ट्रहरूको समूहमा राखेको छ,' सिंहले भनेका छन् ।

छिमेकी प्रतिद्वन्द्वी चीनले ‘जे–३५ए' लडाकू विमान र आक्रमणमणका लागि प्रयोग हुने गरिने अत्याधुनिक ड्रोनको प्रदर्शनसहित विस्तारित उड्डयन क्षमता प्रदर्शन गरेको केही दिनपछि भारतले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको हो । चीनको प्रदर्शनमा बलिस्टिक क्षेप्यास्त्र र हाइपरसोनिक 'ग्लाइड' क्षेप्यासत्र रोक्न बनाइएको 'एचक्यू-ज्१९' क्षेप्यास्त्र प्रणाली समावेश गरिएको थियो ।



नयाँ दिल्लीले हालैका वर्षहरूमा अमेरिका, जापान र अष्ट्रेलियासँग 'क्वाड' गठबन्धनसहित पश्चिमी देशहरूसँग रक्षा सहयोगलाई गहिरो बनाएको छ । अर्बौं डलरको सम्झौतालाई लिएर अमेरिकी प्रतिबन्धको चेतावनीका बावजुद रुसले 'एस–४००' क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलगायत रूसी सैन्य सामग्रीको पनि भारत प्रमुख क्रेता हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम