मुख्य समाचार
भारतले पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण
भारतले पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

— आणविक शक्ति सम्पन्न राष्ट्र भारतले पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि भारतले उच्च प्रविधियुक्त शक्तिशाली हतियार परीक्षण गरेको हो ।

नयाँ प्रविधिमा आधारित हाइपरसोनिक्स क्षेप्यास्त्र जमिनदेखि कम दूरीमा उड्ने भएकाले बलिस्टिक क्षेप्यास्त्रको तुलनामा प्रहार गरेको पत्ता लगाउन कठिन हुन्छ । त्यसका साथै, हाइपरसोनिक क्षेप्यास्त्रहरू लक्षित गरिएको स्थानसम्म छिटो पुग्न सक्छन् र मध्य उडानमा नै लक्ष्य परिवर्तन गर्न आदेश दिन सकिन्छ ।

यसअघि अमेरिका, रुस, चीन र उत्तर कोरियासले हाइपरसोनिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिसकेका छन् । अन्य केही देशले पनि यो प्रविधि विकसित गरिरहेका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतले नयाँ सफलताका हासिल गरेको जनाउँदै यसमा योगदान पुर्‍याउने टोलीको प्रशंसा गरेका छन् । 'भारतले लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको सफलतापूर्वक उडान परीक्षण गरेर ठूलो कोसेढुंगा हासिल गरेको छ,' सिंहले विज्ञप्तिमा भनेका छन् ।

भारतले परीक्षण गरेको हाइपरसोनिक क्षेप्यास्त्र शनिबार पूर्वी तटको अब्दुल कलाम टापुमा खसेको भारतको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले सार्वजनिक गरेको श्रव्यदृश्यमा देखिन्छ । 'यो ऐतिहासिक क्षण हो र यस्ता उपलब्धिले हाम्रो देशलाई यस्ता महत्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका राष्ट्रहरूको समूहमा राखेको छ,' सिंहले भनेका छन् ।

छिमेकी प्रतिद्वन्द्वी चीनले ‘जे–३५ए' लडाकू विमान र आक्रमणमणका लागि प्रयोग हुने गरिने अत्याधुनिक ड्रोनको प्रदर्शनसहित विस्तारित उड्डयन क्षमता प्रदर्शन गरेको केही दिनपछि भारतले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको हो । चीनको प्रदर्शनमा बलिस्टिक क्षेप्यास्त्र र हाइपरसोनिक 'ग्लाइड' क्षेप्यासत्र रोक्न बनाइएको 'एचक्यू-ज्१९' क्षेप्यास्त्र प्रणाली समावेश गरिएको थियो ।



नयाँ दिल्लीले हालैका वर्षहरूमा अमेरिका, जापान र अष्ट्रेलियासँग 'क्वाड' गठबन्धनसहित पश्चिमी देशहरूसँग रक्षा सहयोगलाई गहिरो बनाएको छ । अर्बौं डलरको सम्झौतालाई लिएर अमेरिकी प्रतिबन्धको चेतावनीका बावजुद रुसले 'एस–४००' क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलगायत रूसी सैन्य सामग्रीको पनि भारत प्रमुख क्रेता हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...