मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटलाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटलाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गर्ने

— नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटलाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाली क्रिकेटको सबैभन्दा ठूलो इभेन्टका लागि शुक्रबार सिद्धार्थ बैंकलाई प्रमुख प्रायोजकको रूपमा भित्र्याएको घोषणा गरेको थियो ।


क्यान र सिद्धार्थ बैंकबीच ५ वर्षे सम्झौता भएको छ । सम्झौताअनुरुप एनपीएलको नाम अगाडि सिद्धार्थ बैंक थपिनेछ । क्यानका सचिव पारस खड्का, सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडिया र प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले सम्झौताको ब्यानर प्रदर्शन गरेका थिए ।

‘यो नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रायोजन सम्झौता हो,’ सम्झौताको आर्थिक पक्ष खुलाउन अस्वीकार गरे पनि क्यानका सचिव खड्काले पत्रकार सम्मेलनमा भने, ‘पाँचवर्षे सम्झौता भन्नुले नै धेरै कुरा बताउँछ ।’ कतार एयरवेजले दुई वर्षअघि सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबललाई वार्षिक १ लाख ५० हजार डलरको प्रायोजन गरेको थियो, जुन यसअघिको नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रायोजन सम्झौता हो ।

सीईओ कडेलले सिद्धार्थ बैंकअन्तर्गतका अन्य वित्तीय संस्था पनि एनपीएलसँगको यो सहकार्यमा समावेश रहेको जानकारी गराए । नेपाली खेलकुदको विकासका लागि सिद्धार्थ बैंक हातेमालो गर्न तयार रहेको जनाउँदै कडेलले एनपीएलले नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई राम्रो अवसर दिने विश्वास लिएको बताए ।

अध्यक्ष केडियाले भने, ‘नेपाली क्रिकेटको विकास जसरी भइरहेको छ, त्यसमा हाम्रो ध्यान गएको छ । नेपाली क्रिकेटलाई अझ राम्रो गर्न हामी एनपीएलमार्फत जोडिएका छौं ।’ प्रायोजकहरू नतिजामुखी भए पनि सिद्धार्थ बैंक क्रिकेटकै कारण आएको सचिव खड्काले जनाए ।

एनपीएल स्टार स्पोर्ट्समा

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले देखाउने भएको छ । क्यान सचिव खड्काका अनुसार त्यसका लागि स्टार स्पोर्ट्स नेटवर्कसँग ‘ब्रोडकास्ट पार्टनर’ को रूपमा सम्झौता भइसकेको र यो नेपाली क्रिकेटको सवैभन्दा ठूलो सफलतामध्ये एक रहेको बताए ।

‘स्टार स्पोर्ट्समा एनपीएल देखाउनु निकै चुनौती थियो, अधिकार सम्झौता किनेर पनि स्टार स्पोर्ट्समा देखाउन कठिन हुन्छ,’ खड्काले भने, ‘विश्वलाई हाम्रो क्रिकेट देखाउन चाहन्थ्यौं । एनपीएलबाट अब हाम्रा खेलाडीहरू अन्तर्राष्ट्रिय मञ्चमा देखिनेछन् । स्टार स्पोर्ट्ससँग सम्झौता नभएको भए उत्कृष्ट खेलाडीहरू एनपीएलमा आएर खेल्दैनथे ।’

खड्काले थपे, ‘स्टार स्पोर्ट्सलाई भित्राउन हामीले धेरै प्रयास गरेका थियौं । हाम्रो इभेन्ट व्यवस्थापन कम्पनी टीसीएमले धेरै ठूलो भूमिका खेलेको थियो । अहिलेका लागि हामीले स्टार स्पोर्ट्सलाई निश्चित रकम तिर्नुपर्ने हुन्छ ।’

उनले एनपीएलबाट जति रकम आम्दानी हुन्छ, त्यसको ५० प्रतिशत फ्रेन्चाइज टोलीलाई बाँडिने सम्झौता रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...