मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटलाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटलाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गर्ने

— नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटलाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाली क्रिकेटको सबैभन्दा ठूलो इभेन्टका लागि शुक्रबार सिद्धार्थ बैंकलाई प्रमुख प्रायोजकको रूपमा भित्र्याएको घोषणा गरेको थियो ।


क्यान र सिद्धार्थ बैंकबीच ५ वर्षे सम्झौता भएको छ । सम्झौताअनुरुप एनपीएलको नाम अगाडि सिद्धार्थ बैंक थपिनेछ । क्यानका सचिव पारस खड्का, सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडिया र प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले सम्झौताको ब्यानर प्रदर्शन गरेका थिए ।

‘यो नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रायोजन सम्झौता हो,’ सम्झौताको आर्थिक पक्ष खुलाउन अस्वीकार गरे पनि क्यानका सचिव खड्काले पत्रकार सम्मेलनमा भने, ‘पाँचवर्षे सम्झौता भन्नुले नै धेरै कुरा बताउँछ ।’ कतार एयरवेजले दुई वर्षअघि सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबललाई वार्षिक १ लाख ५० हजार डलरको प्रायोजन गरेको थियो, जुन यसअघिको नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रायोजन सम्झौता हो ।

सीईओ कडेलले सिद्धार्थ बैंकअन्तर्गतका अन्य वित्तीय संस्था पनि एनपीएलसँगको यो सहकार्यमा समावेश रहेको जानकारी गराए । नेपाली खेलकुदको विकासका लागि सिद्धार्थ बैंक हातेमालो गर्न तयार रहेको जनाउँदै कडेलले एनपीएलले नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई राम्रो अवसर दिने विश्वास लिएको बताए ।

अध्यक्ष केडियाले भने, ‘नेपाली क्रिकेटको विकास जसरी भइरहेको छ, त्यसमा हाम्रो ध्यान गएको छ । नेपाली क्रिकेटलाई अझ राम्रो गर्न हामी एनपीएलमार्फत जोडिएका छौं ।’ प्रायोजकहरू नतिजामुखी भए पनि सिद्धार्थ बैंक क्रिकेटकै कारण आएको सचिव खड्काले जनाए ।

एनपीएल स्टार स्पोर्ट्समा

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले देखाउने भएको छ । क्यान सचिव खड्काका अनुसार त्यसका लागि स्टार स्पोर्ट्स नेटवर्कसँग ‘ब्रोडकास्ट पार्टनर’ को रूपमा सम्झौता भइसकेको र यो नेपाली क्रिकेटको सवैभन्दा ठूलो सफलतामध्ये एक रहेको बताए ।

‘स्टार स्पोर्ट्समा एनपीएल देखाउनु निकै चुनौती थियो, अधिकार सम्झौता किनेर पनि स्टार स्पोर्ट्समा देखाउन कठिन हुन्छ,’ खड्काले भने, ‘विश्वलाई हाम्रो क्रिकेट देखाउन चाहन्थ्यौं । एनपीएलबाट अब हाम्रा खेलाडीहरू अन्तर्राष्ट्रिय मञ्चमा देखिनेछन् । स्टार स्पोर्ट्ससँग सम्झौता नभएको भए उत्कृष्ट खेलाडीहरू एनपीएलमा आएर खेल्दैनथे ।’

खड्काले थपे, ‘स्टार स्पोर्ट्सलाई भित्राउन हामीले धेरै प्रयास गरेका थियौं । हाम्रो इभेन्ट व्यवस्थापन कम्पनी टीसीएमले धेरै ठूलो भूमिका खेलेको थियो । अहिलेका लागि हामीले स्टार स्पोर्ट्सलाई निश्चित रकम तिर्नुपर्ने हुन्छ ।’

उनले एनपीएलबाट जति रकम आम्दानी हुन्छ, त्यसको ५० प्रतिशत फ्रेन्चाइज टोलीलाई बाँडिने सम्झौता रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...