मुख्य समाचार
माथिल्लो तामाकोशी ६३ करोड नाफामा
माथिल्लो तामाकोशी ६३ करोड नाफामा

। माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले गत आर्थिक वर्ष असार मसान्तसम्म २ अर्ब ५६ करोड रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । त्यस्तै गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३६ प्रतिशत घटेको हो ।


कम्पनीको विद्युत् बिक्री आम्दानी घटेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा ३ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा चालु आवको पहिलो त्रैमासमा २ अर्ब ९३ करोड छ । ४५६ मेगावाटको आयोजनामा गत असोजको बाढीले असर पारेपछि विद्युत् उत्पादनमा आएको अवरोधले आम्दानी घटेको हो ।

समग्र ब्याजदर घट्दा कम्पनीको वित्तीय लागत घटेको छ । वित्तीय लागत गत आवको पहिलो त्रैमासमा १ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब २० करोड रुपैयाँ छ । वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ९८ पैसा छ ।

प्रतिसेयर नेटवर्थ जम्मा ६० रुपैयाँ ४२ पैसा छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१८ रुपैयाँ ५० पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अर्थ मन्त्रालयले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटीमा सहमति दिएको छ । अर्थले लगानी मोडालिटीमा सहमति दिएसँगै थप प्रक्रिया अघि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । धादिङ र गोरखामा निर्माण हुने बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) ...
— चोभार सुक्खा बन्दरगाहमा मात्रै ६ सय ५० युनिट विद्युतीय सवारी (ईभी) राखिएका छन् । रसुवा र सिन्धुपाल्चोकस्थित तातोपानी सुक्खा बन्दरगाहबाट जाँचपास गरिएका ईभी भाडा तिरेर चोभार सुक्खा बन्दरगाहमा राखिएका हुन् । बन्दरगाहमा राखिएका यी सवारीको प्रतिदिन १ सय २५ रुपैयाँ भाडा तिर्नुपर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘समितिले लजिस्टिक हबको अवधारणामा बनाएको संरचनामा ...
। चालु आर्थिक वर्ष २०८२/८३ को आधा समय घर्किंदा विकास खर्च १२ प्रतिशतमात्र भएको छ । यसले पुन: एक पटक राज्यको प्राथमिकता विकास निर्माणमा नभएको पुष्टि गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्म ४९ अर्ब ४२ करोड रुपैयाँमात्र विकास खर्च भएको छ । जुन वार्षिक लक्ष्यको १२.१२ प्रतिशत हो । यस वर्ष सरकारले गत ...
। चालु आर्थिक वर्षको प्रथम ६ महिना (साउन–पुस)सम्म पौने ६ खर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ । यसमा सबैभन्दा धेरै योगदान पुस महिनाको छ । अर्थ मन्त्रालयका अनुसार पुसमा मात्र १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । पुसमा मात्र १ खर्ब ९० अर्ब ७७ करोड राजस्व उठाउने लक्ष्य थियो। पुस ...
। हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना ...